साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बृद्धावस्थाको दुखेसो

खै घुम्न निस्कूँ कुन ठाम जाने बाटो बिराए पछि गाल खाने यो बृद्ध बेला किन घुम्छ होला भो भो सधैं बालक राख भोला ।

Nepal Telecom ad

घनश्याम रेग्मी :

आश्चर्य यो जीवन लाग्न थाल्यो
तातो सबै रक्त कता हरायो
दौडेर नाघ्यौं उहिले पहाड
सर्दैन गोडा अब सात हात ।१

थन्केर बस्ने समयादि छायो
खाएर पच्दैन डकार आयो
ती बाल लीला अब सम्झनामा
कल्पेर बस्ने बनियो कुनामा ।२

सन्तान हुन्छन् मुटुमा बसेका
पाली र पोसी सब ती बढेका
साना हुँदा प्यार गरेर पाल्यो
सन्तानले नै पर देख्न थाल्यो ।३

को खाइ को खाइ भनी खुवायो
आजै उसैले किन हो रुँवायो
बोकी डुलायो भर काँध छाती
बिर्सेछ खै वात भुलेर होकी ।४

सप्ना तिमीले परदेश देख्ने
खाना पकाएर यहाँ न बस्ने
खान्छन् मिठा भोजन रेष्टुरामा
फर्क्यो अबेला घर फर्कदामा ।५

फोहोर गर्थे जब थे ससाना
फेर्थे पिसाबै कतिपल्ट आङ्मा
जम्मै यिनैका कपडा धुँदामा
चिन्ता भएनन् पिर फोहराका ।६

सम्पूणर् हामी सहजै सहँन्थ्यौ
यस्तो र उस्तो कहिल्यै भनेनौं
भोकै बसी वक्ष निकै चुसायौं
भातै चिसो यो अब खान पायौं ।७

खाना पकाएर खुवाइ पैले
घुम्दै खुवायौं सब याद ऐले
मीठो कुनै वस्तु मिले बचाई
सन्तानका लागि भनी लुकाई ।८

कैयौं कथा औ कविता र गीत
लोरी र भाकासँगमा अनेक
बोकेर नै काम निकै गरेका
बिर्से यिनैले अहिले हरेक ।९

खाना र पानी सब लाग्छ गल्लो
के दूध खान्छौ अझ हेर खल्लो
सम्पूणर् ताजा फल साग पात
खाएर हुर्क्यौं सपना छ आज ।१०

नाता र गोता सब ती कता खै
तीर्थादि सारा गरियो वृथा नै
पाईन्न सुन्नै पनि शास्त्र काहीँ
टाढा पुगे दुःख छ फिर्न याहीँ ।११

बस्छन् उतै बोर्डिङ बाबु नानी
भेटौं भने हुन्छ कि मान हानी
बस्ने टि भी हेर्न भए कि खाली
मोबाइलै रैछ ल हेर जाली ।१२

के च्याट वा फ्याट चिनौं कसोरी
सारा बिताए नख नेत्र जोरी
सेल्फी लिदै फुर्सद छैन कत्ति
के मर्म बुझ्थे अबका गृहस्थी ।१३

पानी तताऊन भने बुहारी
सर्वस्व भो ग्यास अरे जुहारी
लैजान भन्दा पनि अस्पताल
आएन खै भोलि लिएर चाल ।१४

यी पाउ दुख्छन् पहिले हिँडेका
बोकेर भारी पथमा कुदेका
जोडा भए जीवन धन्य हुन्थ्यो
संझेर एक्लै किन आत्म रुँन्थ्यो ।१५

छोरा बुहारी सब खै कता हो
के काम गर्छन् किन भन्न गाह्रो
फिर्छन् अबेला जब पर्छ राति
फिर्छन् अहो ती कहिले त माती ।१६

तन्ना लुगा यी धुन छैन पानी
त्यो जारको मात्र रहेछ खानी
साह्रै चिसो त्यो ड्रममा छ पानी
तातो गरौँ लाइन धेर जानी ।१७

खै घुम्न निस्कूँ कुन ठाम जाने
बाटो बिराए पछि गाल खाने
यो बृद्ध बेला किन घुम्छ होला
भो भो सधैं बालक राख भोला ।१८

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
खुसीनगर !

खुसीनगर !

घनश्याम रेग्मी
सल्लाह – काटेर राम्रो हुनू

सल्लाह – काटेर राम्रो...

घनश्याम रेग्मी
नाक र नेतृत्व

नाक र नेतृत्व

घनश्याम रेग्मी
पाइँनेछ मिठो फल

पाइँनेछ मिठो फल

घनश्याम रेग्मी
वृद्धवृद्धा सँगै छन्

वृद्धवृद्धा सँगै छन्

घनश्याम रेग्मी
0
Would love your thoughts, please comment.x
()
x