साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दम्भको किल्लामा उभिएर

तिमी भने तिनै मनहरूलाई कित्ता कित्तामा बाँड्‌दै छौ र दम्भको किल्लामा उभिएर फेरि युद्धको खोज गर्दै छौ स्वार्थको पर्खाल ठड्याएर फेरि युद्धकाे बीज छर्दै छाै ।

Nepal Telecom ad

वासु शर्मा :

दम्भको किल्लामा उभिएर
युद्धको खोज किन गर्छौँ ?
स्वार्थको पर्खाल ठड्याएर
युद्धको विज किन छछौं ?

तिम्रा सङ्कल्पका वाणीहरू
अखबारहरूले छरेकै हुन् देश देशावरसम्म
खै त ती सङ्कल्पहरू ?

तिमी भने
दुखेका मनहरू नै कुल्चँदै
बाझ्छौ
मिल्छौ
जोड्छौ
फोड्छौ
तिम्रो लीला यो बुझि नसक्नु भो
तिमी नायक हौ वा
खलनायक हौ ?
दर्शक पङ्क्तिका सरल मानिसहरू भने
देशदेखि यता परदेशसम्म
तिम्रो चरित्र अभिनय देखेर
अवाक छन्
खिन्न छन्
दुःखी छन्
तिमी भने
छेपाराले झैं
रङ्गहरू फेर्दै
छिनछिनमा तमासा देखाउँदै छौ
तिनै हैरान दर्शकहरूलाई
कित्ता कित्तामा बाँड्दै छौ
र दम्भको किल्लामा उभिएर
युद्धको खोजी गर्दै छौ
स्वार्थको पर्खाल ठड्याएर
युद्धको वीज छर्दै छौ ।

तिमीले वचन दियौ
सपना सँगालेर दुःखी जनहरूले
तिमीलाई विश्वास दिए
खै त विश्वासको लाज राखेको ?
उल्टै तिमी भने
त्यही विश्वासलाई घात गर्दै छौ
न्याय, समानता र जनहितका कुरालाई
कपटी शकुनीले झै
द्यूतक्रीडाका पासा बनाउँदै छौ
जहाँ तिमी हार्दैनौ
हार्छन् त आशाको माला उन्ने
ती निःस्वार्थ, निश्छल र निष्कपट मनहरू
तिमी भने तिनै मनहरूलाई
कित्ता कित्तामा बाँड्‌दै छौ
र दम्भको किल्लामा उभिएर
फेरि युद्धको खोज गर्दै छौ
स्वार्थको पर्खाल ठड्याएर
फेरि युद्धकाे बीज छर्दै छाै ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

वासु शर्मा
ठोक्तक

ठोक्तक

वासु शर्मा
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
0
Would love your thoughts, please comment.x
()
x