सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

अर्बहारा

तिम्रै सामु परी सुशासन चरी मर्दैछ दैनन्दिन, हेर्दैनौ यदि भ्रष्टको मुख भने ऐना किनेको किन ? चस्माले जुन हो सिधा रुख भन्यो बाङ्गो रह्यो वास्तव, बन्छौ खै कति निम्छरा महलका ए अर्बहारा अब ।

Nepal Telecom ad

रोल्पाले अब बाल्छ दैनिक चुलो भन्नेहरू छौ कता ?
डोल्पाका मतपेटिका जतनले गन्नेहरू छौ कता ?
पुछ्दैछन् झरनाहरू नयनका बारा र खारा जब
अन्धा भै कति बस्दछौ महलका ए अर्बहारा अब
।१।

फेर्ने हो अब काँचुली मुलुकको भन्नेहरू छौ कता ?
बाँके बाग्लुङ बैतडीतिर कुलो खन्नेहरू छौ कता ?
घन्किन्नन् नि कता लुके सडकका बर्गीय नारा सब
लाटा भै कति बस्दछौ महलका ए अर्बहारा अब
।२।

भन्थ्यौ आँगनमा विकास जलका खोलीहरू आउला
प्यासी छन् अझसम्म गाउँघरका घैला घडा ताउला
दिन्नन् खै जल संविधान शिरका धाराहरूले जब
केले लाज लुकाउँछौ महलका ए अर्बहारा अब
।३।

माओ लेनिन बुर्जुवा बनिसके घट्दो छ आकर्षण
तोलामा व्यवहार जोखिन गयो धार्नी हुँदा भाषण
भ्रष्टाचार अचारले डुबिसके चम्चा कचौरा सब
लाछी भै कति बस्दछौ महलका ए अर्बहारा अब
।४।

तिम्रै सामु परी सुशासन चरी मर्दैछ दैनन्दिन
हेर्दैनौ यदि भ्रष्टको मुख भने ऐना किनेको किन
चस्माले जुन हो सिधा रुख भन्यो बाङ्गो रह्यो वास्तव
बन्छौ खै कति निम्छरा महलका ए अर्बहारा अब
।५।
०००
पञ्चेश्वर- ६, बिजुल, बैतडी

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
प्रेमपत्र

प्रेमपत्र

हिरा भट्ट
गिलासमा देश

गिलासमा देश

हिरा भट्ट
गणतन्त्रचरी

गणतन्त्रचरी

हिरा भट्ट
धरोधर्म गर्छु (२३)

धरोधर्म गर्छु (२३)

डिल्लीप्रसाद मूलतिहुन
पानीमाथिका सपनाहरू

पानीमाथिका सपनाहरू

केशव ज्ञवाली ‘आगत’
बेताल छ

बेताल छ

प्रकाश अर्याल ख
कौडी जिन्दगी

कौडी जिन्दगी

पुन्य कार्की
चञ्चल मन

चञ्चल मन

विष्णुहरि पाैडेल
गुमनाम

गुमनाम

सुशील रिजाल