साइबर अपराध सम्बन्धी सचेतना सामग्री

महाअभियोग ठोक्नुस्

इँजार गाँठो परेको छ फुकालेर शौच गर्न सकिएन यो घाँडो जिन्दगी म कसरी बाँच्न सक्छु आउनुस् हजुर तपाईँको के जान्छ मलाई महाअभियोग ठोक्नुस्।

Nepal Telecom ad

भोलानाथ सुवेदी :

आउनुस् हजुर
मलाई पनि महाअभियोग
ठोक्नुस्
दाहिने हातले देब्रे हात
कन्याउन मान्दैन
आफ्नै आँखाले आफ्नै
नाके डाँडी पनि देख्दैन
डँडाल्नु चिलाए भित्तामा ढाड
घोट्नुपर्छ
बोल्न पनि बीस पटक सोच्नुपर्छ
यी लिखुरे खुट्टाले यामानको जिउ
कसरी बोक्नु
न धित मारेर बोल्न सक्छु
न मन खोलेर हाँस्न सक्छु
आउनुस् हजुर
हस्ताक्षर अभियान चलाउनुस्
मलाई पनि महाअभियोग ठोक्नुस्।
टाउकाको कपाल झरेर
तालु चिल्लो भएको छ
मान्छे ठिटो भए पनि
बुद्धि बङ्गारा धुलो पिठो
भएको छ
हिँड्दा दम फुलेर आउँछ
उभिदा शरीर गलेर आउँछ
घरी एउटा कानले मात्र सुन्छ
घरी एउटा आँखाले मात्र देख्छ
इँजार गाँठो परेको छ
फुकालेर शौच गर्न सकिएन
यो घाँडो जिन्दगी
म कसरी बाँच्न सक्छु
आउनुस् हजुर
तपाईँको के जान्छ
मलाई महाअभियोग ठोक्नुस्।

०००
(९८४३०५४१६१)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उहाँ कवि हुनु भो

उहाँ कवि हुनु भो

भोलानाथ सुबेदी
टाउको

टाउको

भोलानाथ सुबेदी
कर खोई ?

कर खोई ?

भोलानाथ सुबेदी
सापटीले पार्छ आपत्ति

सापटीले पार्छ आपत्ति

भोलानाथ सुबेदी
सबैजना आओ

सबैजना आओ

भोलानाथ सुबेदी
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
0
Would love your thoughts, please comment.x
()
x