परशुराम पराजुलीछुटुन् माला लगाएर जेलनेल परीकन
बेल पाके खुसी होउन् सबै बथान कागका जोतुन् किसानले खेत, नारी डमरु बाघका गोठाला देश हाँक्ने हुन् खेताला फैसला गरुन् नाफाखोर गरुन् सेवा छक्क पर्ने सबै बनुन्।

परशुराम पराशर :
मुसाले अन्नको रक्षा गरोस् भन्ने छ चाहना
बिरालो गोठमा एक्लै बसोस् भन्छन् सबै जना ।
मकै गोड्न गए राम्रो सबै बाँदरका दल
दाइँमा कुखुरा आफैँ किन गर्दै छ अल्मल । १
गोरुले धानका बाला, कोदाका कपनाहरू
टिपेर राख्न थाल्दै छन् बाँकी छन् थपना अरू ।
हुँडारले खसीबाख्रा चराउन् वनमा लगी
गाईगोरु खुबै पालुन् बाघले गोठमा बसी । २
बाख्राले फूलबारीमा गोडमेल गरिरहुन्
बालीको रक्षकी बन्दै भैँसी खुल्ला चरिरहुन् ।
घाँटीमा तुलसी माला लगाई बाघ दौडियुन्
माछाका हुलमा गोही आफन्त सरि पौडियुन् । ३
परेवाका बचेराको सुरक्षा बाजले गरुन्
सर्पलाई परे गारो गरुडै आत्तिई झरुन् ।
जनता नै बनुन् नेता भ्रष्टाचार गरीकन
छुटुन् माला लगाएर जेलनेल परीकन । ४
बेल पाके खुसी होउन् सबै बथान कागका
जोतुन् किसानले खेत, नारी डमरु बाघका
गोठाला देश हाँक्ने हुन् खेताला फैसला गरुन्
नाफाखोर गरुन् सेवा छक्क पर्ने सबै बनुन्। ५
०००
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest









































