साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जाली रुमालेहरू

खोज्छन् सर्जक वाहवाह गुटका गुन्द्रीहरूमा बसी

Nepal Telecom ad
विद्या छैन विवेक छैन जसमा ती चाहिँ विद्वान् परे
जाँच्दा न्यून छ बुद्धिअङ्क जसको ती बुद्धिजीवी अरे
घट्दो मान छ माननीय पदको हेर्दा सयौं तस्बिर
खस्केको महिमा महामहिमको छर्लङ्ग ऐनातिर
।१।
तक्मा लिन्छ समाजसेवक भनी चाहन्न सेवा दिन
दर्जा प्राज्ञ हुँदा विवेक अथवा देखिन्न प्रज्ञा किन?
बोक्राभित्र भलादमी छ कुभलो गर्दैछ रातोदिन
लाग्यो छाप अझै वरिष्ठ जसमा पाउन्न निष्ठा किन?
।२।
फक्रेका गुरुमा गुरुत्व गुण खै ? खै शिष्यमा शिष्यता
विद्यावारिधि वारमा वजन खै?खै उच्च उत्कृष्टता ?
छन् नेतृत्वविहीन मार्ग जसका ऊ नै ठुलो नायक
थोपा निर्णयसीप छैन जसमा ऊ बन्छ निर्णायक
।३।
खाँटी स्याल भिरेर हिँड्छ तनमा झन् सिंह छाला कतै
बस्छन् सर्प बनेर उच्च तहमा खैरा गड्यौँला कतै
सानै छन् शिरमा चढेर कतिले जुम्रा बनी डस्दछन्
बिग्रेको अनुहार फेर्न कतिले ऐना पुछी बस्दछन्
।४।
लिन्नन् नीम चिराइतो कलममा लिन्छन् मिठाई मसी
खोज्छन् सर्जक वाहवाह गुटका गुन्द्रीहरूमा बसी
लुट्दैछन् गहना स्वयं मुलुकका निर्लज्ज पालेहरू
बुन्छ्न् जाल अनेक रूप रङका जाली रुमालेहरू
।५।
जन्मस्थल: पञ्चेश्वर-६,बिजुल,बैतडी
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x