साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सत्ता !!

वर्तमान विश्वसत्ता पलिन्दा बनेको छ - झुठहरूका पोटिला अनुहार बनका छन् - घुसहरूका - घुस्याहाहरूका चम्किदै गरेको रावण तरवार बनेको छ ।

Nepal Telecom ad

– स्वार्थको
– उन्मादको
– अहङ्कारको
– कालकोठरीको
सच्चा आसन हो सत्ता !
नछोऊँ ?
अनिवार्य आवश्यक
छोऊ ?
करेण्ट टाँस्ने
टाढा सरूँ ?
घरभित्रै छ
चासो नगरौँ ?
चस्स चस्स पोल्दै
झस्काइरहने
औजार निर्माणको
आरन हो सत्ता !
सत् बिगारेर
सच्चाइ भत्काएर
अहङ्कार उचालेर
भित्र खोक्रो
बाहिर
हाउगुजीको बोक्रो
सुन्दा रहरलाग्दो
हेर्दा आकर्षक
लोभ्याएर दीनहीन
आर्तआँत निजिक
सधैँ उभिरहने
कवाफी
काला कपडाको
एक डङ्गुर स्वरूपमा
थोत्रो मन
बाँदर तर्साएर
चिम्पाञ्जी अनुहारले
– आफू मात्र
– आफ्ना मात्र
– आफन्त मात्र
पेट पुट्ट बनाउँने
आङ् झरझुट्ट बनाउँने
खेतबारीका बिचोबिच
सधैँ ठिङ्ग उभिएको
मात्र
बुख्याँचा हो सत्ता !
तन मात्र छ
– मन कहाँ छैन ?
असत् मात्र छ
– सत् कहाँ छैन ?
विनाश मात्र छ
– सिर्जना कहाँ छैन ?
रवाफ मात्र छ
– सच्चाइ कहाँ छैन ?
असन्तुलन मात्र छ
– सन्तुलन कहाँ छैन ?
गठबन्धन असवाफ छ
– जनोत्थान
– र राष्ट्रोत्थान कहाँ छैन ?
विना रङको
विना आकारप्रकारको
बाहिर कन्याएर
आन्द्राभुँडी निकाल्दै
डङ्ग्रङ्ग
ढलेपछि मात्र देखिने
शासकभित्रको
जङ्गली
ब्वाँसो हो सत्ता !
खै कहाँ सक्यो यसले ?
– भरतको खराउ हुन
खै कहाँ सक्यो यसले ?
– प्रमिथसको अगुल्टो हुन
खै कहाँ सक्यो यसले ?
– गर्गन्सहेडमाथिको
– हर्कुलस पाउ हुन
खै कहाँ सक्यो यसले ?
– व्यभिचार विरुद्धको बुद्ध हुन
खै कहाँ सक्यो यसले ?
– विस्तारवाद विरुद्ध गान्धी हुन
खै कहाँ सक्यो यसले ?
– बचेराका भोका पेट विरुध्द
– पोथी माउको चुच्चो हुन
खै कहाँ सक्यो यसले ?
-नाङ्गा आङ् विरुद्ध
– माउ पोथीका पखेटा हुन
यसर्थ-
वर्तमान विश्वसत्ता
पलिन्दा बनेको छ
– झुठहरूका
पोटिला अनुहार बनका छन्
– घुसहरूका
– घुस्याहाहरूका
चम्किदै गरेको
रावण तरवार बनेको छ
– सिम्सपा नजिक
– सीताका सामु
विलासी घरको दरवार बनेको छ
– रवाफी आसनारुढ
– गुण्डागुण्डीहरूको
वर्तमान विश्वसत्ता !!

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कुरूप हुन्न सुन्दर !!

कुरूप हुन्न सुन्दर !!

कलानिधि दाहाल
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
लेखबहादुर

लेखबहादुर

नन्दलाल आचार्य
चम्चाको चमत्कार

चम्चाको चमत्कार

डा. बमबहादुर जिताली
ऐ जिन्दगी ! खबरदार !

ऐ जिन्दगी ! खबरदार...

लक्ष्मण नेवटिया
चैतकाे बाँदर

चैतकाे बाँदर

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x