साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फालौँ लुतो

लुतोले छोपियो देश, फाल्ने हो यो कसो गरी बस्दैनौँ अब लौ हामी, फाली छाड्छौँ जसो गरी । नजाने हो भने फाल्दा गन्दे झार लगाउँछौं जसरी हुन्छ यो वैरी लुतोलाई भगाउँछौँ ।

Nepal Telecom ad

परशुराम पराशर :

कार्यकर्ता र नेता नै लुतो हुन् यस देशका
न्यायाधीश लुतो बन्ने होड पो चल्छ देशमा
नागरिक सबै हामी कन्याउने कता कति
निकोपारी लुतोलाई जोगाऔँ देशको खती ।

महालुतो यहीँ नै छ आजै लौ फाल्नुपर्दछ
चिलाउने लुतोलाई किन पो पाल्नुपर्दछ ?
कुर्सी नै चाहिने रैछ, लुतै लुतो बने सब
रोग व्याधि यिनी नै हुन्, फालौँ, देश बनोस् अब ।

हिँड्दैनन् उड्दछन्, गुड्छन् कतै जानुपरे पनि
मार्सी नै खोज्दछन्, रोज्छन् काहीँ खानुपरे पनि ।
स्वार्थको मोहमा पर्दै लुतो बने सबैतिर
दुःखमात्र दिने रैछन् कन्याऊँ कति आखिर ।

लुतोले छोपियो देश, फाल्ने हो यो कसो गरी
बस्दैनौँ अब लौ हामी, फाली छाड्छौँ जसो गरी ।
नजाने हो भने फाल्दा गन्दे झार लगाउँछौं
जसरी हुन्छ यो वैरी लुतोलाई भगाउँछौँ ।

०००
जुरोपानी, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
निर्णय

निर्णय

परशुराम पराजुली
आन्दोलन

आन्दोलन

परशुराम पराजुली
मोर्निङ वाक

मोर्निङ वाक

परशुराम पराजुली
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
म लाछी

म लाछी

हेमराज पन्त
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
0
Would love your thoughts, please comment.x
()
x