सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

खाए खुराफातले

खावाखीर खुसामदी खरखरी खाने खुवा खाटमा खादा ख्वामितमा खिताब खरुमा खम्बा खुबी खाँदमा खन्ती खञ्जरले खने खनखनी खल्ती खुटे खातले, खातैखात खुलुल्ल ख्वाप्प खरबौँ खाए खुराफातले ।

Nepal Telecom ad

(१)
खोसे खास खुसी खुँखार खलले खुर्राँटले खारले
खग्गू खण्डित खालले खललले खग्रासले खागले
खेलैखेल खिऱ्याउने खिरखिरे खासी खुनी खोलका
खड्गा खल्लड खाइबा खुसखुसे खोट्याइँका खोटका ।।

(२)
खुर्लिङ्गा खँडिया खलास खलिफा खस्रा खरानी खर
खैराँते खिचडी खली खलबली खोज्ने खुदै खातिर
खेलाडी खलपात्र खर्क खहरे खोस्रेर खोऱ्याउने
खेपेका खतबात खोर खतुकी खेदेर खेदाउने ।।

(३)
खाली खप्पु खराब खण्डहरका खप्लक्कका खायस
खोचे खानतलाशमा खटपटी खल्ट्यानका खायल
खुम्चेका खुकुला खनित्र खतरा खोक्र्याउने खन्तरा
खिर्रा खारिज खानपान खिरिला खाने खिया खन्चुरा ।।

(४)
खोले खोतर खैँजडी खिचखिची खिच्चु खिचातानका
खोसाखोस खुरुक्कका खरिदका खुस्काउने खामका
खोक्रा खल्लर खण्डनीय खिचला खाँदेर खप्ट्याउने
खेलाँची खुसहाल खैरियतका खुस्रुक्क खुम्च्याउने ।।

(५)
खावाखीर खुसामदी खरखरी खाने खुवा खाटमा
खादा ख्वामितमा खिताब खरुमा खम्बा खुबी खाँदमा
खन्ती खञ्जरले खने खनखनी खल्ती खुटे खातले
खातैखात खुलुल्ल ख्वाप्प खरबौँ खाए खुराफातले ।।

चन्द्रागिरि नगरपालिका वा. नं -१३
पुरानो नैकाप, काठमाडौँ
हालः न्युयोर्क, अमेरिका

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
म मसिने चाेर

म मसिने चाेर

गाेपेन्द्रप्रसाद रिजाल
छिर्ने अरूका घर

छिर्ने अरूका घर

मुक्तिनाथ शर्मा
सिटामोल र बुद्ध

सिटामोल र बुद्ध

प्रमोद स्नेही