साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेपाली माटोको घाटो समाचार

कार्लमार्क्स र लेनिनको नामको व्यापारमा गुटबन्दी भएकोले माओवादको नामको व्यापारमा पनि फुटबन्दीमा लागेको हुँदा कम्युविष्ट आन्दोलनको नाक भाँचिएको छ ।

Nepal Telecom ad

माधव पोखरेल गोज्याङ्ग्रे :

यो रेडियो जालझेल हो
मुसीमाया झुसीबाट अब सुन्नुहोस् नेपाली माटोमा उत्पादित टाटैटाटा परेको घाटाको समाचार

नेपाली माटोमा रगतको टाटोको खेती गर्न पल्केकाहरु अहिले माटो उत्पादनहीन भएकोमा घाटोको व्यवहारमा चौरासीको बाटो कुरेर सखाप हुने आशामा दौडिरहेका छन् । आफूहरु सिंह भएको तर अहिले मुसो भएर बाँच्न परेकामा नेपाली जनतालाई धन्यवाद दिएर नअघाउने अवस्थामा पुगेकोले भोकमार्न बचनको खेतीमा लागेको बताएका छन् ।

धमिरा र कमिलाका बिचमा महाभयङ्कर युद्ध हुँदा दुबैको हारजित भएको छ । कमिलाले धमिरासँग हित र मित नलाउँदा युद्ध भएको र युद्धमा दुबै पक्षले आ आफ्‌नो अडान नछोड्दा कमिलाले रुखमाथिबाट पिसाव गर्दा घमिराको घर बगाएको नेपालको अग्रहरिले जनाएको छ ।
नेपाल अग्रहरिको घिचिवालयले जनाए अनुसार धमिरा र कमिला बिचको युद्धमा मध्यस्तता गरेर विवाद समाधान गर्न आर्थिक सहयोग माग गरेकोमा कमिलाले त्यसको बदलामा पार्थिव शरीर दिने घोषणा गरेको छ ।

अब केही क्षण व्यापारिक सन्देश
पिपिपिपि टेटेटेटे
भ्रष्टाचार गरेको पचाउन र जीवनभरीलाई सम्पति बचाउन
सत्ता भक्तिको गान गाऔँ, हातगोडा मोला खाऔँ र भ्रष्टालय जाऔँ
पिपिपिपि टेटेटेटे

जालझेल रेडियोमा प्राप्त अर्को एक खबर अनुसार हालै टाङ उठाराहरुको एक समूहले राज्यले आफूहरुमाथि परिवार नियोजन गरेर स्वतन्त्रता उपभोग गर्न नदिएको भन्दै बिरोध जनाएका छन् । टाङ उठाराहरुले नेपालका महानगरपालिका , उपमहानगरपालिका र नगरपालिकाहरुले वंशवृद्धि गर्ने नैसर्गिक अधिकारमाथि प्रहार गरेको जनाएका छन् । परिवार नियोजनले वंश वृद्धि कार्यक्रमलाई बन्देज लाएकोमा लुते भएर बस्नु परेको उनीहरुले जनाएका छन् ।

यसरी नै अर्को एक धमाकेदार खबर अनुसार साउन लागेपछि छेपाराहरु बेसार दलेर गाउँ घरमा नाच्न थालेका छन् । तर नाच्न नजानेर उनीहरुले नाच्ने आँगन नै बाङ्गो भएको टिप्पणी गरेका छन् ।

यसरी नै दाह्री महानगरपालिकाले रिसको भारी बोकेर हिड्दा आफ्‌नै कार्यालयमा चिप्लेर लड्न खोजेकामा जोगिएको खबर लाटो कोसेरोले दिउसै ल्याएको छ ।

अर्को दारीलाई अदालतले जेल हालेपछि दूधले धोएको बनाउन मतियारहरुले मुर्ख बुद्धिको अभियान शुरु गरेका छन् । जसमा कुकर्मबाट जोगिन बाहिर राम्रा कुरा गर्ने र भित्रभित्रै अपराधका कर्महरु जारी राखेको उनीहरुकै भिजिलान्तेहरुले जनाएका छन् ।
अब केही बेर झर्को लाग्दो विश्राम
हाहाछ्यू, अअअँ ऊँऊँऊँ उफउफउफउफ

नेपाली बजारमा गोबर गणेश राजनीतिको हवाला दिंदै स्यालमान सिंहहरुले जडौरी भए पनि राजनीतिको खोल ओढेर आफूहरुलाई दूधले धोएको भन्दै हस्ताक्षर अभियान चलाएका छन् । दारीछाने नाम गरेको अर्धमुर्खले आफुले गरेका गल्ती लाई दूधले पखालेको बनाउन अदालतलाई नै दोषी देखाउने प्रयासमा लागेको बताइएको छ ।
अर्को कुरा मुर्गा क्रसाई भन्ने पट्मुर्खले अहिले आफैले शु गरेको र थुकेको शरीर लिएर मामाघरमा राज गरिरहेको पाइएको छ । सरकारले मुर्गा बनाएर मामा घरमा राखेपछि उनको सात्तो गएर कट्टुमा शु गरेको नेपाल अग्रहरिका जुँगा मुठे काजी सावले जनाएका छन ।

अब आफ्‌नै खबर

नेपाली एक हजार आठको सरकारले हाम्रो चाम्रो र काम्रो बाँधेको रेडियो जालझेललाई ५२ घुस्सा ५३ ठक्कर १७ दाउमा ८४ चक्करको पुरस्कारबाट एक कार्वाहीका विचमा मनग्गे सम्मान गरेको छ । सो सम्मानमा लाटो कोसेरो लाइ दिउसोको प्रमुख अतिथि र बिरालोलाई रातीको घनिष्ठ अतिथि बनाइएको थियो ।

दिउसोको प्रमुख अतिथि लाटो कोसेरोले आफूमाथि जालझेलपूर्ण तथा कपट पूर्ण तवरले यो कार्यक्रम राखेर प्रमुख अतिथि बनाएको बताएका छन् ।

यस्तै गरी अर्का घनिष्ठ अतिथि बिरालोले नि आफुलाई यताउती चियो गर्न कहाँ मासु दूध राखेको छ त्यतातिर हेर्न नदिन यस कार्यक्रममा घनिष्ठ अतिथिको पगरी गुथाएको जनाएको छ ।

नेपालको सघंीय संसद भवन अगाडि भ्यागुताहरुले प्रदर्शन गरेको खबर प्राप्त भएको छ । भ्यागुताहरुले आफ्‌नो भुँडीका विरुद्धमा संसदको बैठकमा सांसदहरुले आवाज नउठाएका कारण प्रदर्शन गरिएको भ्यागुते प्रवक्ता गल्फुलानन्द ट्वार्र ट्वार्रले जनाएका छन् ।

अब पुनः एकछिन व्यापारिक सन्देश

कार्लमार्क्स र लेनिनको नामको व्यापारमा गुटबन्दी भएकोले माओवादको नामको व्यापारमा पनि फुटबन्दीमा लागेको हुँदा कम्युविष्ट आन्दोलनको नाक भाँचिएको छ । व्यापार घाटामा गएकाले कमरेटलाई बढिरेटमा परिवर्तन गरिएको भ्रमकारी सूचना जाहेर गर्दछौँ ।

नेपालको नेपाली बजारमा नेपाली खाना सँगैको गाना बजानाले थोरै नाना लाउनेहरुलाई प्राथमिकता दिएपछि बजार बढेको छ । घाटोमा रहेको बजार बढेपछि थोरै नाना लाउनेहरुको माग बढेपछि गाना बजाना पछि खजाना फेसनमा परिवर्तन भए पनि स्थानीयहरु भने चिन्तामा परेकोले धामी बसेर नियन्त्रण गर्ने तयारीमा लागेका छन् ।
समाचार अपुरै रहेकोले पुरा सुन्न जीवनभरी कुर्नु होला

जय नेपाली माटोमा घाटो, रगतको टाटैटाटो ।

०००
उदयपुर, गाईघाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
खोसेर खाँदै छ जो

खोसेर खाँदै छ जो

माधव पोखरेल गोज्याङ्ग्रे
भू-शासन

भू-शासन

माधव पोखरेल गोज्याङ्ग्रे
लुट्यो डोजरले

लुट्यो डोजरले

माधव पोखरेल गोज्याङ्ग्रे
सुकिला अतिथि

सुकिला अतिथि

माधव पोखरेल गोज्याङ्ग्रे
भेडा दिवस

भेडा दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
राष्ट्रिय पिण्ड दिवस

राष्ट्रिय पिण्ड दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
बानीले रानी हुन्छ, बानी बिग्रे खरानी हुन्छ

बानीले रानी हुन्छ, बानी...

नगिता लेप्चा राई
तर्सिङहोम (२)

तर्सिङहोम (२)

कृष्ण प्रधान
छिमेकी

छिमेकी

मीनप्रसाद लामिछाने
स्तर

स्तर

लीलाराज दाहाल
0
Would love your thoughts, please comment.x
()
x