साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सिद्धान्तको चितामा अस्तुको खोजी

बाका भोगको अलिकति माटो आमाका नाककानका गहना छिमेकीले जतन गरेको नगद सहजकर्ता परमेश्वरको पोल्टामा थमाउदै भविश्यको चुलो बाल्न सिद्बान्तको चितामा अस्तुको खोजीमा हिँडिरहेछ।

Nepal Telecom ad

शिवप्रसाद जैशी :

चिताको धुवाँ
कोइला र खरानी
खरानीमा अनिकालको सैद्बान्तिक बिउ खोज्न
नसामा आँसु, आँखामा रगतको बेगमान छालले
निराशा र थकानमा अपराजयबोधको सुस्केरा हाल्दै
बेग्लै धातुले बनेको बिछट्ट मानिस लम्किरहेछ।

ओदान बन्न मन छ उसलाई
चरम वैराग्यको मनोदशामा
विशाल तेजपुञ्जको ताप र रापको बहिरङ्गमा
गुणग्राही विचारको दिग्दर्शक बन्नु छैन अब
क्रान्तिको शिकारुजस्तो
आमोदप्रमोदकारी मानसिक खुराक बोकेर
गाउँबस्तीको निशानीसँग पुलकित हुनु पनि छैन।

सिद्धान्तको जलपले
निरहार पेटमा वादको मलमपट्टी लगाउँदा लगाउँदै
जिउँदै विस्मरणमा विलीन
आवेगको उत्ताल ज्वारभाटाको भग्नावशेष सुँघेर
अमानवतामाथि धावा बोल्दै
रोचक, प्रेरक र उत्तेजक क्रान्तिको अजय धक्कामा
छद्म आकृतिमा सत्तामा बसेर
सुख प्राप्तिका लागि भावभूमि तयार गर्नु त छँदैछैन।

तारामण्डलको पालमुनि दोलाई ओडेर
दुब्ला, थकित र गलित
विनयशील जनको मनोवेदनामा
तुफानी वेग बनेर समर्पित हुनु पनि छैन।

मनको अकुपन्चर गरेर
अर्ध बिक्षिप्त प्राणीहरुको उपचारका लागि
पेटको आहार ग्रहण
आङको बस्त्र धारण
अनि सशरीर विहार गर्न
दुर्दर्शी दृष्टीकोणमा अनुरागयुक्त असिम सहयोग घोलेर
मानसिक र दैहिक आयु बढाउनु पनि छैन।

धर्ती माताका अवयवहरुमा जीवन रोपेर
सहअस्थित्वको बोधगम्य यात्राको बाहानामा
कथित शुद्बतावादको संस्कार
स्मृति शृङ्खला बिशृङ्खलतमा
विचारको लिस्नो भाँचिएर उझिण्डिएको
उत्साह, उमङ्ग एवं आनन्दका लहरहरु
जादुवालका हातमा पारेर
चोटहरु हृदयका तारहरुले तरङ्गित बनाउँदै
आफै भित्र खुम्चिएर उदास मुद्रामा
उपभोगको तृष्णा
औँसीको जुनकिरी
पहराको सुनाखरी खोज्न मन छैन।

पऽऽरपर कतै पृथ्वीको अन्य भागमा
सन्तापको गहिरो सुस्केरा हाल्दै
बाका भोगको अलिकति माटो
आमाका नाककानका गहना
छिमेकीले जतन गरेको नगद
सहजकर्ता परमेश्वरको पोल्टामा थमाउदै
भविश्यको चुलो बाल्न
सिद्बान्तको चितामा अस्तुको खोजीमा हिँडिरहेछ।

०००
कैलाली, हाल- थानकाेट काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गणित पुराण

गणित पुराण

शिवप्रसाद जैशी
म भक्त हुँ

म भक्त हुँ

शिवप्रसाद जैशी
फर्मान प्रेमी

फर्मान प्रेमी

शिवप्रसाद जैशी
निस्सासिएछ हावा

निस्सासिएछ हावा

शिवप्रसाद जैशी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x