मुन पौडेलसित्तैमा खानेहरू
मजस्तै झोलासोला लिएर पुग्या हुन्छन्, कोही अखबारै पढ्न खासगरेर सेयरबजारको अध्ययन गर्न मुखसमेत न घोइकन दगुरेका हुन्छन्, कोही दादा टाइपका मान्छे त झन् पसलै आफ्नै हो कि भन्याजस्तो गरेर ढुकेर बसेका हुन्छन् ।

मुन पाैडेल :
नेपाली समाज सित्तैंमा खानेहरूले भरिभराउ छ । पाएसम्म, भेटेसम्म, आफ्नो गोजीको पैसा झिक्नु नपरे यी वीरहरू अति प्रसन्न हुन्छन् । यिनीहरू जुनबेला पनि कागजस्ता यताउता नजर दौडाइरहेका हुन्छन् कि कतै कुनै शिकार भेटिहाल्छ कि भनेर । यसमा झन् नेपाली कर्मचारीतन्त्रवाट अवकाश पाएकाहरू त खल्तीबाट गाँठ झिकेर नुनतेलसमेत किन्नुपर्दा मरेतुल्य हुन्छन्। सदासर्वदा अरूको घुस, उपहार, कोसेली, दस्तुरी इत्यादिबाट नकच्यते भएर जीवन बिताइरहेका यिनीहरू सकेसम्म अवकाशपछि पनि ठगेर सिस खान कसरी पाइन्छ भन्ने दाउमा लागेका हुन्छन् । त्यसैले अवकाश हुनुल यिनीहरू राजनीतिक नेताहरूको चाकडी गर्न सुरु गरिहाल्छन्, कतै प्रेरि सित्तैमा खाने कुनै दाउ परिहाल्छ कि भनेर ।
अव पण्डित रमाकान्तकै कुरा सुन्नुहोस् । यिनी केका पण्डित हुन भनेर च नसोध्नुहोला । किन कि यिनी केका पण्डित हुन् वा होइनन् भन्ने कुरा भने मलाई पनि थाहा छैन तर एउटा अफिसमा सानो तहका कर्मचारी हुन् भन्ने चाहिँ मलाई राम्रैसँग थाहा छ । अव यी रमाकान्तको मूल विशेषता के हो भन्नुहोला भने, त्वं हो भोजभतेरमा सित्तैमा खानु । अब तपाईहरू भन्नुहोला, भोजभतेरमा सित्तैमा त खान पाइन्छ त, यो कुन नौलो कुरो भयो त । यस्तो अबुझ पनि नभैदिनोस् न हो। कुन भोजमा आजकाल सित्तैमा खान पाइन्छ ? पास्नीमा जानुस्, न्वारानमा जानुस्, पैसो नतिरी, बच्चोको जबर्जस्ती भए पनि मुख नहेरी खान पाइन्छ त ? कि लाजै पचाएर टन्न गोदेर पछाडिको ढोकाबाट कसैले नदेख्ने गरी टाप कस्न सक्नुपर्याे । होइन भने बिल नतिरी त मरे जान पाइँदैन । झन् छोरीको बिहेमा त एक जना परिवारका चार्टर्ड एकाउन्टेन्ट बडेमाको रजिस्टर नै लिएर बसेका हुन्छन् भोज खानेहरूबाट भुक्तानी लिन । भुक्तानी लिइसकेपछि नियम पुन्याएर रजिस्टरमा इन्ट्री पनि गर्छन् मानौं त्यो खाता महालेखाले नै हेर्नेजस्तो। अब कुन दिनदेखि भर्पाई दिने चलन मात्र सुरु हुन बाँकी छ । कुन दिनदेखि त्यो पनि सुरु हुन्छ । यस्तोमा त भागेर पनि जान मिल्दैन ।
केटीका बग्रेल्ती भुसतिघे दाजुभाइहरू ढोकाढोकामा सेक्युरिटी गार्डजस्ता कोई भाग्ला कि भनेर पहरेदारी गरिरहेका हुन्छन् । फेरि भलाद्मी कस्ता भने जिन्सी चाहिँ लिड्दैन है भनेर पहिले नै निमन्त्रणा काडैमा भगेरे अक्षरले लेखिदिएका हुन्छन् । जे दिने हो उनीहरूलाई नगद नै दिनु अरे । तर सित्तैंमा खानेहरू यस्तोमा पनि चोर वाटो निकालिहाल्छन् । छोराको बिहेमा त कमसेकम बिल पेमेन्ट गर्नु नपरोस् नि, त्यो पनि हुँदैन । हेर्न मन लागोस् कि नलागोस्, दुलहीलाई मुख देखाउने भनेर ढोकैमा तेस्र्याइदिएका हुन्छन् । अब यहाँ पनि भुक्तानी गर्नोस् अनि मात्र खाएर हिंड्नोस् । अब यस्तोमा पनि चुन दाम खर्च नगरेर दुई दिनलाई पुग्ने खाने बहादुरहरू पनि न भएका होइनन् । एक थरीका त मरण-हरणको भोजमा जाँदा पनि पैसो दिनुपर्छ र पो मान्यो त ।
हाम्रा पण्डित रमाकान्त यस्तै थिए । रमाकान्त सित्तैमा खान त पल्केका विएथिए, यिनलाई त निम्तो पनि चाहिँदैनथ्यो । यिनको घर र कार्यालयको दस/बीस किलोमिटरको वरपर कतै यिनले चिनेको वा नचिनेका कतैतिरको सानो सम्पर्क मात्र भएको मानिसको घरमा पनि मरण-हरणसमेतको भोजमा विनी बोलाउनु न सोलाउनुसँग पुगिदिन्थे र घरपट्टीलाई आजित पार्ने गरी हन्तकालीले खाएको जस्तो ढ्याउढ्याउ डकार नआउन्जेलसम्म पलँटी कसेर बाइदिन्थे। यिनको यो वानी थाहा हुने जत्तिले यिनलाई भोजभतेरको जानकारी दिएर भोज ख्वाउने पक्षसँग बदला दिने गर्दथे । हुन पनि यिनी पाँच जनाले खाने खाना सासै नफेरी एक्लै खाइदिन्थे र घण्टौँ लाएर अझ कति खान सकिन्छ खाइरहन्थे । यिनलाई यसरी निम्ता न सिम्तासँग भोज खानुमा कुनै लाजसरम लाग्दैनथ्यो, अपितु गौरवान्वित हुन्थे, महान् काम गरेको जस्तोगरी ।
रमाकान्त त लौ, सानो तहको गरिब कर्मचारी, कुम्भकर्णको जस्तो पेटको क्षुधा मेटाउन सित्तैंमा खादै हिँड्थे । ल ठिकै छ तर यी हाम्रा एक जना दाजु पर्ने गोपाल दाइलाई चाहिँ के भएको यस्तो ? नपुग्ने पनि होइनन्, टन्नै पैसा भएको मान्छे । बैङ्कमा झन्डै एक करोड रुपियाँ नै थुपारेर बसेका छन् । जिम्मेवारीको नाममा कसैको लिनु नपर्ने तर यिनको चर्तिकला सुन्नुभयो भने जिल्ल पर्नुहुन्छ तपाईंहरू । एउटा कोठा कतै भाडामा लिएर बसेका छन् अरे तर कसैले देखेको छैन । कसैलाई उनले आफ्नो डेरामा बोलाएको थाहा छैन । पकाएर पनि कहिले खाँदैनन् अरे । अनि कहाँ खान्छन् त, होटेलमा ? केको खानु होटेलमा ।
उनी गर्छन् के त भने एक बिहान उठेपछि त्यो दिन कसलाई शिकार बनाउने भनेर तय गरेर विना कुनै जानकारी नै त्यो नातागोता, इष्टमित्रको घरठाउँमा जान पैदल मार्च गरिदिन्छन् । पैसा तिर्न पर्ला भनेर बस पनि चढ्दैनन् र नौ-दस बजेतिर भात खानेखाने बेलामा घरमा हात मल्दै र हैंहें गर्दै टुप्लुक्क पुगिदिन्छन् । पाए भात नपाए जे पाइन्छ, जे ख्वाउँछन् टन्न नखाई त्यहाँबाट हिँड्दैनन् । लाजै पचाएर बस्न सक्ने ठाउँ छ भने राति पनि बस्दिन्छन् । नातागोताका मान्छे छन् भने के गर्नु जसरी भपनि ख्वाइहाल्छन् । कहिले पहिले नगएको पर न परका नाता वा इष्टमित्रकः इष्टमित्र छन् भने पनि एक छाक त हो नि भनेर ख्वाइहाल्छन् । सोझा भलाद्मी इष्टमित्रहरू जसले भैगो एक छाक खान्छन् त खाउन भनेर केत नभनी ख्वाइरहन्छन् । तिनलाई दसदस दिनमा पुगेर धुरुक्क पार्छन् । कसैले केही भनी नै दियो भने पनि लाजै नमानी केही दिन मौन बसेर फेरि एक दिन हात मल्दै लुसुक्क पुगिहाल्छन् ।
एक पटक एउटा परको भान्जा पर्नेले आजित भएर एउटा जुक्ति निकालेछन् र मामालाई ख्वाइप्याइ गरिसकेपछि बिस्तारै भनेछन्- “मामा, साहै खाँचो परेको छ । पर्खाल ढलेर बिजोग भयो। यसो एक लाख जति सापट दिनुभयो भने म पर्खाल लाउँथें। एक महिनापछि म मामालाई तिरिहाल्छु ।” अब मामा किन बोल्थे, ढुङ्गो बोल्थ्यो होला तर मामा बोलेनन् । त्यसपछि गधाको शिरबाट सिङ बेपत्ता भएको जस्तो गोपालदाइ पनि वेपत्ता भएका आजका दिनसम्म पनि भान्जाकहाँ छिरेका छैनन् ।
संसारका मान्छेबाहेकका अन्य कुनै पनि जनावरमा सित्तैंमा खाने, लाउने, पढ्ने वा अन्य केही गर्ने कुमति हुँदैन । सार्वजनिक यातायातमा सकेसम्म पैसा दिन नपरोस् भनेर लुक्दै हिँड्ने, पसलेलाई सकेसम्म एक-दुइटा सामानमा अलमल्याउन पाए अलमल्याइदिने, झुक्किएर बढी पैसा फर्कायो भने क्वापल्याक्क खाइदिने जस्ता नानाभाँतीका सित्तैमा खाने मति हाम्रो वरपर जताततै बग्रेल्ती देख्न सकिन्छ ।
विद्वान् भनाउँदाहरूमा पनि यो मति टनाटन भरिएको हुन्छ । पुस्तकालयको पुस्तक पच पारेर डाक्टर बन्ने, साथीभाइसँग फर्काइहाल्छु भनेर लिएको पुस्तक लाजै पचाएर खाइदिने र घरमा पुस्तकालय बनाउने, विद्यार्थीसँग सापट लिएको पैसा कहिल्यै फर्काउनेजस्ता सित्तैंमा खाने कार्य विद्वान् भनाउँदाहरू प्रायः सबैले गरेका हुन्छन् । सबै नेताहरूले निक्खर झूटो आराम र शानले बोलेको जस्तो यिनीहरूले पनि सिको गरिरहेका हुन्छन् ।
सित्तैमा पुस्तक र अखबार पढ्ने कुरालाई त नेपालीहरू संविधानको मौलिक हकमै लेखेकोजस्तो गरेर मजाले लाजै नमानी उपभोग गर्छन् । उहिले भारतको एउटा पत्रिका समूहमा एउटा विज्ञापन नियमित रूपमा आउँथ्यो- के तपाईं मागेर खानुहुन्छ ? के तपाईं मागेर लाउनुहुन्छ ? होइन भने तपाईं मागेरचाहिँ किताब र पत्रपत्रिका किन पढ्नुहुन्छ ? यसलाई त्यो प्रकाशन समूहले अभियानजस्तै चलाएको थियो तर अझसम्म पनि मानिसको पाँच-सात रुपियाँमा पाइने अखबार किनेर होइन सकेसम्म मागेर सित्तैंमा पढने मतिमा कत्ति पनि अन्तर आएको छैन । यो सित्तैमा अखबार पढने दृश्य सबै टोलको किताब पसलमा एका बिहानै मजाले चलिरहेको हुन्छ । अब मेरै टोलको कथा सुन्नुहोस् । एक बिहान म जब दूध र अखबार लिन पत्रिका पसलतिर पुग्छु, पसलेलाई सित्तैंमा मागेर अखबार पढ्नेहरूले झिरिप्पै छोपेका हुन्छन् । पसलमा छिर्न पनि कहिलेकाहीँ त साह्रै गाह्रो हुन्छ, भलाद्मीहरूलाई पन्छाएर छिर्नुपर्छ । यी सित्तैंमा पढ्ने भलाद्मीहरू कोही मर्निङवाकबाट लड्गीसट्ठी लिएरै पुगेका हुन्छन् । कोही तरकारी वा दूध लिने कार्यका लागि मजस्तै झोलासोला लिएर पुग्या हुन्छन्, कोही अखबारै पढ्न खासगरेर सेयरबजारको अध्ययन गर्न मुखसमेत न घोइकन दगुरेका हुन्छन्, कोही दादा टाइपका मान्छे त झन् पसलै आफ्नै हो कि भन्याजस्तो गरेर ढुकेर बसेका हुन्छन् ।
यी सबै भलाद्मीहरू दुई-चार करोडका घर भएका, वर्षको बीस-पच्चीस लाख आम्दानी भएका धनाढ्यहरू हुन्छन् र पच्चीस-तीस रुपियाँको अखबार मजाले किन्न सक्ने वीर पुरुषहरू हुन्छन् तर टोलको पसलमा किनेर पढ्नु यिनीहरू आफ्नो शानको विरु भन्ठान्छन् । फेरि सित्तैंमा खानमा, पढ्नमा या जे गर्न पनि जुन मजा आउँछ त्यो हामीजस्तालाई के थाहा । ज्ञान पनि बढ्छ त्यो पनि सित्तैंमा । क्या मजा । यिनीहरू सबभन्दा पहिले त पुगेर पसलेलाई सम्मानका साथ नमस्कार गर्छन् अनि त्यसपछि पालैपालो पसलमा त्यो दिन आइपुगेका सबै अखबार मनोयोगले अलिकता पनि सङ्कोच वा लाज नमानी सित्तैंमा पढ्न थाल्छन् । कुनै पनि चिज सित्तैंमा प्राप्त गर्नु एउटा कला हो जो सबैमा हुँदैन र यस्ता कला पारखीहरूको कदर हुनुपर्दछ, यस्तालाई सम्मान दिनुपर्दछ । मेरो यो सानो लेखौट ती सबै सित्तैंमा खाने, बस्ने, गुड्ने, उड्ने, पढ्ने र इत्यादि गर्नेलगायत यस्ता लेखोट सित्तैमा छाप्न पाए छाप्ने सम्पादकज्यूमा समर्पित छ ।
०००
मधुपर्क / २०७३ कार्तिक
भुसुक्कै (२०८०)
Subscribe
Login
0 Comments
Oldest




































