होम सुवेदीगर्नुहोस् कमाल
सके सम्बन्धित संस्थालाई पनि अलिकति चटाइदिनुहोस् तब हेर्नुहोस् कमाल पुरस्कारको मालामाल पुरस्कार पाउने यो छ चाल यो नगर्नेलाई पुरस्कारको मात्र हैन तिरस्कारकै पनि अनिकाल ।

हाेम सुवेदी :
फेसबुकमा
केही झुन्ड राखेर
हल्ला गर्दै गर्नुहोला
सिर्जना जस्तो भए पनि
ठाउँमा चारो छर्दै गर्नु होला
सम्पादकलाई हात लिएर
आफैँ परिचय लेखेर
आफ्नो मानो आफैँ भर्दै गर्नु होला ।
हल्ला नगरी हुन्न
चारो नछरी हुन्न
ठाउँ ठाउँमा नचरी हुन्न ।
पुरस्कारका लागि
चारो छर्नु होस्
पैसा छरेर
आफ्नो प्रशंसा गर्नु होस्
झुन्ड तयार पारेपछिलाई
कसैसँग पनि नडर्नु होस्
खोलो तर्नु होस्
नाम विजेताको सूचीमा दर्नु होस्
झोले खटाइदिनुहोस्
अमेरिका अस्ट्रेलिका च्याप्टरमा
पठाइदिनु होस्
आफ्नो प्रशंसाका पदहरु
झोलेलाई रटाइदिनुहोस्
सके सम्बन्धित संस्थालाई पनि
अलिकति चटाइदिनुहोस्
तब हेर्नुहोस् कमाल
पुरस्कारको मालामाल
पुरस्कार पाउने यो छ चाल
यो नगर्नेलाई
पुरस्कारको मात्र हैन
तिरस्कारकै पनि अनिकाल ।
०००
भद्रपुर, झापा
Subscribe
Login
0 Comments
Oldest







































