साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ट्वाइलेट मन्त्रालय

दुःशासनहरू लाखौँ ओइरो लाग्दछन् भने अहो ! पुरुष छन् हाम्रा महिला मन्त्री देशका !!

Nepal Telecom ad

वैज्ञानिक कुनै यौटा देशभित्र म देख्दिन
मन्त्रालय छ विज्ञान नामको देशमा तर
बालबच्चाहरू खाते भएर गल्ली गल्लीमा
रल्लटुल्ल परेका छन् थात तिन्को म देख्दिन ।

आङमा कपडा छैन गास बास कहाँ हुनु?
मन्त्रालय बनेको छ नामको ‘बालबालिका’
मुमईमा हजारौँ छन् नेपाली महिलाहरू !
अस्मिता नै गुमाएर रुँदै छन् ती धुरुधुरु ।

दुःशासनहरू लाखौँ ओइरो लाग्दछन् भने
अहो ! पुरुष छन् हाम्रा महिला मन्त्री देशका !!
कर्मवीरहरू हाम्रा अन्यत्र देशमा पुगी
भेडा चराउने गर्छन् प्रचण्ड घाममा पनि ।

कतिको सम्पत्ति खाए दलालहरूले अझ
मन्त्रालय बनेको छ युवाको नतमस्तक !
जहाँका जनता छानो आकाशलाई सम्झँदै
कन्दमूल जुटाएर प्राणवायु बचाउँछन्
बाघको घरमा जस्ले घर सम्झेर ज्युँदछन्
मन्त्रालय छ सिङ्गै त्यो देशमा गृह नामको !

डाडु जस्ता बनाएर हातका अञ्जुलीहरू
जहाँ सडकमा थाप्छन् सुका मोहरखातिर ।

यता महलमा बोर्ड ठुला अक्षरमा भरी
मन्त्रालय बसेको छ ‘अर्थ’ रे न्वारनै गरी
नुन खान नपाएका जनतालाई कानुन-
मन्त्रालय भए होओस् नभए नहोओस् न त !!
दुवै हात गुमाएका अपाङ्ग हाँक्दछन् यहाँ
लाइसेन्स किनेका ती चालकै सरि मोटर ।

मन वचन कर्मैले प्रयत्न गरियो भने
उन्नती गर्नका लागि के मन्त्रालय चाहियो ?
हो, आवश्यकता हेरी मन्त्रालय बनाइए
बस्नका लागि आवास खेल्न खेलकुदै भयो ।

पढ्नका निम्ति शिक्षा भो स्वास्थ्यका निम्ति स्वास्थ्य भो ।
कृषि भो खेतीका लागि यस्तै अरु अरु पनि !
तर दैनिक त्यो पर्छ अत्यावश्यक त्यागन
दिसा पिसाबका निम्ति खै मन्त्रालय देख्दिन ?

त्यसैले भन्दछु यौटा मन्त्रालय थपौँ अझ
त्यसको नाम ‘ट्वाइलेट’ राखेमा उपयुक्त छ
बरु मन्त्री हुने कोही मान्छे तयार छैन कि ?
त्यस्तो फोहोर मन्त्री को बनोस् भन्ने भयो भने
मलाई सुम्पिए हुन्छ सांसदै नभए पनि
म ट्वाईलेट मन्त्रीको पद थाम्न तयार छु ।

बम्घा, गुल्मी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
चैते नेता

चैते नेता

काशीनाथ मिश्रित
पर जा तन्त्र

पर जा तन्त्र

काशीनाथ मिश्रित
जनता जनार्दन

जनता जनार्दन

काशीनाथ मिश्रित
कागलाई बेल पाक्यो हर्ष न विस्मात !

कागलाई बेल पाक्यो हर्ष...

काशीनाथ मिश्रित
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
नयाँ जोगी र नयाँ पाठ

नयाँ जोगी र नयाँ...

तेजविलास अधिकारी
सुशासन र जुत्ता

सुशासन र जुत्ता

हरि कोर्काली
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
बोको

बोको

डा. विप्लव ढकाल
0
Would love your thoughts, please comment.x
()
x