बिनुबाबा घिमिरेसुकुमबासी म
गिज्याएर मात्र पाइन्न बाबु हो ईख्याएर मात्र हुँदैन साथी हो मौकामा भाग्यले जुराउनु पर्छ कतै कविता पनि फुराउनु पर्छ नपाउनेलाई मैले के गरौँ साथी हो ? पाउन पनि सिक्नुपर्छ नपाउनेलाई कानमा के भरौँ त साथी हो ?

बिनुबाबा घिमिरे :
अब बाँकी नै के रह्यो त ?
सुकुमबासी म भएर के भयो त ?
बच्चा सधैं बच्चा हुन्नन्
माल सधैं कच्चा हुन्नन्
बुझ्नेले बुझिहाले, नबुझे बाँकी के रह्यो त ?
अब सुकुम्बासी म भएर के भयो त ?
बाउले हाकिम रिझाएकै हो
दाऊले जग्गा पड्काएकै हो
गाउनेले गाइहाले नगाए राम्रो भएछ
अब सुकुम्बासी म भएर के भयो त ?
गिज्याएर मात्र पाइन्न बाबु हो
ईख्याएर मात्र हुँदैन साथी हो
मौकामा भाग्यले जुराउनु पर्छ
कतै कविता पनि फुराउनु पर्छ
नपाउनेलाई मैले के गरौँ साथी हो ?
पाउन पनि सिक्नुपर्छ
नपाउनेलाई कानमा के भरौँ त साथी हो ?
पाउन त टेक्निक झिक्नुपर्छ ।
त्यसैले, सुँघ्नेले सुँघिहाले,
नपाउनेलाई के सुघाउँ साथी हो
अब भन्न बाँकी नै के रह्यो त ?
सुकुमबासी म भएर के भयो त ?
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest








































