सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

जेष्ठ नागरिकप्रति हाम्रो दायित्व

निरन्तर रूपमा तन, मन, धनले जेष्ठ नागरिकको हेरचाह गर्नु नै राज्य र परिवारको दायित्व हो ।

Nepal Telecom ad

ज्येष्ठ नागरिकहरूका लागि विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक संविधानले प्रत्याभूत गरेको पाइन्छ । ज्येष्ठ नागरिकसम्बन्धी ऐन, नियमावली तथा राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा नरहेका भने होइन । कुल जनसंख्याको ८ दशमलव १३ प्रतिशत ज्येष्ठ नागरिक छन् । नेपाल सरकारले ज्येष्ठ नागरिकलाई मासिक रूपमा सामाजिक सुरक्षाभत्ता उपलब्ध गराउँदै आएको छ तर त्यो पर्याप्त भने छैन । सरोकारवाला निकायबीच समन्वयकालागि केन्द्रीय ज्येष्ठ नागरिक कल्याण समिति र सबै जिल्लातथा स्थानीयतहमा ज्येष्ठ नागरिक कल्याण समिति गठन भएका छन् । बेसहारा ज्येष्ठ नागरिकलाई आश्रयसहितको सेवाउपलब्ध गराउन पशुपति लगायत अन्य नगन्य स्थानमा सरकारी निकायका रूपमा वृद्धाश्रम  सञ्चालन भएका छन् भने संस्थाहरूको साझेदारीमा विभिन्न स्थानमा केही वृद्धाश्रम सञ्चालन भएका छन् । रुकुमकै सन्दर्भमा मुसिकोट नगरपालिका वडा नं १ मठमा गोकर्ण गिरी बृद्धाश्रम रहेको छ ।

६० भन्दा माथिको जेष्ठ नागरिकको तथ्यांक तपसीलमा देखाइएको छ । जुन यी संख्याका जेष्ठ नागरिकहहरू मध्ये ६०।६८ उमेर समूह अझै पनि निरन्तर बौद्धिक एवं श्रममूलक कार्यमा संलग्न भएको देखिएको छ । तथापि विभिन्न उत्पादनमूलक कार्य संलग्नताका हकमा निजहरूको स्वास्थ्य स्थिति, आर्थिक अवस्था र कामको प्रकृति भने फरक फरक रहेको छ । हाम्रो मुलुकमा नागरिकको अपेक्षित आयु हाल ६९ वर्ष रहेको पाइन्छ । मानिसको आयुलाई हावापानी, रहनसहन, गरिबी, उपलव्ध स्वास्थ्य सेवा आदिले असर पारेको हुन्छ ।

समयको फेरबदलको कारण देखाई आफूलाई जन्मदिई लालनपालन गर्ने आमाबाबुलाई आफ्नो परिवार तथा इष्टमित्रबाट बेवास्ता गरी केहीलाई खाना, लाउन, बस्नसमेत  नदिई घरैबाट निकालिएको अवस्था र राज्यलाई सो समस्या हल गर्न ठूलो चुनौती भएको छ । सो सम्बन्धीको नेपाल सरकारको प्रयास पनि आर्थिक अभावको कारण उचित सफलीभूत हुन नसकेको अवस्थामा जेष्ठ नागरिकको स्वास्थ्य, हेरचाह, कल्याण, संरक्षण र पुनर्स्थापना सम्बन्धी अध्ययन गरी सो समस्या उचित किसिमबाट हल गर्न राज्यलाई जानकारी गराउनु समयको माग हो भन्नु अत्युक्ति नहोला ।

हाम्रो देशमा जेष्ठ नागरिकलाई विभिन्न समस्याहरू भोग्न बाध्य बनाइएको छ । भनाइ नै छ, एउटी आमाले १० सन्तान सम्हाल्न सक्छिन् तर दश सन्तानले बाबुआमा राम्रोसँग सम्हाल्न सक्दैनन् । यसको मुख्यकारण व्यक्तिवादी हुनु (म र मेरा सन्तानप्रतिमात्र मेरो जिम्मेवारीको धारणाको विकास), सहरी (काममा व्यस्तताको कारण देखाई बाबु आमालाई वास्ता नगर्नु) तथा ग्रामीण (बुढाबुढीलाई गरिएको खर्च अनुत्पादन, केही बुहारीले सासु ससुरालाई प्रतिशोधको धारणा) परिवेश आदि कारणले गर्दा बाबुआमालाई वृद्धाश्रमको जिम्मा लगाएको प्रशस्तै उदाहरण छन् ।
नेपालमा मात्र हैन, विदेशमा पनि ‘ओल्ड एजहोम’मा कयौं वृद्धा भेटिन्छन् । तिनै ‘ओल्ड एजहोम’मा नेपाली जनशक्ति पैसाका लागि विदेशी आमाबाबुको स्याहार, सम्हार गर्न जानेको लर्को छ । तर पैसा नपाइने हुँदा आफ्ना पूर्वजको सेवा गर्ने धेरैलाई इच्छा छैन, केही अपवाद छाडेर । आमाबाबुले पैसा, धेरै सम्पत्ति कमाएर आफ्नै नाममा राखेका छन् भने त्यसको लोभमा त्यो नहडपेसम्म देखावटी सेवा गरेका हुन्छन् अनि अपहेलना सुरु हुन्छ, केही अपवाद छाडेर ।

संस्कृतमा ‘मातृ देव भवःपितृ देव भवः’अर्थात् ‘आमाबाबुलाई देउतासरह सम्मान गर’ भनिएको छ । समयले परिवर्तन ल्याउने रहेछ, सोचाइमा परिवर्तन यी बूढाबूढीलाई सँगै राख्दा निकै घाटा पो भयो हँ ? व्यावसायिक लक्षण हो आमाबाबुको हेरचाह पनि नाफा र नोक्सानमा तुलना गर्ने परिस्थिति सिर्जनाभएको छ । एक उदाहरण प्रस्तुत गर्न सान्दर्भिक होला ।

अंग्रेजीमा भनाइ छ ‘प्रयोग गर अनि फ्याँक’लाई नयाँ पुस्ताले व्यवहारमै देखाएका छन् । उदाहरणका लागि मध्यमवर्गीय परिवारका युवा पुस्ता पढ्ने निहुँमा विदेश जान्छन् । त्यहाँ उनीहरूको विवाह भएपछि सन्तान जन्मँदाको पहिलो चरणमा स्याहारसुसार गर्नेको जरुरत पर्छ, अनि नेपालवाट आमाबाबुलाई झिकाउँछन् । तीआमाबाबुहरू पनि छोरा वा छोरीले बोलाए भनेर फुकेको बेलुनजस्तो नाक पारेर जान्छन् । जब केटाकेटी ५।६ महिनाको हुन्छ, उनीहरूलाई डे केयर सेन्टरमा राखेपछि आमाबाबु उल्टै घाँडो हुन पुग्छन्,  हेलाको मात्रा बढ्दै जान्छ । उनीहरू निन्याउरो मुख लगाउँदै आफ्नै घरमा फर्कन्छन् ।

यही कुरालाई मध्यनजर गरी नेपाल सरकारले चौंधौ योजनामा (आ.व. २०७३-७४ /२०७५-७६) हिंसा तथा दुव्र्यवहारमा परेका ज्येष्ठ नागरिकलाई संरक्षण, उपचार र मनोविमर्श तथा कानुनी सहायता उपलब्ध गराइने, दुव्र्यवहार गर्नेलाई कानुनी दायरामा ल्याउन आवश्यक नीतिगत तथा कानुनी व्यवस्था गरिने, राज्यबाट प्रदान गरिने सार्वजनिक सेवा सुविधाको मापदण्ड निर्धारण गरी त्यस्तो सुविधा प्राथमिकताका साथ उपलब्ध गराउन निजी क्षेत्रलाई समेत प्रोत्साहन गरिने, गैरसरकारी संस्थाहरू एवम् समुदायसमेतको साझेदारीमा प्रत्येक प्रदेशमा स्वास्थ्य उपचार सुविधासहितको कम्तीमा एकएक वृद्धाश्रम सञ्चालन गरिने कार्यक्रम अघि सारेको छ ।

हाम्रो देशमा जेष्ठ नागरिकलाई विभिन्न समस्याहरू भोग्न बाध्य बनाइएको छ । भनाइ नै छ, एउटी आमाले १० सन्तान संहाल्न सक्छिन, १० सन्तानले बाबुआमा राम्रोसँग संहाल्न सक्दैनन् । सन्तानहरू व्यक्तिवादी बन्दै जानुको परिणाम हो यो ।

यसैगरी गैरसरकारी संस्थामार्फत ज्येष्ठ नागरिक समूहतथाक्लब गठन र दिवा सेवाकेन्द्र सञ्चालन गर्न प्रोत्साहन गरिने, हिंसापीडित, परित्यक्त, शारीरिक एवम् मानसिक रूपले अशक्त भएका विशेष जोखिममा रहेका ज्येष्ठ नागरिकका लागि लक्षित गरी विशेष राहत तथा पुनरस्थापना कार्यक्रम सञ्चालन गरिने, वृद्धाश्रम तथा दिवासेवा केन्द्रहरूको नियमन र अनुगमनलाई प्रभावकारी बनाइने, ज्येष्ठ नागरिकप्रति सम्मान अभिवृद्धि गर्न समुदाय स्तरसम्म सचेतना काकार्यक्रम सञ्चालन गरिने, पूर्वीय दर्शनअनुसार बाबुआमालगायत ज्येष्ठ सदस्यको हेरचार तथा पालनपोषण गर्ने परिवारका सदस्यलाई साथै सङ्घसंस्थालाई सम्मान गरिने, मरणोपरान्त आफ्नो सम्पत्ति इच्छाअनुसार हस्तान्तरण गर्न पाउने इच्छापत्रको व्यवस्था गर्न कानुनी व्यवस्था गरिने आदि व्यवस्था गरिने कार्यनीति बनाएको पाइन्छ ।

निष्कर्षमा जेष्ठ नागरिकका लागि परिवार, समुदाय र राज्यले विशेष ध्यानदिन सक्नुपर्छ । घर परिवारका सदस्यले यथोचित मायाममता, प्रेम र समय दिनुपर्छ । स्वास्थ्य सेवामा विशेष सहुलियत, बेसहारा र अशक्त जेष्ठ नागरिकलाई विशेष भत्ता वा लालनपालनको व्यवस्था, जेष्ठजनको उचित रेखदेख, स्याहार, सामान्य स्वास्थ्य उपचारजन्य विषयमा अनुशिक्षण वा प्रशिक्षणको व्यवस्था, सञ्चार माध्यमबाट रेखदेख, स्याहार उपचारबारे जनचेतना कार्यक्रम सञ्चालन हुनुपर्छ । घरेलु एवं परम्परागत स्याहार र उपचार पद्दतिको उपयोग, अस्पताल, स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई स्याहार र उपचारबारे अनुशिक्षण, सुरक्षात्मक प्रवन्धका लागि घर परिवार वरपरको भौतिक वातावरण, व्यवहार वृद्धमैत्री तुल्याउने, जेष्ठ नागरिक दिवा सेवा केन्द्र, वृद्धाश्रम, हेरचाह केन्द्र आदि संस्थामा कार्यरत जनशक्तिलाई परम्परागत एवं आधुनिक रेखदेख, स्याहार र चिकित्सा पद्दतिबारे प्रशिक्षित गर्ने व्यवस्था हुनुपर्छ । स्थानीयस्तरमाकार्यरत गैरसरकारी संस्थालाई जेष्ठ नागरिकको सामाजिक सुरक्षा, स्याहार, स्वास्थ्य सेवाका विषय समावेश गर्न प्रोत्साहित गर्ने, मानसिक स्वास्थ्य सबलताका लागि ध्यान, सत्संग, सरकारले कानूनी संरक्षण, परिवारले कामएको केही प्रतिशत आमाबाबुको नाममा अनिवार्य छुट्याई दिनुपर्ने सबल कानूनी व्यवस्था पनि तर्जुमा गरिनुपर्छ ।

आध्यात्मिक क्रियाकलापमा संलग्न गराउने, स्वास्थ्य स्थिति सबलताका लागि रुचि र क्षमताअनुसार सामान्य योग, अभ्यासका विधिहरू अपनाउने, निरन्तर शारीरिक सुसंगठनका लागि सक्रिय रहन रुचि र क्षमता अनुसारका कार्यमा क्रियाशील रहने बानीको विकास गराउने, महिला जेष्ठ नागरिक एवं एकल महिलाका लागि विशेष स्वास्थ्य सेवाएवं परामर्श सेवा संचालन गर्नेजस्ता कुरामा विशेष ध्यानदिनु आवश्यक देखिन्छ । साथै, सधैँ निरन्तर रूपमा तन, मन, धनले जेष्ठ नागरिकको हेरचाह गर्नु नै राज्य र परिवारको दायित्व हो ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
पाकाको एक्लोपन पनि उत्पादनशील !

पाकाको एक्लोपन पनि उत्पादनशील...

डा. मुकेशकुमार चालिसे
सक्रियता

सक्रियता

श्रीधर लामिछाने
पाकाको औडाहा र सुन्निने समस्या !

पाकाको औडाहा र सुन्निने...

डा. मुकेशकुमार चालिसे
पाकामा मस्तिष्क क्षमता घट्ने समस्या !

पाकामा मस्तिष्क क्षमता घट्ने...

डा. मुकेशकुमार चालिसे
बुढ्यौलीमा हिँडाइडुलाई

बुढ्यौलीमा हिँडाइडुलाई

वासुदेव गुरागाईं