साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आधा सत्य आधा भ्रम- २२

हो यसरी लिनुपर्ने हो ‘एक्सन’! सिस्नुपानी हान्नुपर्छ त्यस्ता कम्पनीलाई। बलुनमा बिस्फोटक ग्यास हालेर, लाइटर बालेर स्वागत उद्घाटन गर्न लगाउनुपर्छ त्यस्ता कम्पनीको सि इ ओ लाई।

Nepal Telecom ad

अर्जुन दाहाल (क) :

केही दिनअघि संसद बैठक चलिरहेका बेला बलुन मन्त्रीज्यू निदाउनुभयो। उहाँसँगै अरु केहीजना मन्त्रीहरू पनि निदाउनुभयो। यो कुरा साँच्चिकै सामान्य हो— निन्द्रा लाग्यो, निदाउनुभयो।

तर यस्तो सामान्य कुरालाई फोटो खिचेर समाचार बनाउने र त्यसलाई चर्चाको विषय बनाउनेहरू देख्दा उदेक लाग्दो रहेछ। तपाईंहरू सुत्नु हुन्न ? निदाउनु हुन्न ? अनि, निदाए पनि ननिदाए पनि भत्ता त आउने नै हो भने— किन निदाउन नहुने ?

रोस्ट्रमबाट अनावश्यक कुराहरू निरन्तर ‘ङ्यारर ङ्यारर’ गरेको सुन्दा कोही पनि ननिदाई बस्न सक्छ र ? बरु ‘तरवार काका’ निदाउनुभएन, किनभने सचिवले ‘कुलिङ पिरियड’ जस्तै अर्को केही हालिदिए भने बर्बाद हुन्छ भनेर सतर्क हुनुभएको हो क्यारे।

अहिले सुनिँदैछ, बलुन मन्त्रीज्यूले त्यो तस्बिर खिच्न प्रयोग भएको क्यामेरा बनाउने कम्पनीमाथि छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्न लाग्नुभएको छ रे । हो यसरी लिनुपर्ने हो ‘एक्सन’! सिस्नुपानी हान्नुपर्छ त्यस्ता कम्पनीलाई। बलुनमा बिस्फोटक ग्यास हालेर, लाइटर बालेर स्वागत उद्घाटन गर्न लगाउनुपर्छ त्यस्ता कम्पनीको सि इ ओ लाई।

कहिलेकाहीँ हाम्रा नेताहरूलाई हेर्दा, उहाँहरुका कुरा सुन्दा मलाई पनि यस्तो मजासँग निन्द्रा लाग्छ कि… नकुरा गरौं !

ए साँची, बलुन मन्त्रीज्यू निदाउँदा र्याल चुहाउनुभएन रे। लगाएको चस्मा पनि खसेन रे। सँगैको अर्को मुन्त्रीको काखमा ढल्नुभएन रे। यस्ता उपलब्धि र सकारात्मक पक्षबारे समाचार नबनाउने पत्रकारहरूलाई “ऋखि धमला हुनू” भनेर कसैले श्राप नदिए हुन्थ्यो।

यति लेख्दै गर्दा… झ्याप्प… झ्याप्प… निन्द्रा लाग्न थालिसकेको छ बरै…! सिरानी लाउँन देउ मायाको दाहिने हात…भन्ने गीत सुन्दै पल्टिएँ म… ।

०००
(व्यङ्ग्य लेखक: नुन चिनी पानी, अमेरिकाका परिकल्पनाकार)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अबसुखीकरण कार्यक्रम:

अबसुखीकरण कार्यक्रम:

अर्जुन दाहाल (क)
बाजी:

बाजी:

अर्जुन दाहाल (क)
अन्तिम अस्त्र

अन्तिम अस्त्र

अर्जुन दाहाल (क)
आधा सत्य : आधा भ्रम- ५०

आधा सत्य : आधा...

अर्जुन दाहाल (क)
आधा सत्य, आधा भ्रम- ४९

आधा सत्य, आधा भ्रम-...

अर्जुन दाहाल (क)
आधा सत्य, आधा भ्रम – ४८

आधा सत्य, आधा भ्रम...

अर्जुन दाहाल (क)
तर्सिङहोम (२)

तर्सिङहोम (२)

कृष्ण प्रधान
छिमेकी

छिमेकी

मीनप्रसाद लामिछाने
स्तर

स्तर

लीलाराज दाहाल
पेटाहा र फटाहा

पेटाहा र फटाहा

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x