साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कान्तिपुरी नगरीको खबर

भ्रष्टाचारका सबै हथकण्डा पचाएर झुसिलो डकार छाड्नेहरूले छि !! मानव तस्करीलाई संस्थागत बनाई छाडेछन् भो भानु ! नसोध कान्तिपुरी नगरीको खबर ।

Nepal Telecom ad

वासु शर्मा :

महाशिवरात्रीका बेला
पशुपति मन्दीर परिसरमा
नाङ्गा जोगीहरू खुलेआम भेटिए झैं
तिमीले वणर्न गरेको
शिवको पुरी कान्तिपुरी नगरीमा
भानु !
अचेल
नयाँ जोगीहरू
निर्वस्त्र भएर
शासनहरूमा
प्रशासनहरूमा
आसनहरूमा
भाषणहरूमा
जताततै
देखा पर्न थालेछन्
झोली भर्न थालेछन्
जगत हसाउँने
ती निर्लज्जहरूलाई देख्दादेख्दै
भानु ! भो नसोध
कान्तिपुरी नगरीको खबर ।

रेबिज लागेको कुकुरले चुहाए झैं
लालचको र्‍याल चुहाउनेहरू
समूहमा मिलिभगत गरेर
वा, एक्लाएक्लै दाउ गरेर
लुछाचुँडी गरिरहेछन्
कान्तिपुरी नगरीको बेहाल
बढ्दो छ दिन दुईगुना रात चौगुना
फोहोर भन्दा पनि दुर्गन्धित मान्छेहरू
समयलाई कसरी दुषित बनाउँदैछन् ?
भानु ! भो नसोध
कान्तिपुरी नगरीको खबर ।

जल बेचेर पुगेन
थल बेचेर पुगेन
स्वाभिमान बन्धक राखेर
आफ्नालाई अपमान गर्दै
पराईको तलुवा चाट्नेहरूबाट
जनहीतको के आशा गर्न सकिएला ?
भ्रष्टाचारका सबै हथकण्डा पचाएर
झुसिलो डकार छाड्नेहरूले
छि !!
मानव तस्करीलाई
संस्थागत बनाई छाडेछन्
भो भानु ! नसोध
कान्तिपुरी नगरीको खबर ।

०००
बेलायत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

वासु शर्मा
ठोक्तक

ठोक्तक

वासु शर्मा
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x