सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

गिलासमा देश

ढिस्कानो नभए त यो समयमा आकाश खस्थ्यो अरे होहल्ला लयभित्र चिन्न सकिए छन् नीतिका बाकस खोज्छौ देश भने चिया पसल वा भट्टीहरूमा पस ।

Nepal Telecom ad

ऐना हेर भयो अबेर सजिलो बाटो भुलेको किन ?
ए आँखा भन देश खोज्दछु भनी टाढा डुलेको किन ?
चिन्दैनौ यदि सूक्ष्म तस्बिर भने चस्मा लगाई बस
खोज्छौ देश भने चिया पसल वा भट्टीहरूमा पस ।
।१।

यो गर्दा सरकारको जय हुने यो यो गर्‍यो यो गर्‍यो
यो यो गर्नुहुँदैनथ्यो किन गर्‍यो यो के गर्‍यो के गर्‍यो
छन् विश्लेषणका अनेक टुकडी सुन्छौ पलेटी कस
खोज्छौ देश भने चिया पसल वा भट्टीहरूमा पस ।
।२।

यो यो यो पदभित्र यो किसिमले पुग्ला फलानो भरे
ढिस्कानो नभए त यो समयमा आकाश खस्थ्यो अरे
होहल्ला लयभित्र चिन्न सकिए छन् नीतिका बाकस
खोज्छौ देश भने चिया पसल वा भट्टीहरूमा पस ।
।३।

फक्रेको छ समानता दिनदिनै के लिङ्ग ?के कर्म के ?
कुर्सी बेन्च समानुपातिक सबै के जात के धर्म के
जो जोगी मन पर्दछन् गफ गरी उस्तै खरानी घस
खोज्छौ देश भने चिया पसल वा भट्टीहरूमा पस ।
।४।

कैले देश चुरोटका अधमरा खिल्लीहरूमा पस्यो
कैले देश कबाब मत्स्य मदिरा चिल्लीहरूमा बस्यो
प्यारो देश गिलासभित्र भरिए मिल्छन् मिठा नौ रस
खोज्छौ देश भने चिया पसल वा भट्टीहरूमा पस
।५।

पञ्चेश्वर-६, बिजुल, बैतडी

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
अर्बहारा

अर्बहारा

हिरा भट्ट
प्रेमपत्र

प्रेमपत्र

हिरा भट्ट
गणतन्त्रचरी

गणतन्त्रचरी

हिरा भट्ट
धरोधर्म गर्छु (२३)

धरोधर्म गर्छु (२३)

डिल्लीप्रसाद मूलतिहुन
पानीमाथिका सपनाहरू

पानीमाथिका सपनाहरू

केशव ज्ञवाली ‘आगत’
बेताल छ

बेताल छ

प्रकाश अर्याल ख
कौडी जिन्दगी

कौडी जिन्दगी

पुन्य कार्की
चञ्चल मन

चञ्चल मन

विष्णुहरि पाैडेल
गुमनाम

गुमनाम

सुशील रिजाल