साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अखिल नेपाल लेखक संघको अध्यक्षमा मित्रलाल पंज्ञानी

भेलाले पंगेनीको अध्यक्षतामा ४५ सदस्यीय कार्यसमिति समेत चयन गरेको छ । 

Nepal Telecom ad

काठमाडौं, १७ पुस । अखिल नेपाल लेखक संघको दोस्रो राष्ट्रिय भेलाले मित्रलाल पंज्ञानीलाई अध्यक्ष चयन गरेको छ । भेलाले पंगेनीको अध्यक्षतामा ४५ सदस्यीय कार्यसमिति समेत चयन गरेको छ ।

समितिको उपाध्यक्षहरुमा यज्ञबहादुर डाँगी, छायादत्त न्यौपाने, परशुराम कोइराला, रविकिरण निर्जीव, शीला योगी, महासचिवमा अनिल श्रेष्ठ, सचिवमा ईश्वरी गुरागाई, विजयराज आचार्य, कोषाध्यक्षमा पूर्ण बहादुर अधिकारी चयन हुनुभएको छ ।

त्यसैगरी सदस्यहरुमा देवन्द्र लम्साल, धनेश्वर पोखरेल, प्रभात सापकोटा, चित्र बहादुर थारु, लोकराज रेग्मी, नारायण शर्मा (विपिन), प्रकाश खनाल, रेवतीरवण खनाल, उमेश आचार्य, सुकुम शर्मा, सुनिता बुढाथोकी, इन्दिरा अधिकारी, पुण्य आचार्य, मिसम अधिकारी, खगेश्वर सापकोटा, बाबुराम गिरी, अर्जुन ढकाल, सूर्य भट्टराई, पूर्ण सुनार, नारायण न्यौपाने, विमला चन्द, गोपाल वैद्य, सिताराम केसी, शितल कर्ण, लक्ष्मी चौलागाई र ईश्वरी प्रसाद गैरे चयन हुनुभएको छ ।

कार्यक्रममा प्रमुख अतिथि प्रा. डा. जगदीशचन्द्र भण्डारी, विशिष्ट अतिथि क्रान्तिकारी माओवादीका पिबिएम चन्द्रहरि सुवेदी, अतिथिहरुमा अम्बिका मुढवरी, रोशन जनकपुरी हिरामणि दुखी, धनेश्र पोखरेल, रवि पाण्डे, बलराम तिमिल्सिना, घननाथ सापकोटा लगायत हुनुहुन्थ्यो ।

नवनिर्वाचित कार्यसमितिलाई बधाई डा नन्दिश अधिकारी र प्रतिवद्धता मन्तव्य नवनिर्वाचित अध्यक्ष मित्रलाल पंज्ञानीले व्यक्त गर्नुभएको थियो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x