साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हेल्लो कृष्ण ! नमस्कारम्

एक दिनलाई भए पनि आऊ यी अमरिश पुरीहरूको टाउका टाउकामा चक्र चलाऊ नत्र यहाँ न धर्म रहनेछ, न संस्कृति रहनेछ न तिम्रा भक्त रहनेछन, न यहाँको प्रकृति रहनेछ ।

Nepal Telecom ad

प्रेम ओली ढकलपुरे :

आज भोलि कता हराउनु भो ?
तपाईंको मायाले त तड्पिने गराउनु भो !
तपाईंलाई भेट्न् नपाउँदा
गोपीनी मात्र हैन भक्तहरूको पनि बेहाल छ
सबै नेता चोर, फटाह, भ्रष्ट भए रे
गतिलो नेताको त यहाँ ठूलो अनिकाल छ ।

कहिले सिंह बनेर आयौ
कहिले कछुवा बनेर पनि आयौ
तर धेरै भो तिम्रो अवतार नदेखेको
आज भोलि खै कता हरायौ ?
अर्को लोकका गोपिनीहरूले भुलाए कि ?
ईन्द्रजीका परीहरूले अन्तै डुलाए कि ?
एउटा कुरा साँचो छ
यहाँ कसम, तिम्रो अहिले ठुलो खाँचो ।

यहाँ धृतराष्ट्र, युधिष्टिर जस्तो नेता छैन
सबै सकुनी, कौरव जस्ता मात्र छन्
जो चप्पल लाएर आका थिए रे
अहिले ती अलिशान महलमा छन्
नेताहरू सब राजाकीय मस्तीमा छन्
जनता बिचरा दीनदुखी बस्तीमा छन् ।

हैन कृष्ण तिमी कता हरायौ ?
कि यी नेतासँग तिमी पनि डरायौ ?
आऊ कृष्ण
नायक फिल्मको हिरो जस्तो
एक दिनलाई भए पनि आऊ
यी अमरिश पुरीहरूको
टाउका टाउकामा चक्र चलाऊ
नत्र यहाँ न धर्म रहनेछ, न संस्कृति रहनेछ
न तिम्रा भक्त रहनेछन, न यहाँको प्रकृति रहनेछ ।

०००
घट्टेकुलो, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x