साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाह्रभाइ बा (८)

रोज्नुहुन्छ बा ठाउँ ओसिलो, मार्नुहुन्छ बा बात जोसिलो, छोड्नु हुन्न बा यो छ, आद्त द्रब्यले दियो भिन्न यो मत । देश भासियोस् या त मासियोस्, सोच राख्नु भो भ्रष्ट त्यो जिओस्, पक्ष भ्रष्टकै लिन्छु भन्नू भो, बा अचेल झन् भिन्न बन्नुभो ।

Nepal Telecom ad

डिल्लीप्रसाद मुलतिहुन :

भक्त बन्नुभो बा विदेशको
रक्त चुस्नुभो आफ्नु देशको
खानुभो जहाँ त्याग्नुभो त्यहीँ
ज्ञानका कुरा सिक्नुभो यही । (५१)

बा स्वदेशको बासमा भुली
अन्य देशको फ्रेन काँचुली
तीव्र बेगमा लाग्न थाल्नुभो
छुद्र कामले जाग्न थाल्नु भो । (५२)

माकुराहरू पाल्नुहुन्छ बा
नाक देशको फाल्नुहुन्छ बा
दूध ख्वाएर साप पाल्नुभो
निम्न जोसुकै डस्न थाल्नु भो । (५३)

जाँड भाङमा बिक्नुहुन्छ बा
मातिदै कुरा झिक्नुहुन्छ बा
चाहियो अझै झट्ट बोतल
गन्ध आउने मातिने जल । (५४)

खेल्नुहुन्छ बा खेल घातक
जान्नुहुन्छ बा गर्न नाटक
झेल गर्नु नै खेल जित्नु हो
स्वाद क्या मजा खेल जित्नुको । (५५)

छद्म भेषमा डुल्नुहुन्छ बा
लोभ पापमा भुल्नुहुन्छ बा
धर्मको सभा भाँड्न थाल्नुभो
दाँत कोखमा गाड्न थाल्नुभो । (५६)

बा जुका बनी चुस्न थाल्नुभो
चेपचापमा घुस्न थाल्नुभो
बा जतासुकै पुग्न थाल्नुभो
गन्ध नाकले सुँघ्न थाल्नुभो । (५७)

बा छिमेकको भक्त बन्नुभो
आफ्नु देशमा प्वाल खन्नुभो
खोज्नुहुन्छ बा स्वादिलो गिलो
बेस मान्नुभो नर्कको हिलो । (५८)

रोज्नुहुन्छ बा ठाउँ ओसिलो
मार्नुहुन्छ बा बात जोसिलो
छोड्नु हुन्न ब यो छ आद्त
द्रब्यले दियो भिन्न यो मत । (५९)

देश भासियोस् या त मासियोस्
सोच राख्नु भो भ्रष्ट त्यो जिओस्
पक्ष भ्रष्टकै लिन्छु भन्नू भो
बा अचेल झन् भिन्न बन्नुभो । (६०)

०००
ओखलढुङ्गा, हाल- चाँगुनारायण भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कति मर्नु ?

कति मर्नु ?

डिल्लीप्रसाद मूलतिहुन
जान्दछौँ

जान्दछौँ

डिल्लीप्रसाद मूलतिहुन
राम्रो पाठशाला

राम्रो पाठशाला

डिल्लीप्रसाद मूलतिहुन
देउ पैसा

देउ पैसा

डिल्लीप्रसाद मूलतिहुन
देख्छस् डिल्ली तँ (२)

देख्छस् डिल्ली तँ (२)

डिल्लीप्रसाद मूलतिहुन
देख्छस् डिल्ली तँ

देख्छस् डिल्ली तँ

डिल्लीप्रसाद मूलतिहुन
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x