सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

यहाँ रमिता सधैँ उस्तै छ

स्वाँठहरू तिनै हुन् धूर्तहरू तिनै हुन् कुटिल तिनै हुन् लोभी-पापी, भ्रष्ट भष्मासुर तिनै हुन् फेरिँदैन पात्र चरित्र तिनै हुन् हामी केवल तमासे हौँ यहाँ रमिता सधैँ उस्तै छ !

Nepal Telecom ad

यहाँ प्रवृत्ति उस्तै छ
संस्कार उस्तै छ
लोभ-लालच
स्वार्थ लिप्सा
झनै बड्दै छ !

न दर्शन छ
न विचार छ
न कुनै आदर्श छ
न कुनै सिद्धान्त छ
न कसैसँग इमान छ
न यहाँ कसैलाई डर छ
न यहाँ कसैको भर छ !

न नीति छ राजनीतिको
न नैतिकता छ नेताको
न सुशासन छ प्रशासनको
न पारदर्शी छ सरकारको
न कसैको दूर दृष्टि छ
न कोही दूरदर्शी छ

लुटतन्त्र चलेकै छ
गुटतन्त्र बनेकै छ
भ्रष्टतन्त्र फैलिएकै छ
जाल, झेल, षड्यन्त्र
दाउपेच, जोड-घटाउ
अस्थिरता सधैँ उस्तै छ !

स्वाँठहरू तिनै हुन्
धूर्तहरू तिनै हुन्
कुटिल तिनै हुन्
लोभी-पापी, भ्रष्ट
भष्मासुर तिनै हुन्
फेरिँदैन पात्र
चरित्र तिनै हुन्
हामी केवल तमासे हौँ
यहाँ रमिता सधैँ उस्तै छ !!

०००
हेटौंडा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
स्वतन्त्रता

स्वतन्त्रता

किशन पाैडेल
छ हाइकु

छ हाइकु

किशन पाैडेल
सम्मानित आदेश

सम्मानित आदेश

किशन पाैडेल
आशक्ति

आशक्ति

किशन पाैडेल
सधैँ उस्तै छ

सधैँ उस्तै छ

किशन पाैडेल
योगदान

योगदान

किशन पाैडेल
जो भेटे पनि यी झम्टिन्छन्

जो भेटे पनि यी...

रमेश खकुरेल
नाइटो महात्म्य

नाइटो महात्म्य

तिलकराज शर्मा पाैडेल
धन महिमा

धन महिमा

सुशील रिजाल
तपाईं पत्रकार ?

तपाईं पत्रकार ?

सुभाषचन्द्र देवकाेटा
कविता लेखेर के हुन्छ ?

कविता लेखेर के हुन्छ...

भानुभक्त कुभिण्डेली