साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अर्बहारा

तिम्रै सामु परी सुशासन चरी मर्दैछ दैनन्दिन, हेर्दैनौ यदि भ्रष्टको मुख भने ऐना किनेको किन ? चस्माले जुन हो सिधा रुख भन्यो बाङ्गो रह्यो वास्तव, बन्छौ खै कति निम्छरा महलका ए अर्बहारा अब ।

Nepal Telecom ad

रोल्पाले अब बाल्छ दैनिक चुलो भन्नेहरू छौ कता ?
डोल्पाका मतपेटिका जतनले गन्नेहरू छौ कता ?
पुछ्दैछन् झरनाहरू नयनका बारा र खारा जब
अन्धा भै कति बस्दछौ महलका ए अर्बहारा अब
।१।

फेर्ने हो अब काँचुली मुलुकको भन्नेहरू छौ कता ?
बाँके बाग्लुङ बैतडीतिर कुलो खन्नेहरू छौ कता ?
घन्किन्नन् नि कता लुके सडकका बर्गीय नारा सब
लाटा भै कति बस्दछौ महलका ए अर्बहारा अब
।२।

भन्थ्यौ आँगनमा विकास जलका खोलीहरू आउला
प्यासी छन् अझसम्म गाउँघरका घैला घडा ताउला
दिन्नन् खै जल संविधान शिरका धाराहरूले जब
केले लाज लुकाउँछौ महलका ए अर्बहारा अब
।३।

माओ लेनिन बुर्जुवा बनिसके घट्दो छ आकर्षण
तोलामा व्यवहार जोखिन गयो धार्नी हुँदा भाषण
भ्रष्टाचार अचारले डुबिसके चम्चा कचौरा सब
लाछी भै कति बस्दछौ महलका ए अर्बहारा अब
।४।

तिम्रै सामु परी सुशासन चरी मर्दैछ दैनन्दिन
हेर्दैनौ यदि भ्रष्टको मुख भने ऐना किनेको किन
चस्माले जुन हो सिधा रुख भन्यो बाङ्गो रह्यो वास्तव
बन्छौ खै कति निम्छरा महलका ए अर्बहारा अब
।५।
०००
पञ्चेश्वर- ६, बिजुल, बैतडी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x