साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आबुई, ठूला मान्छे !

सत्ता, शक्ति र सम्पत्ति सबै आफ्नै पेवा हो भन्ने भान छ छातीमा हात राखेर गर्वका साथ कानून त हाम्रै हातमा छ भन्नुहुन्छ अँ साच्ची हात उठाउनुहोस् न है को-को ठूला मान्छेमा पर्नुहुन्छ ?

Nepal Telecom ad

माना खाएर मुरी बोक्ने जस्तो
निकै खाइलाग्दो जीऊ छ ,
नौ महिने भन्दा आधा ठूलो
अठार महिने सानदार भूँडीभित्र
भन्नोस् न के को बिऊ छ ?

सोचेर होइन बोलेर सोच्नुहुन्छ
पिउने कुरामा पानी मात्र होइन हजुर
रातो, कालो, हरियो, निलो र ठर्रा समेत
भेटेजतिको सबै धोक्नुहुन्छ,
अचम्ममकै छ उहाँहरूको पाचन प्रणाली
खाद्य वस्तु मात्र होइन,
निकै बलिया अखाद्य बस्तु
ढुङ्गा गिटी र अन्य सबै
एकाएक सजिलै पचाउनुहुन्छ
अब भन्नोस् न हजुर
ठूला मान्छेले इज्जत कसरी बचाउनुहुन्छ ?

कहिल्यै नगर्ने कुरा भन्नुहुन्छ
भन्नै नमिल्ने कुरा गर्नुहुन्छ,
आधुनिक सभ्य मानव बनिरहँदा
समाजमा उहाँहरूकै सान छ
सत्ता, शक्ति र सम्पत्ति सबै
आफ्नै पेवा हो भन्ने भान छ
छातीमा हात राखेर गर्वका साथ
कानून त हाम्रै हातमा छ भन्नुहुन्छ
अँ साच्ची हात उठाउनुहोस् न है
को-को ठूला मान्छेमा पर्नुहुन्छ ?

स्याङ्जा, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नागरिक एक्सप्रेस !

नागरिक एक्सप्रेस !

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
आहा हेरेको हेर्‍यै !

आहा हेरेको हेर्‍यै !

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- ८

बोक्सीका ताजा बात- ८

गायत्री परिरोशनी
जन्मदिनको शुभकामना छोरी !

जन्मदिनको शुभकामना छोरी !

गायत्री परिरोशनी
ईश्वरहरुको युद्ध

ईश्वरहरुको युद्ध

भूपिन खड्का
भताभुङ्ग भएछ देश

भताभुङ्ग भएछ देश

दिनेश पाण्डेय
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
नयाँ जोगी र नयाँ पाठ

नयाँ जोगी र नयाँ...

तेजविलास अधिकारी
सुशासन र जुत्ता

सुशासन र जुत्ता

हरि कोर्काली
0
Would love your thoughts, please comment.x
()
x