युवराज मैनालीगर्जन
क्षितिजको किनारामा उभिएको सूर्यलाई अवलोकन गर्दै सिंहले भन्यो, “म अस्ताएँ र तिमी पनि अस्ताउँदैछौ ।” तत्क्षण केही नवयौवनहरूले ऊ समक्ष अहङ्कारपूर्ण गर्जना गरे, “हामी डमरु हौं ! शिरोभूषण हस्तान्तरण गर !!”

युवराज मैनाली :
वनको एकान्त गुफामा युगान्तको बोझले थकित र घायल सिंह आफ्नो गौरवमय गर्जनको स्मृतीमा हराइरहेको थियो । बलोन्मत्त वनराज तन्द्रामग्न अवस्थामा रहँदा पनि त्रस्त हुने पशुहरू आज उमाथि ताण्डव गर्न उद्यत थिए ।
क्षितिजको किनारामा उभिएको सूर्यलाई अवलोकन गर्दै सिंहले भन्यो, “म अस्ताएँ र तिमी पनि अस्ताउँदैछौ ।”
तत्क्षण केही नवयौवनहरूले ऊ समक्ष अहङ्कारपूर्ण गर्जना गरे, “हामी डमरु हौं ! शिरोभूषण हस्तान्तरण गर !!”
स्मृतिपटलमा आफ्ना गर्जनका प्रतिध्वनिहरु श्रवण गरिरहेको वृद्ध सिंहले मुस्कुराउदै हृदयलाई भन्यो, “बलबान समय रहेछ, वज्रसमेत मैन समान प्रतित हुने यो देहसमक्ष यी कलिला डमरूको हुँकार ! धिक्कार छ मेरो जिन्दगी !!”
अन्ततः रविले क्षितिजसँग विदा मागे र सिंहले नश्वर देहसँग । तत्क्षण डमरुहरुको नव गर्जनले जंगल पुनः कम्पायमान भयो ।
०००
काठमाडाैं






































समय सापेक्ष सटीक लघुकथा, बधाई छ हजुर …