साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यहाँ रमिता सधैँ उस्तै छ

स्वाँठहरू तिनै हुन् धूर्तहरू तिनै हुन् कुटिल तिनै हुन् लोभी-पापी, भ्रष्ट भष्मासुर तिनै हुन् फेरिँदैन पात्र चरित्र तिनै हुन् हामी केवल तमासे हौँ यहाँ रमिता सधैँ उस्तै छ !

Nepal Telecom ad

यहाँ प्रवृत्ति उस्तै छ
संस्कार उस्तै छ
लोभ-लालच
स्वार्थ लिप्सा
झनै बड्दै छ !

न दर्शन छ
न विचार छ
न कुनै आदर्श छ
न कुनै सिद्धान्त छ
न कसैसँग इमान छ
न यहाँ कसैलाई डर छ
न यहाँ कसैको भर छ !

न नीति छ राजनीतिको
न नैतिकता छ नेताको
न सुशासन छ प्रशासनको
न पारदर्शी छ सरकारको
न कसैको दूर दृष्टि छ
न कोही दूरदर्शी छ

लुटतन्त्र चलेकै छ
गुटतन्त्र बनेकै छ
भ्रष्टतन्त्र फैलिएकै छ
जाल, झेल, षड्यन्त्र
दाउपेच, जोड-घटाउ
अस्थिरता सधैँ उस्तै छ !

स्वाँठहरू तिनै हुन्
धूर्तहरू तिनै हुन्
कुटिल तिनै हुन्
लोभी-पापी, भ्रष्ट
भष्मासुर तिनै हुन्
फेरिँदैन पात्र
चरित्र तिनै हुन्
हामी केवल तमासे हौँ
यहाँ रमिता सधैँ उस्तै छ !!

०००
हेटौंडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नियति

नियति

किशन पाैडेल
नियति

नियति

किशन पाैडेल
झोला

झोला

किशन पाैडेल
कमरेडहरू

कमरेडहरू

किशन पाैडेल
ख्याल गर्नुस्

ख्याल गर्नुस्

किशन पाैडेल
स्वतन्त्रता

स्वतन्त्रता

किशन पाैडेल
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
आउँछ साँढे सन्किँदै

आउँछ साँढे सन्किँदै

रणबहादुर बुढाथोकी ‘भैया’
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x