साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आइसोलेसन

निको भए घरतिर गैसेला नत्र झन स्वर्गतिर गैसेला ।

Nepal Telecom ad

सरकारको आइेसोलेसन त बन्दै होला
अहिले यतैको आइेसोलेसनमा आइसेला
फेरि अरु पस्लान् नि ? यसो डोरी भए पनि लाइसेला
स्कूलको ट्वाइलेटमा पनि त्यस्तै हो दिसै नआउने
यसो च्यापो भने खेतबारीतिर गएर बसिसेला
तर फेरि गाको बेला उतैबाट टाप नकसिसेला ।

के गर्ने सरकारले खोल भन्यो खोल्या हो
भुकम्प, बाँडी माहामारी जे आउँछ
कि स्वास्थ्य कर्मी कि पुलिसले त रिस्क मोल्या हो
धन्न तपाईंहरु यो डोरी नाघेर भागिस्या छैन
त्यै भएर तपाईंसँग आइस्यो गैस्यो बोल्या हो ।

थाह छैन अरु देशको आइेसोलेसन खै कसरी चल्याछ
हाम्रो आइसोलेसन त आइस्यो, गैस्योमा चल्याछ
हामी छौ नि दुई चार सुरक्षाकर्मी तपाईंको सुरक्षाको लागि
कोरोना लाग्यो भने ढुक्कले आइसेला
दालभात जे छ मज्जाले खाइसेला
मिठोमसिनोे खान मन लागे यसो दाम पनि ल्याइसेला
छेउछाउमा लोकल भाले नि पाइन्छ क्यारे
मजाले झोल भात भ्याइसेला ।

लोकल कुखराको झोलभातले ज्यान पनि लाग्ला
ज्यान दरो भयो भने लागेको कोरोना नि भाग्ला
सरकारले दरो डाइट खानुस् भन्याछ, खुवाउँछु भन्याछैन
विदेशीले सहयोगबाट यहाँ अझै आइेसोलेसन बन्याछैन ।

लौ यो बन्दुक पनि लिइस्यो, यसो ज्वोरोस्वोरो नापिसेला
घामले नि भाग्छ रे नि कोरोना त, घाम पनि तापिसेला
ब्यायाम पनि चाहिन्छ कोरोनासँग लडन
चौरीमा नाचिसेला, उफ्रिसेला, कुप्रिसेला
जाडो भयो एकै ठाउँमा डल्लोमटल्लो परेर थुप्रिसेला
के गर्ने सरकारसँग पनि पैसो भएन,
नत्र अलिक राम्रो बनाउनु हुन्थ्यो
जाबो दश अरबले त यो भन्दा राम्रो के बन्थ्यो ?

सरकारले त पाँच तारे आइसोलेसन बनाउन नखोज्या हैन
तर के गर्ने एक तारे नभए पनि काम चलाऊनु पर्याछ
ढुक्कले आइसेला हाम्रो हाइसोलेसनमा, यसले पनि राम्रै काम गर्याछ
क्यै पर्यो भने भनीसेला
एम्बुलेन्स, सब बाहन सब ठिकठाक पार्याछ
सरकारले हारे पनि
सुरक्षाकर्मी, स्वास्थ्यकर्मीले कहाँ हिक्मत हार्याछ
अरामले बसिसेला, मस्तले खाइसेला
निको भए घरतिर गैसेला नत्र झन स्वर्गतिर गैसेला ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
नाग पञ्चमी

नाग पञ्चमी

प्रेम ओली ढकलपुरे
एउटा मच्छेर

एउटा मच्छेर

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x