गाेपालराज पन्तशिष्टाचारको पासो
प्रयोग ठीक ठाउँमा नपरेर हो कि भनेर त्यसपछि आफ्नै श्रीमतीलाई बराबर धन्यवाद दिन थालें। खुसी होली भन्ठानेको, ऊ झन् जंगिन थाली (भाउ लाएर) 'केको धन्यवाद धन्यवाद पर्दैन हामीलाई खिज्याउन' रे ।

गाेपालराज पन्त :
(एक सुसज्जित कोठामा बसेका भट्टजी हातमा धन्यवाद ज्ञापनको पत्र लिएर पढिरहेका छन् ।)
भट्ट- आहा ! कति सजिलो ! तेत्तिकसो बाली उठाइदिएँ, त्यसको सट्टा कागजमा लेखेको धन्यवाद । कहाँ बेच्न जाने यो धन्यवाद ? यता हेन्यो धन्यवाद, उता हेन्यो धन्यवाद, जताततै धन्यवाद । धन्य हो धन्यवादका धनीहरू, एक छाक धानको भात दिएको भए त्यही हुन्थ्यो ठूलो धन्यवाद ।
(नेपथ्यमा)
भट्टजी । भट्टजी माथि हुनहुन्छ ?
प्रवेश) भट्ट – ओ को आयो फेरि- माथि पाल्नुहोस् माथि । (एक छिनपछि पुण्टुको
पुण्टु- नमस्कार ।
भट्ट- नमस्कार ! आउनोस्, बस्नोस् (चकला देखाएर) यहाँ बस्नोस् । धेरै दिनमा पाल्नुभयो ?
पुण्टु- (बस्दै) धन्यवाद !
भट्ट- (आश्चर्यमा) के भन्नुभयो ?
पुण्टु- यही, धन्यवाद !
भट्ट- ए, यहाँले मलाई धन्यवाद दिनुभएको ?
पुण्दु- हजुर ।
भट्ट- त्यसो भए मेरो पनि यहाँलाई धन्यवाद ।
पुण्दु- धन्यवाद ।
भट्ट-धन्यवाद । शर्माजी, कहाँ सिक्नुभयो यो सभ्य भाषा, निकै मजासँग धन्यवाद भन्नुहुन्छ नि ?
पुण्ड (दङ्ग परेर) सिक्नै पर्याे भट्टजी, न सिकेर के गर्नु ? जमानाअनुसार चल्नै पर्याे ।
भट्ट- पर्याे, पर्याे ।
पुण्टु- आजकलको शिष्टाचारको नै यही छ । पहिले-पहिले भए शिष्टाचारको साथै तारेको आलु, चिउरा, त्यो नभए स्वारी, केही नभए ल्वाङ-सुपारी त टुट्दैनथ्यो । आजकल जता जानोस् चार अक्षरको धन्यवादले टरेको छ । भाषणमा धन्यवाद, रासनमा धन्यवाद, आसनमा धन्यवाद, जताततै यही छ ।
भट्ट- ठीक भन्नुभो (कागज देखाएर) ल, हेर्नोस् यो मैले त निमन्त्रणा होला भन्ठानेको – निचोडमा उही धन्यवाद । छाँगोबाट खसेझै भएँ । सत्र ठाउँमा घुमेर मैले यो बाबुसाहेबको मुखलाई चाहिने धानको भात जुटाइदिएँ मलाई चाहिँ धन्यवाद रे। अब त मैले पनि सिकिसकें। एक दिनमा चार सय चालीस ‘धन्यवाद’ भन्न सक्छु ।
पुण्टु- आऽ मलाई त धन्यवाद शब्दभन्दा ‘अपसोच’ चाहिँ बढ्ता प्रभावकारी लाग्यो। मैले अपसोचलाई सकारेको छु। यो पनि त आधुनिक शिष्टाचारमा आउँछ नि।
भट्ट – आउँछ, आउँछ । किन आउन्न थियो ।
पुण्टु- हेर्नोस्, मैले एकै दिनमा तीन सय चोटि अपसोच भनेको छु ।
भट्ट – कसरी ?
पुण्टु- सबभन्दा पहिलो हुक्काको पानी सकिएको अपसोच, दोस्रो श्रीमतीलाई हकार्छु भन्दा दैलोमा थाप्लो ठोकिँदा, तेस्रो तरकारी रद्दी, चौथो साइकल पन्चट, पाँचौं- हाकिमको हप्काइ, छैटौँ- अखबारमा झूटो समाचार, हरे ! भनेर साध्यै छैन । यता म अपसोच भन्दैछु उता मलाई नै घुच्याएर आर्के महानुभावले अपसोच मनाइरहेका (साउतीको स्वरमा) कहाँ भन्नुहुन्छ, भट्टजी, अपसोचको महिमा गजब छ, जानीजानी सडकमा हिँडिरहेको स्वास्नीमानिसहरूलाई धक्का लगाएर ‘अपसोच’ भन्नेहरू पनि मैले देखें। तपाईं अपसोचको सोचमा पर्नु भएको छ कि छैन ?
भट्ट- आम्मै, किन पर्दिनथें। अपसोचको चक्करले मलाई पनि रिंगाइसकेको छ। कतिले लगेको मालै पच गरिदिए (भाउ लाएर) आज जान्छु अपसोच । भोलि
जान्छ अपसोच । ताकेता गर्दागर्दै फतक्क गोडा गलिसक्छन् अपसोचको दुर लाग्दैन । एक मन त झोंक पनि चल्छ लौ यसै अपसोच उसै अपसोच आफूले पनि गालामा चड्कन-चिउरा दिएर अपसोच भनिदिऊँ कि भन्ने ।
पुण्टु- भट्टजी । हामी पुराना विचारका मानिस ।
भट्ट- त्यसै भएर त केही जानिएन, नत्र ।
पुण्टु- मेरो का सुन्नुहोला, यो धन्यवाद र अपसोच दुवैको प्रयोग ठीक ठीक ठाउँमा गर्न सके निकै फाइदा हुन्छ । तपाईंको के विचार छ ?
भट्ट- हरे । भनिहालें नि शर्माजी ‘जाने लाख’ तपाई नै विचार गर्नास मरीमरी गरेको कामलाई धन्यवादको एक शब्दले फासफुस पार्दछन् । धन्यभागी, अभागी सबका लागि धन्यवाद ।
पुण्टु- छोराले बाबुलाई दिए पनि हुने । बाबुले छोरालाई दिए पनि हुने। हामीचाहिँ उही पुरानो आशीर्वाद, भनिदिन्छौ विश्वासै गर्दैनन् ।
भट्ट- अब, त्यसो होइन हामीले पनि नयाँ जमानामा मिल्दो हनुपर्छ । फाइदा उठाउने हो भने शिष्टाचार शब्दको राम्रो अभ्यास गर्नुपन्यो ।
पुण्टु- हो त नि-कुठाउँमा पन्यो भने-यता न उता । पहिले-पहिले धन्यवाद दिँदा मलाई निकै गाह्रो हुन्थ्यो । एकपल्ट धन्यवाद भनेपछि गाला राता हुन्थे अब त अपसोच, धन्यवाद भनेको बेलामा मौका हेरेर भन्न सक्छु । अस्ति आफ्नै अड्डाको सुब्बाले सुपारी मागे, ‘अपसोच’ भनिदिएको, चूँ बोल्न सकेनन् फाइदा नै भयो।
भट्ट- तपाई यस्तो भन्नुहुन्छ । एकपल्ट म अस्पतालमा बिरामी हेर्न गएको थिएँ। कुन नम्बरमा हो पैल्याउन सकिनँ। एउटी नर्सलाई सोधे, उनले बताइदिइन् । मैले धन्यवाद के दिएथेँ, त्यो नर्सले के भनी थाहा छ (भाउ लाएर) ‘चाहिंदैन हामीलाई कसैको धन्यवाद’ रे । लुत्रुक्क परेर फिर्ता लिए के गर्नु। प्रयोग ठीक ठाउँमा नपरेर हो कि भनेर त्यसपछि आफ्नै श्रीमतीलाई बराबर धन्यवाद दिन थालें। खुसी होली भन्ठानेको, ऊ झन् जंगिन थाली (भाउ लाएर) ‘केको धन्यवाद धन्यवाद पर्दैन हामीलाई खिज्याउन’ रे । अनि विचार गरें आइमाईलाई धन्यवाद दिनुहुँदो रहेनछ ।
पुण्टु- त्यसो हैन, अहिलेको मानिसलाई भन्नुपर्छ पहिलेकोलाई भन्नु बेकार । धन्यवाद भनेपछि धन्यवाद भनेर फर्काउन सक्नेलाई छान्नुपर्छ ।
भट्ट- गरौं न त अभ्यास । हेर्नोस् बाह्र बज्न लाग्यो मकहाँ एउटा साहू आउँदैछ सारै चिप्लो – साउँभन्दा बढी व्याज लिइसक्यो । त्यसलाई यही शिष्टाचारको पासोमा पार्नुपर्याे ।
पुण्टु- कति ऋण लिनुभएको थियो ?
भट्ट- एक सय पचास । सयकडा पच्चीस ब्याज लिन्छ ।
पुण्टु- अपसोच । यस्तालाई पहिले नै ठीक पार्नुपर्ने ।
भट्ट धन्यवाद, यहाँले मेरो मर्म बुझिदिनुभयो ।
(नेपथ्यमा)
माफ गर्नोस, म माथि आउन सक्छ ?
पुण्टु- ए. यो नयाँ शब्द कताबाट ?
भट्ट- त्यही आयो होला । के भन्नु, धन्यवाद ।
पुण्टु- रिसाएर फर्केला नि ।
भट्ट- तपाईको अपसोच लगाउनोस् ।
पुण्टु- यो त झन् बज्रपात पर्छ ।
(नेपथ्यमा)
‘माफ गर्नोस, म माथि आउन सक्छ भन्या ?’
भट्ट- हैन के भन्ने ?
पुण्टु- के भन्ने ?
भट्ट- (ठूलो आवाजमा) किन ढोका बन्द छ र ? (माफ गर्नोस । खुलै छ, आज्ञाको प्रतीक्षामा छु-आवाज आउँछ ।)
पुण्टु- अपसोच ! यहाँलाई प्रतीक्षा गर्नुपच्यो ।
(आगन्तुकको प्रवेश)
भट्ट – ओहो । लामिछानेजी नमस्कार ।
लामिछाने – नमस्कार ! माफ गर्नोस्, यहाँहरूलाई बेसमयमा कष्ट दिनुपयो ।
भट्ट – धन्यवाद ! यहाँलाई हाम्रो विशेष चिन्ता लागेछ ।
लामिछाने – (खल्तीबाट चुरोट झिक्तै) माफ गर्नोस्, कुरा भनेको जति गरे पनि टुङ्गिन्न, पहिले चुरोट खाऊँ । मसँग बेलाइती चुरोट छ ।
भट्ट- (गम्केर) धन्यवाद !
लामिछाने – माफ गर्नोस् । यहाँले कहिलेदेखि चुरोट छाड्नुभएको ?
पुण्टु- अपसोच ! भट्टजीको प्रयोग ठाउँमा परेन ।
भट्ट – धन्यवाद । यहाँले ठीक भन्नुभयो ।
लामिछाने – माफ गर्नोस्, मैले कुरा केही बुझिनँ ।
पुण्टु- अपसोच । यहाँले बुभने कोसिस गर्नुभएन ।
लामिछाने – माफ गर्नोस्, यसमा बुझ्नुपर्ने विशेष कुरा केही छैन, म त
आफ्नो रुपियाँ बुझ्न आएको त्यति पाए हिँडिहाल्थें ।
पुण्टु- अपसोच ! यहाँले फेरि पुरानो कुरा दोहोऱ्याउनुभयो ।
लामिछाने- (अलि झोक्किएर) कस्तो पुरानो नि ? दिएको धन कसले माया मार्न सक्छ ?
पुण्टु- अपसोच ! यहाँको माफ गर्नोस् छुट्यो ?
भट्ट- ठीक भन्नुभयो हाम्रो ‘धन्यवाद’ कायमै छ ।
लामिछाने- माफ गर्नोस् । क्या हो यो धन्यवाद, अपसोच धन्यवाद अपसोच-यसबाहेक अरू कुरा गर्न सक्नुहुन्न ?
पुण्टु- अपसोच । यस अवस्थामा सकिदैन । कारण भट्टजीलाई थाहा छ ।
भट्ट – धन्यवाद शर्माजी । अवस्थाको ज्ञान यहाँमा पूर्ण छ ।
लामिछाने – (गम्भीर भएर) भट्टजी, म आउनाको कारण बुभन्नुभयो होला ?
भट्ट- गरीबको कुटी पवित्र भयो, यहाँलाई धन्यवाद ।
लामिछाने – (जङ्गिएर) धन्यवाद हैन, मलाई मेरो धन दिनोस् धन ।
पुण्टु- अपसोच । एक सानो कुरामा यहाँसँग मित्रता टुट्तै छ ।
लामिछाने – माफ गर्नोस्, टुटे टुटोस् ।
पुण्टु- अपसोच । हामी टुट्न दिन्नौं।
भट्ट- धन्यवाद । यहाँले ठीक भन्नुभयो ।
लामिछाने – (दिक्क भएर) हैन, तपाईंहरूको मगज खुस्कियो कि क्या हो ?
पुण्टु- अपसोच, न खुस्किन पनि सक्छ ।
भट्ट – धन्यवाद । कहिलेकाहीँ खुस्किन पनि सक्छ ।
लामिछाने – माफ गर्नोस्, मेरो पैसा पचाउन तपाईंहरू शिष्टाचारको पासो हाल्दै हुनुहुन्छ । म नालिश दिन सक्छु !
पुण्टु- अपसोच । बिनातमसुकको नालिश लाग्न सक्तैन । कारण तपाईसँग कागज छैन ।
भट्ट – धन्यवाद । बिनाकागजको के प्रमाण ?
लामिछाने – माफ गर्नोस् । नयाँ सडकमा म तपाईंको कठालो समात्न सक्छु।
पुण्टु- अपसोच । त्यस दिनको प्रतीक्षा हामी गर्दै गरौंला ।
भट्ट – धन्यवाद । अहिले लामो गन्थन किन लामिछानेजी ?
लामिछाने – (झन् जङ्गिएर) देखा जायगा, यसको परिणाम के हुँदो रहेछ ?
पुण्टु- अपसोच । यहाँ रिसाउनुभयो क्यारे ?
लामिछाने – माफ गर्नोस्, तपाईंको अपसोच सुन्ने मलाई फुरसत छैन ।
भट्ट – धन्यवाद । बेफुरसतमा समय फाल्नु उचित छैन । (जङ्गिएर लामिछानेको कोठाबाहिर प्रस्थान)
पु र भ- (एउटै स्वरमा) कस्तो छ त शर्माजी, शिष्टाचार ?
भट्ट- अब, यो नाटक हेर्नेहरूलाई दिन के बाँकी रह्यो ? धन्यवाद ।
पुण्टु- न हेर्नेहरूलाई अपसोच ।
०००
कर्के आँखा (२०२६)
Subscribe
Login
0 Comments
Oldest







































