शेषराज भट्टराईकर्ण-कवच
अन्ततः, त्यसवेला स्थितिले मलाई पनि स्वीकार्न करै लाग्यो, हाम्रो यस्तो पाखे समाजमा भद्र बनेर बाँच्ने हो भने अब प्रत्येक सभ्यजनले नै कर्ण-कवच वा कानलाई राम्ररी ढाक्ने नकाब लाउनै पर्नेरहेछ, बहिरो बन्नै पर्ने रहेछ !...

शरद् छेत्री :
मन्थन भइरहेथ्यो ।
मनमा एकातर्फ भौतिकसुखको आकर्षण शक्तिले अनि अर्कोतर्फवाट आत्मिक-सुखको प्रलोभनको कारणले मन्थन जारी नै थियो। तब, आफ्नो उमेरको पकाइ सँगसँगै मलाई स्पष्टसित थाहा भइसकेको थियो, माछो मैं जिउनु अति कठिन रहेछ। किनभने, माछोले हजारों फुल पारेर पनि कुनै हल्ली-खल्लीविना नै सन्तुष्ट रहन सक्छ भने त्यही नियम फेरि कुखुरीमा चाहिँ कामै लागेन; तर, त्यस्तै एउटै अण्डा पार्दा पनि कति नै नापे झैं गरी होहल्लासित प्रचारमा लाग्ने कुखुरीसरहकाहरूलाई नै विशिष्टता दिने रुढ़ भने हामीमाझ कसै गरी पनि पन्सिएन।
अब, त्यस्ता धूर्त, कुखुरीवर्गका सदस्यहरू नै सर्वमान्य रहेको अनौठो समाजमा, म झैँ सामान्यतहको पात्रले कस्तो पो ठाँट लिने ।…
धेरै बेरसम्म त्यस्तै मथाइमा थिएँ छु क्यारे, कसैले मेरा काननेरै ओंठ टाँसेर भन्यो, – “…अरे ! विशिष्ट बन्नु नै हो भने, किन यस्तो फाल्तु चिन्ता वा फिरन्ते क्षमा !- सबैभन्दा सजिलो नीति छ, मुखौटो प्रयोग गर।”…
हुन ता, यसथरिको तेर्पे सुझाव राख्ने चपटे कसैगरी पनि मेरा मित्र भनाउँदाहरूको वर्गीकरणमा उपयुक्त थिएन, किनभने त्यसले निर्भीक-वाणीमा झम्टेर मेरो काननेर टोकेको थियो । त्यसर्थ त्यस चपटेलाई बरु शत्रु ठानेर सम्मान गर्दा पो कुनै धोकामा कहिल्यै नपरिएला।
ओह !… फेरि सायद उमेर निकै पाकेरै होला, हिजोआज मलाई लोलोपोतो देखाउने बाठा मित्रहरूभन्दा सोझै चिनिने हठी शत्रुहरू नै प्रिय लाग्दछ, किनभने दिनप्रतिदिनको वार्धक्यसँग अवहेलित र एक्लो बन्दै गएको समाज र परिवारमा मेरो प्रत्येक हातचालमा चासो राख्ने शत्रुहरू बाहेक अरू को होलान् र ! तिनीहरूले,
“म के गर्छ, वा म कस्तोमा छु, भन्ने प्रत्येक खवर थाहा रखेर अप्रत्यक्ष रूपमा मेरो मर्यादा स्वीकार्दै हुन्छन् भने त्यस तुलनामा बरू मित्र भनाउँदाहरू पो खुवै स्वार्थी देखिन्छन्।”
अर्थात्, मित्र ठानेका पात्रहरू ता प्रायः सधैं आफ्ने धुनमा नै मगनमस्त छन् मन्ने थाहा लागिसकेको हुनाले मत्लाई केही क्षण ता त्यस तेर्षे सल्लाहले अवाक् पारेको थियो।
त्यसर्थ, त्यस संशयमा ढिलोगरी सोधिएको मेरो विस्मय थियो, – “कुनै डाँका हाल्नु छ र !…?…”
तव, तत्कालै आकाशवाणी गुञ्जित भएको थियो, – “…प्रत्यक्ष वा अप्रत्यक्षतः लुटपिट नगरी को विशिष्ट भएको छ र ?”
– कसैले धन खोसेका छन् भने कतिले विचार चोरेका छन् । सामान्य जनले मुखौटो बुझ्दैनन् । २, अव प्रत्येकले बुझ्नुपर्छ, “विशिष्ट बन्नु हो भने मुखौटो प्रयोग गर्न जान्नुपर्छ,… जान्नैपर्छ ।…”
तब, अकस्मात् मैले देखेको थिएँ, सबैको अनुहार ढाकेको चित्र-विचित्रको मुखौटोले। अतः को हाँसेको, को रोएको, म बबुरोले के बुझ्ने… छक्क पर्दै एउटालाई सोधे,- “मुखौटो किन ?”
मैले झट्टै जवाफ पाएँ, “दुर्गन्धको प्रकोपबाट बाँच्न ।”
“कस्तो दुर्गन्ध ?” मैले सोधें।
“धरती डढ़िरहेको अनुभव छैन।” छक्कै पर्यो त्यो।
भनें । “शहरमा धुवाँ ता छ, कलकारखानाबाट निस्किरहेको ।”- मैले वरिपरि हेर्दै
“मास्कले त्यो प्रदूषण छेक्छ।” त्यसले भन्यो ।
“त्यत्तिमात्रै ?” मैले सोधिहालें।
जवाफमा थियो, “त्योभन्दा पनि खतरनाक अदृश्य धुवाँ छेक्छ मास्कले।”
“मास्कले सासको दुर्गन्ध पनि रोक्छ। मास्कले रिसाएको स्वर पनि फिल्टर गरेर रमाइलो पार्छ।”…
मैले त्यसको वाक्प्रवाहलाई रोक्दै सोधे, “कहाँ छन् अदृश्य धुवाँ ?”…
गीत गाएजस्तै गरी भन्यो त्यसले, “अरे ! जताततै डढेर निस्किरहेका छन् यस्ता धुवैधुवाँ। निर्धाहरू डढ़िरहेका छन्, सज्जनहरू जलिरहेका छन् ।… दफ्तर-दफ्तरमा, न्यायालय सचिवालयमा, मन्त्रालय-संसदमा, शासन-प्रशासनमा जताततैबाट निस्किरहेका छन् धुवाँ ।… अक्षरहरूबाट, फाइलबाट, भाषणबाट, विधानबाट, वा… स्वार्थ, सिफारिस, चापलुसी, शोषण इत्यादिबाट नै जागिरहेका छन् निरन्तर धुवाँ… धुवै धुवाँ ।…
…म छक्क परिरहेको अवस्थामा थिएँ, यस्तैमा एउटा आगन्तुक कुनै अर्को स्वच्छ ग्रहवाट भर्खरै आएझैं गरी आत्तिएर कराउँदै हाम्रै अघिल्तिर देखापयो । आकुल आगन्तुकको आक्रोश थियो, प्रदूषण जताततै प्रर्पण !… ध्वनि-प्रदूषण ।..”
आगन्तुकको हातमा एउटा अर्कै थरिको मुखौटोझें जिनिस देखेपछि मैले सोधें, – “तपाईको हातमा त्यो कस्तो अनौठो मुखौटो ?”
तत्कालै जवाफ पाएँ, – “कानमा लगाउने कवच हो यो ।… ध्वनि-प्रदूषणको असर सोझै मगजमा पर्छ। -र, पागल वन्नु मन छैन भने अब सबैले प्रयोग गर्नुपर्छ यस्ता कर्ण-कवच ।…”
– सके, उसले चारैतिरबाट जोड्तोड्मा घन्किरहेको होहल्लाहरूतर्फ सङ्केत्त गर्दै त्यस्तो भनेको थियो, वा, आफैलाई विशिष्ट बुझाउन होहल्ला गरिने नीच कुसंस्कारलाई धिक्कारिरहेको थियो । तरै पनि ठीकसित मैले उसको तात्पर्य बुझिनँ, त्यसर्थ नरम स्वरमा भनें,- “महाशय! हिजोआज हामीले आफ्ना छिमेकीहरूप्रति सद्भावना भन्ने कुरो नै गुमाएको हुँदा यस्तो भएको हो। एउटाले अर्को छिमेकीलाई आफ्नो हल्लाको कस्तो चोट पर्छ त्यो सम्झन आवश्यकनै ठान्दैनन् ।”…
मुसुक्क हाँस्दै उसले भन्यो, “हाम्रो समाज र जातिमा मस्तिष्कको कुनै मर्यादा छैन, तेस्रो क्रममा छ त्यसको स्थान। पहिलो स्थानमा धन छ भने दोस्रोमा मुक्का-वल । त्यसपछि मात्रै मस्तिष्क र दौद्धिकताको याद गरिन्छ, त्यही पनि होहल्ला गर्ने प्रवृत्ति हुर्किरहेछ दिन प्रतिदिन होडमा” …
“स्यालजस्तो हल्ला गर्छन् सबैजना नै एकपछि अर्को…”
“होहल्ला नगर भनेको कसैले भने, “त्यो हुकुम चलाउने को हो” वा जङ्गलमा बसोस्” भन्ने हाँक ता सुन्नैपर्छ…”
“शिक्षा र सभ्यताको सही अर्थ नबुझेर हामी त्यसो गर्छौ…”
“बुझ्दैनौ, हल्लैहल्लाको कारण अनेकौं रोगहरू उत्पन्न हुन्छन्…”
अकस्मात् रिस उठ्यो मलाई, झोक्किँदै भनें, “हामीझें मगज नै जाम परेको नमुनालाई रोगको के वास्ता र ! तपाईले एकाबिहानै गाउँ-गाउँमा घन्किरहेको रेडियोटेपको प्रतियोगितात्मक हुल्लड़ सुन्नुभएकै छ। आफूले मात्रै सुन्ने ध्येयमा बजाए ता भइहाल्थ्यो नि, तर गाउँभरिका सबैलाई नै अशान्त पार्ने कुमति छँदैछ हाम्रो…”
उसले हाँस्दै भन्यो, “मसित पनि गजबले घन्किन सक्ने महँगे रेडियो वा टेप वा सिडि वा टिभि वा मिसिआर इत्यादि कुन्नि के के छ है भन्ने हाँक दिएका होलान् प्रतिवेशी । त्यसर्थ ने ता यो कवच प्रयोग गर्नुहवस् ।”
“कवच ?” मैले चकित बनेर सोधे- “कवचमात्रै कि कुण्डल पनि ?…”
“हैं !…” तर्सेर बोल्यो ऊ।
मैले तासपछि भनें,- “महाभारतको, अविवाहित छदै, कुन्तीबाट जन्मेको छोरोको कुरो गरेको होइन तर हिजोआज हाम्रो समाजमा पनि दिन प्रतिदिन कुण्डलेहरूको संख्या बढ्दो छ, दिदी-बहिनीको टप र कुण्डल दाजु-भाइको कानमा, वाह! क्या जगाना ।…”
“कठैबरी ! त्यसरी खस्केको कुरोमा पनि हामी दुःखित ता वन्नैपर्छ, तर यसपल्ट मैले कान ढाक्ने कवचको मात्रै कुरा गरेको।” उसले नाक पुस्दै भन्यो।
मैले तत्कालै कुन्नि किन भनेछु, “कान ढाक्ने कवच ! अर्थात्, कर्ण-कवच !…”
“हो ।” उसले धीर वाणीमा भन्यो।
मैले कल्पना गरें, – सबैले कानमा पनि कवच लाए हाम्रो समाज कस्तो होला ।
त्यसर्थ चिन्तित स्वरमा भनें, “ध्वनि प्रदूषण रोक्ने अरु कुनै उपाय छैन? विदेशमा ता छिमेकमा अलिकति पनि हल्लाखल्ला गर्नेलाई सास्ती हुन्छ। तर हाम्रो देशमा त्यस्तो कानुन कुनै छैन ।…”
“हामीमध्ये धेरैवटा ने असभ्य र पछीटे छौं भने कानुनले के गर्छ र? वरू हल्लाहरूबाट वाँच्दै स्वस्थ जीवन भोग्नु हो भने कर्ण-कवच लाउनु ने अत्युत्तम छ।”
“उफ् ! तब ता कर्ण-कवच् फेसन नै हुनेछ।”
“हो ।”
“तर, कर्ण-कवच सबैले लाए सम्पूर्ण समाज ने बहिरो हुनेछ। पहिल्यै दृष्टि शक्ति, प्राणशक्ति, संवेदनशीलता अथवा सम्पूर्ण मस्तिष्क नै कमजोर भएका हाम्रो समुदायले अब कान पनि बहिरो पारे हामी खोक्पाझें बन्दैनों र ?”
“खोक्पा ?” उसले तर्सेर सोध्यो।
“हो, खोक्पा अर्थात् जङ्गली जनावरले खाई उब्रेको शिकार।”- मैलै तत्कालै भनें ।
ऊ हॉस्यो । हाँरदै ठूलो स्वरमा भन्यो, “ध्वनि प्रदूषणले गर्दा हामीले रुखका पातहरूको सर्सराइको ध्वनिजस्ता मृदुल ध्वनिहरू सुन्न नसकेका धेरै भइसक्यो। फेरि पनि, हामीमाझ हल्लाखल्ला गर्ने वा हल्ला सुनेर त्यही हल्ला गर्नेको सकेभर प्रशंसा गर्ने थरिको आदिम-प्रवृत्ति अझै पनि उस्तै बढिरहेकै छ। हामीमाझ साँचो तौरमा सभ्यजन कति संख्यामा कति पो छन् र !- सभ्य व्यक्तिले मात्रै अवश्यै ने कर्ण-कवच धारण गर्न वाध्य रहन्छन्।”…
त्यसको अर्थ, हाम्रो समाजमा व्यापारिक दृष्टिकोणमा भने कर्ण-कवचको निर्माण लाभप्रद छैन। मैले दीर्घनिश्वासमा भनेँ।
तब उसले तत्कालै भन्दै थियो, “तर, प्रत्येक मानिसलाई सुसभ्य तौरमा बाँच्नलाई यो कवच अनिवार्य छ अब ।…
अकस्मात् त्यही मुहूर्तमा उसको आवाजलाई सम्पूर्णतः मिचेर यौटा नजिकैको घरको टेप-रेकर्डरबाट कुनै बम विस्फोट भएझैं गरी असाध्यै जोडसित फिल्मीगीत घन्कियो। बिहानको छ-साढ़े छ बज्दो हो, तब हामी थियौं प्रातः कालीन टहलाइमा, तर त्यहाँ वरिपरिका कतिजना पढ़िरहेका थिए भने कोही सुतिरहेका थिए। विशेष गरी बूढ़ा-चूदी र बिमारीहरू रातभरि छट्पट् गरेपछि सायद वल्लतल्ल निदाएका होलान् ! जे होस्, त्यस विस्फोटगा सबै नै तर्सेर उठे !… अब, त्यस्ता योजनाविनाको गाउँमा एउटा घरको वरिपरि ठेलझेल गरी उभिएका कैयौं घरहरू हुन्छन्, तथा प्रत्येक घरमा नै आफूलाई ठूलठूला ठान्ने प्रचारकगण पनि हुन्छन् नै। तब, आफू चाहिँ सानो बनेर अर्को घरबाट जागेको हल्ला कसरी सक्ने र ? – मानों छिमेकका घरबाट आएको गीतको ध्वनि अपरास्त हुनैपर्छ ।! त्यसर्थ वरिपरिका प्रत्येक घरबाट तत्कालै गुञ्जित हुन्छन्, कतै रेडियो, कतै टेप, कतै टेलिभिजन, कतै…
ओह !… बिहानैदेखि कस्तो विचित्रको विस्फोटमय ध्वनि त्यो, कतैवाट पप, कतैवाट भजन, कतैवाट गजल, कतैबाट कव्वाली, कतैबाट के, कतैवाट कुन्नि के-के…
त्यस दुर्भाग्यपूर्ण भीषण उत्पातमा समस्त गाउँ नै भूकम्पमा परेझें कम्पमान थियो! अर्थात्, त्यसरी असमयमा चारैतिरबाट वाँध फुटाएर निस्केको विराट भल जस्तै त्यस्तो मनपरिको असाध्य होहल्लाले गर्दा मेरो मगज फुट्लाझैं हुनु स्वाभाविक नै थियो, – तब उसले मतर्फ हेरेर मुसुक्क हाँस्दै आफ्नो कर्ण-कवच प्रेमपूर्वक धारण गर्याे।
अन्ततः, त्यसवेला स्थितिले मलाई पनि स्वीकार्न करै लाग्यो, हाम्रो यस्तो पाखे समाजमा भद्र बनेर बाँच्ने हो भने अब प्रत्येक सभ्यजनले नै कर्ण-कवच वा कानलाई राम्ररी ढाक्ने नकाब लाउनै पर्नेरहेछ, बहिरो बन्नै पर्ने रहेछ !…
०००
भारतीय नेपाली हास्यव्यङ्ग्य निबन्ध (सन् २०१०)
Subscribe
Login
0 Comments
Oldest






































