साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाध्यता

देशमा सिन्को नभाँच्ने गधापच्चिसका उरन्ठेउलाहरू विदेशमा बोसो पगालिरहेका छन् । मँहगीले गालेको बजार । ठण्डाराम छ बगली । भोकले दाम्रिएको पेट भर्ने बाध्यताले पनि हानियो विदेश ।

Nepal Telecom ad

भोलानाथ सवेदी :

मन साघुँरियो मरिचे भएर । निर्धकता थिएन कतै । कुखुरे छाती आफ्नो । सबैतिर त्रास । मन गाँठो पारेर दिल्ली जानु बाध्यता मेरो । निबुवा निचोरेको अनुहार हिँड्ने बेला । बाँच्न र बचाउन भिरियो झोला । आँखा रसाउनेको भीड बाक्लै । काठमाडौँको बसाइले झुसिलो डकार छाड्यो । सबै अटाउने स्थान काठमाडौँ । देशको मुुटु । रोजगारीको गन्तव्य । जागिर खानेको लर्कन । दुखीलाई दुःख गर्ने र सुखीलाई मोज गर्ने एक मात्र शहर काठमाडौ । लहैलहै थिएन कसैको, तँछाडमछाड पनि होइन । जीवनको तराजुमा भाग्य नाप्दै छु यहाँनेर । शहर निर्मोही छ । कठोर छ समय । काठमाडौ छिरियो अवसरका बिस्कुनमा गुन्द्री ओछ्याउने सपना बोकेर ।

काठमाडौले हिर्कायो मलाई नमज्जाले । कति नमिठो झापड । भगुवा ठान्यो क्यार ! तिरस्कारको रापिलो दाबिलो ढाडमा बर्जायो । जागिरे बन्ने मेरो बालापनको सपना सपनै भयो । काइ लाग्यो सपनामा । स्वाभिमानले बाँच्न धेरैलाई हात जोड्नु छ । अभावले जोडेको हात भिख मागेभन्दा हेलित बन्यो । चाल्नोमा दुध चालेर बाँचेका मान्छे । असक्षमताको ल्याप्चे ठोकेर चार भञ्ज्याङ कटाउनेको लर्कन । ओठ लोपार्ने र मुन्टो बर्टानेको उदाहरण बनेको छु म । यही पिरले पिरोलेर चढियो बस ।

स्वयम्भूबाट बस छुट्यो ६.०० बजे साँझ । बससँगै छुट्यो काठमाडौमा बसेर केही गर्ने योजना । मनका सपना मसँगै दिल्ली हानिएँ काठमाडौले सिल्ली ठानेर । डिसेम्बर १०, २०१० मा । थानकोटमा रोक्यो बस । चेकिङ आयो माइती नेपालको । फुर्तिले सगरमाथा छोएको साता यो । अनु्राधा सि.एन.एन.हिरो । चमक रौनकको बेग्लै सान छ चेलीमाहरूको । चेलीहरूका लागि संघर्षरत यी छोरीलाई मनबाटै धन्यवादको कुटुरो एस.एम.एस गरिदिएँ मैले । चेलीलाई बेचेर चिल्ला कारमा चिप्लनेको तगारो अनुराधा संघर्षकी उपमा । परिवारको यादले ऐंठन पारेको यात्रा । बिहानको फोन तरङ्ग आमाको । आँसु नै आँसुले छपक्कै भिजेको फोन । हृदय अठ्यायो । जानु त छँदै छ । बाँच्नुको बाध्यता, नाजवाफ भएको छु म ।

देशको मथिङ्गल बिग्रेको यो बेला । खङ्ग्रङ्ग हाडछाला भएर अस्थित छ देश । सङ्क्रमणकाल निहँ बनेको छ । देशमा नेताको खोजी लावण्डय देशमा राजा खोजे झैँ भएको लछ । हात्तीका दाँतमा हामी भविष्य ठेलिरहेछौँ । यही हविगतले विदेसिनु,र सास्ती खेप्नु परेको छ । कानुन ठसक्क हरक चले जस्तो । पैसामा साटफेर भैरहेछ कानुनको । प्रजातन्त्रको हावा चलेर गणतन्त्र आइसक्दा पनि जनता रित्तो हात । शहिदको बलिदान दलको फगत नारा बन्यो । दलका पेवा बनाइए शहिद । एउटालाई धरापमा हालेर अर्को विजयको शिखर चढ्दै हुन्छ । खडेरी परेको याम जस्तो मान्छेको जीवन । भोकले मान्छे सात सिमाना काट्दो छ । त्यही मेसोमा बाध्य थिएँ म । सिमाना विहीन छन् मान्छेहरू । अपराध लुकेको छ गोजीमा । शब्दकोशमा मात्र भेटिन्छ अपनत्व । सिमा क्षेत्रमा यात्रुलाई सुरक्षा भन्नुबेल खाएर कागले डकार छोड्ने जस्तै हो । सिमाक्षेत्र भारतियहरुको पाइखाना । कुकुरले पनि खुट्टो उचालेर नेपालतिरै सुँइक्याउने रहेछ ।

हामी अस्तित्व लुटिएका स्वाभिमानी । कति दिन बाँच्ने यसरी । स्तम्भहरु दिनहुँ हराउने, नेपाली कुटिने, लुटिने । देश इरेजरले मेटेको आकृति जस्तो । हाम्रो झण्डा, भूमी अर्काको भयो भने । त्रास पस्यो मनमा । देश वृद्धाश्रम जस्तो भैसक्यो । हाम्रो सम्बन्ध तारे होटलमा रक्सी र बियरमा बसाइरहेछ । विदेशी ऋणको अपचलन । भ्रष्टाचारले गाँजेर आफन्त भएको समाज । सुदूरमा अन्नको अभाव । छोरी चेली बोक्सी र छाउपडीले डामिदा गर्व गर्नै हामी । युवा पुस्ता विदेसी भूमीमा रगत पसिनाले बालुवा मुछिरहेछन् ।

नाकले पानी पिएर गौरव गर्दै छौँ हामी महिनाको यति कामदार विदेश पठाएको भनेर भोज गर्दै छ सरकार । तकदिर बिग्रेको हो कि समय बदलिएको हो । देशमा सिन्को नभाँच्ने गधापच्चिसका उरन्ठेउलाहरू विदेशमा बोसो पगालिरहेका छन् । मँहगीले गालेको बजार । ठण्डाराम छ बगली । भोकले दाम्रिएको पेट भर्ने बाध्यताले पनि हानियो विदेश ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
बजार कसकाे ?

बजार कसकाे ?

भोलानाथ सुबेदी
आधाले बाधा

आधाले बाधा

भोलानाथ सुबेदी
मुला

मुला

भोलानाथ सुबेदी
बैठक

बैठक

भोलानाथ सुबेदी
लामखुट्टे लगार्न आउ

लामखुट्टे लगार्न आउ

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x