साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हेर त बुढाहरूको बुद्धि !

बुढाहरूले तीस तीस वर्षसम्म राणा झैं मोज गरे बादशाह झै भोज गरे यिनको जति त बिचरा राजाले पनि के मस्ती गरे ? यिनैको मस्तीले आज युवाहरू सास्तीमा परे ।

Nepal Telecom ad

युवाहरूलाई जागिर दिएको भए
सब जागिरमै भुल्थे
कोही जागिर खाँदै डुल्थे
जागिर भएको भए
एउटी तरुनीलाई दुलही बनाइ
घर भए घरमै नभए डेरैमा हुल्थे
दुई चार बर्ष त तिनीसँग नै भुल्थे
हेर त बुढाहरूको बुद्धि !

न युवाहरूलाई रोजगार दिलाउन सके
न उनीहरूलाई कुनै व्यवसाय मिलाउन सके
आफुहरू चाहिँ बुढो गोरुले
कोरली च्यापेको जस्तो सत्ता चापेर बसिरहे
न युबाहरूको कुनै निकास गर्नै सके
न भनेको जस्तो विकास गर्नै सके
आफ्नो सत्ता टिकाउने दाउमा फसिरहे ।

अरु बुढाहरूले त सहेर बसे
युवाहरूको त धैर्यता टुट्यो
आज त्यो बाँध बनेर फुट्यो
र बुढा बिरोधको झण्डा उठ्यो ।

यहाँ बेरोजगार नभएपछि
युवाहरू बिदेशतिर भागे
त्यहाँ झन सत्तामा युवाहरू मात्र देखे
त्यही भएर त्यो देशले प्रगति गरेर पाए
कति बस्नु त अर्काको देश ?
बिरक्तिएर नेपाल फर्केर आए
युवा शक्ति यसरी जागे
आज बुढाहरूको छुट्टी मागे ।

हेर त यी सुड्डाहरूको सुद्धि
युवाहरूलाई काम दिएर
गोरुलाई झै जोताको भए
गधालाई झै कुदाको भए
कसले फुर्सद पाउँथ्यो
र यिनको बिरोधमा आउँथ्यो ?
न युवाको कुरा आउँथ्यो
न बुढाको कुरा आउँथ्यो
बुढाले गरेनन् भन्न कसले पाउँथ्यो ?

बुढाहरूले तीस तीस वर्षसम्म
राणा झैं मोज गरे
बादशाह झै भोज गरे
यिनको जति त
बिचरा राजाले पनि के मस्ती गरे ?
यिनैको मस्तीले आज
युवाहरू सास्तीमा परे ।

हेर्नुस् त यिनका बुद्धि !
बुढो गोरुले झै निहुँ खोज्दैछन्
भिरबाट खस्ने बाटो रोज्दैछन्
यति त बुझ बुढा गोरुहरू
युवा शक्ति जागे के हुन्छ
देखाइ दिए त गत चुनावमा
युवा बर्ग लागे के हुन्छ
प्रजातन्त्र होस् कि गणतन्त्र
युवाले गर्दा आएको हो
तिमी बुढाहरूको हालत झन के हुन्छ ?

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
नाग पञ्चमी

नाग पञ्चमी

प्रेम ओली ढकलपुरे
एउटा मच्छेर

एउटा मच्छेर

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x