साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठोक्तक

धीरता देखिँदैन कठै ! साधना छैन उहाँमा समावेशी खन्याउने सपना छैन उहाँमा ओहदामा पुग्नु भएको त भोट किनेर हो खासमा देश प्रतिको भावना छैन उहाँमा ।

Nepal Telecom ad

रेहित सैजु :

१.
तिनकै आधार, विचार,सिद्धान्त मान्यौँ बारम्बार
फल नै नभएको बोटमा झटारो हान्यौँ बारम्बार
धोकामाथि अझैं धोका कतिञ्जेल पो सहनु हौ
नेतृत्व नै विश्वासघाती, गलत छान्यौँ बारम्बार ।

२.
कर्कलोको पातमा पानी कति पो अडिन्छ र महोदय
डुङ्गालाई प्वाल पारेर के नदीमा तैरिन्छ र ? महोदय
हास्यव्यङ्ग्य कति प्रस्तुत गर्नु हुन्छ ? भो पुगिसक्यो
अर्काको काँधमा चढेर पनि दौड जितिन्छ र महोदय ।

३.
अनावश्यक विषयको मनन, चिन्तन गरिँदैन
बुझेर पनि बुझपचाउनेलाई निर्देशन गरिँदैन
अफवाह फैलाएर विश्वास दिन नखोज्नुस्
बोली, विचार तुहिएकोलाई समर्थन गरिँदैन ।

४.
धीरता देखिँदैन कठै ! साधना छैन उहाँमा
समावेशी खन्याउने सपना छैन उहाँमा
ओहदामा पुग्नु भएको त भोट किनेर हो
खासमा देश प्रतिको भावना छैन उहाँमा ।

०००
रामेछाप, हाल- भक्तपुर
सम्पादक – कल्पतरु द्वैमासिक

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

रेहित सैजु
तीन ठोक्तक

तीन ठोक्तक

रेहित सैजु
मान्छे महान्

मान्छे महान्

रेहित सैजु
क्रान्ति

क्रान्ति

रेहित सैजु
चटकवाद

चटकवाद

रेहित सैजु
तीन ठोक्तक

तीन ठोक्तक

रेहित सैजु
घोल

घोल

शिवप्रसाद जैशी
चार ठाेक्तक

चार ठाेक्तक

ज्ञानुवाकर पौडेल
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

प्रमुना पाैडेल ‘अदृश्य मन’
0
Would love your thoughts, please comment.x
()
x