साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गिलासमा देश

ढिस्कानो नभए त यो समयमा आकाश खस्थ्यो अरे होहल्ला लयभित्र चिन्न सकिए छन् नीतिका बाकस खोज्छौ देश भने चिया पसल वा भट्टीहरूमा पस ।

Nepal Telecom ad

ऐना हेर भयो अबेर सजिलो बाटो भुलेको किन ?
ए आँखा भन देश खोज्दछु भनी टाढा डुलेको किन ?
चिन्दैनौ यदि सूक्ष्म तस्बिर भने चस्मा लगाई बस
खोज्छौ देश भने चिया पसल वा भट्टीहरूमा पस ।
।१।

यो गर्दा सरकारको जय हुने यो यो गर्‍यो यो गर्‍यो
यो यो गर्नुहुँदैनथ्यो किन गर्‍यो यो के गर्‍यो के गर्‍यो
छन् विश्लेषणका अनेक टुकडी सुन्छौ पलेटी कस
खोज्छौ देश भने चिया पसल वा भट्टीहरूमा पस ।
।२।

यो यो यो पदभित्र यो किसिमले पुग्ला फलानो भरे
ढिस्कानो नभए त यो समयमा आकाश खस्थ्यो अरे
होहल्ला लयभित्र चिन्न सकिए छन् नीतिका बाकस
खोज्छौ देश भने चिया पसल वा भट्टीहरूमा पस ।
।३।

फक्रेको छ समानता दिनदिनै के लिङ्ग ?के कर्म के ?
कुर्सी बेन्च समानुपातिक सबै के जात के धर्म के
जो जोगी मन पर्दछन् गफ गरी उस्तै खरानी घस
खोज्छौ देश भने चिया पसल वा भट्टीहरूमा पस ।
।४।

कैले देश चुरोटका अधमरा खिल्लीहरूमा पस्यो
कैले देश कबाब मत्स्य मदिरा चिल्लीहरूमा बस्यो
प्यारो देश गिलासभित्र भरिए मिल्छन् मिठा नौ रस
खोज्छौ देश भने चिया पसल वा भट्टीहरूमा पस
।५।

पञ्चेश्वर-६, बिजुल, बैतडी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x