साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साहित्यकार एवम् प्राध्यापक पेशल आचार्यको निधन

फित्कौली डटकम हजारौँ छात्राछात्राका प्रिय शिक्षक, युवा र नवागत स्रष्टाहरूका प्रेरक, ‘व्याकबेञ्चर’ जस्तो प्रभावपूर्ण निबन्ध कृतिका लेखक पेशल आचार्यको यो असामयिक निधनप्रति दुखी भएको छ । कीर्तिशेष उहाँप्रति हार्दिक शब्दश्रद्धा व्यक्त गर्दै शोकाकुल परिवारजनमा संवेदना प्रकट गर्दछ ।

Nepal Telecom ad

काठमाडौं ०८० साउन १ । साहित्यकार तथा प्राध्यापक पेशल आचार्य बे्रन ट्युमर एवम् क्यान्सर रोगका कारण आज दिउसो निधन भएको छ ।

आचार्यको टाउकोमा ट्युमर भएको भनेर अन्नपूर्ण न्यूरो हस्पिटलले शल्यक्रिया गरेको थियो । त्यो समयदेखि हालसम्म उहाँ बेहोस स्थितिमै हुनुहुन्थ्यो । परिवारबाट जानकारी प्राप्त भएअनुसार उहाँको सो न्युरो हस्पिटलमा चार पटक शल्यक्रिया भइसकेको थियो । सोही हस्पिटलको सल्लाहमा आचार्यलाई ललितपुरको नेपाल मेडिसिटी हस्पिटलमा सारिएको थियो । अस्पतालमै उहाँको निधन भएको उहाँको पारिवारिक श्रोतले जानकारी दिएको छ ।

२०३६ सालको ‘सडक कविताक्रान्ति’मा कवि भवानी घिमिरेको कविता भन्ने अद्भूत शैली र विद्रोह चेतका कविताको नटुङ्गिने रागबाट सर्लक्कै प्रभावित बनेर नेपाली साहित्यमा उदाएका पेशल आचार्य रूचिले कवि, निबन्धकार र कथाकार तथा पेसाले शिक्षक र प्राध्यापक हुनुहुन्थ्यो ।

त्रिविबाट नेपालीमा एम्.ए. र बीएड्को उपाधि प्राप्त आचार्यको लेखन २०३६ सालबाट आरम्भ भए पनि प्रकाशनचाहिँ २०४० सालबाट भएको हो । स्थानीय, क्षेत्रीय र राष्ट्रिय पत्रिकाहरूमा विस्तारै कलम चलाउँदै खारिएर आएका स्रष्टा हुन्थ्यो उहाँ । जमानामा लेटरप्रेसका ग्लाली प्रुफमा काम गर्नुभएका पेशललाई युवाहरूसँग घुलमिल हुन सक्ने खुबी भएका सिर्जनशील लेखक पनि भनिन्छ ।

२०६० सालमा ‘कमिलाको ताँती’ नामक बालकविता सङ्ग्रह प्रकाशित गरी कृति प्रकाशनको दौडमा सामेल आचार्यका बालकथा, कविता, निबन्ध, अन्तर्वार्ता, समालोचना र आत्मपरक निबन्धका गरी १० वटा कृति प्रकाशित भैसकेका छन् । उहाँका ‘डुसी बाछी र भाइटीका’ तथा ‘किस्ताको कम्प्युटर’ नामका दुई कथाहरू कक्षा ५ र ६ मा विगत् एक दशक अघिदेखि पाठयक्रममा पढाइ हुँदै आएका छन् ।

नेपाली भाषाशिक्षक समाज र अनौपचारिक साहित्यिक मञ्च रामेछापका अध्यक्ष समेत रहनु भएका आचार्यले परिवेश पुरस्कार-२०५१, उत्कृष्ठ कवि, बीबीसी, लण्डन-२०५४, कविता महोत्सव पुरस्कार, धरान-२०५५ र राष्ट्रिय शिक्षा पदक-२०६८ समेतका पदक र पुरस्कारहरू प्राप्त गर्नुभएको छ ।

फित्कौली डटकमको आरम्भ चरण २०७० देखि २०७३ सम्म पेशल आचार्य हास्यव्यङ्ग्यत्मक भावका चोटिला मुक्तक लेखनमा सक्रिय हुनुहुन्थ्यो । त्यो समयमा लेखिएका उहाँका दर्जनौं मुक्तक सिर्जनाहरू फित्कौली डटकमको आर्काइभमा अझैसम्म सुरक्षित छन् ।

फित्कौली डटकम हजारौँ छात्राछात्राका प्रिय शिक्षक, युवा र नवागत स्रष्टाहरूका प्रेरक, ‘व्याकबेञ्चर’ जस्तो प्रभावपूर्ण निबन्ध कृतिका लेखक पेशल आचार्यको यो असामयिक निधनप्रति दुखी भएको छ । कीर्तिशेष उहाँप्रति हार्दिक शब्दश्रद्धा व्यक्त गर्दै शोकाकुल परिवारजनमा संवेदना प्रकट गर्दछ ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x