साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हास्यव्यङ्ग्य कृति ‘म फर्केर आएँ’को घुम्टीखोली

कार्यक्रमबाट सहभागी सबैले काव्यशास्त्रबाट आनन्द लिएको, केही सिकेको-बुझेको बोध गरे ।

Nepal Telecom ad

झापा । कन्काई प्रतिभा प्रतिष्ठान, सुरुङ्गाले आयोजनामा गरेको समारोहमा कवि कोमलप्रसाद पोखरेलको हास्यव्यङ्ग्य कविता सङ्ग्रह ‘म फर्केर आएँ …’ को घुम्टीखोली कार्यक्रममा सम्पन्न भयो ।

प्रतिष्ठानका जेष्ठ सदस्य बुद्धदेवप्रसाद घिमिरेको अध्यक्षता र सचिव जीवनाथ सुवेदीको सञ्चालनमा भएको कार्यक्रमको प्रमुख आतिथ्य प्रा.डा.गङ्गाप्रसाद अधिकारीले गर्नुभएको थियो भने स्वागत प्रतिष्ठानकै सहसचिव डा.पुण्यप्रसाद सिग्देलले गर्नुभएको थियो ।

सहप्राध्यापक चूडामणि वाशिष्ठ, सहप्राध्यापक होम सुवेदी, पुण्यप्रसाद खरेल, कन्काई क्याम्पसका क्याम्पस प्रमुख विकास उप्रेतीलाईसमेत मञ्चमा आसिन गराएर सुरु भएको कार्यक्रम प्रमुख अतिथि गङ्गा अधिकारी तथा होम सुवेदीले कृतिको घुम्टीखोली गरेर अघि बढेको थियो । कार्यक्रममा चूडामणि वाशिष्ठले कृतिको राम्रो चिरफार गर्नुभयो ।

कृतिको यो समीक्षात्मक चिरफारपछि कविहरु टीका भट्टराई नेपाल, गीता सुवेदी नेपाल, डिल्लीराम परदेशी, मिना अधिकारी, हरि न्यौपाने, पुष्पप्रकृति चौंलागाईं, कविता पोखरेल सुवेदी, आरती पोखरेल, रविन्द्र सुवेदी, उदय मैनाली, कमला सुवेदी, खगेन्द्र, मातृका सङ्ग्रौला, तुलसीप्रसाद भट्टराई, देवीचरण भण्डारी आदिले घुम्टीखोली भएको कृतिका कविता सस्वर वाचन गर्नुभएको थियो भने देवीप्रसाद सङ्ग्रौला, विकास उप्रेती, प्रेमप्रकाश फलाहारी, नवराज घिमिरे, होम सुवेदी, भवानी क्षेत्री, प्राडा गङ्गा अधिकारीले बधाई तथा शुभकामना मन्तव्य प्रकट गर्नुभएको थियो ।

कार्यक्रममा विष्णुप्रसाद कोइराला, गोपाल सङ्ग्रौला, हरिभक्त सङ्ग्रौला, मित्रप्रसाद दाहाल, विष्णुकुमार भट्टराई, रुक्मिणा भट्टराई, अम्बिका उप्रेती, जनार्दन उप्रेती, माधव पौडेल, रामप्रसाद दाहाल, कन्काई माविका पूर्व प्रअ ईश्वरीप्रसाद शिवाकोटी, श्रीप्रसाद भेटवाल, गणेशप्रसाद पोखरेल, प्रेम प्रभात, तीर्थ पोखरेल, राधा पोखरेल, रेणुका आचार्य, नरेन्द्रप्रसाद खरेल, मदन उप्रेतीलगायत सय जनाभन्दा बढी साहित्यकार-साहित्यानुरागीको उपस्थिति थियो ।

कार्यक्रम एकदम उत्साहजनक, भव्य तथा रोचक भएर सम्पन्न भयो । कार्यक्रमबाट सहभागी सबैले काव्यशास्त्रबाट आनन्द लिएको, केही सिकेको-बुझेको बोध गरे ।

-पुण्यप्रसाद खरेल, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x