साइबर अपराध सम्बन्धी सचेतना सामग्री

माछाको पोष्टमार्टेम

Nepal Telecom ad

 height=समुद्री किनारामा
एउटा माछाको पार्थिव शरीर
समुद्री छालहरूले फ्याँकिदिएछन् {{read_more}}
सखारै
मान्छेहरूलाई सोध्दै
किन ?
उसको अकाल मृत्यू किन ?

छालहरूको
अर्थात्, समुद्रको
प्रश्नको जवाफ खोज्दै
पोष्टमार्टेम गर्न जुटेका विशेषज्ञहरूले
उसको मृत्यूको कारण
दुनियाँलाई सुनाउँदा
दुनियाँ स्तव्ध
दुनियाँ झसङ्ग
तर मान्छे ?

माछाको पेटमा भेटिएको 
प्लास्टिकको डल्लो
ग्लासका धारिला टुक्राहरू
अनि
च्यातिएको घाँटीको नसा
फुटेका रक्तनलीहरू
अक्सिजन छान्ने गिलको जालीमा
रसायन र कार्वनका अवशेषहरू
मृत्यूका कारणहरू
हो,
प्लास्टिक
ग्लासका टुक्राहरू
र, प्रदुषित पानी
माछाको मृत्यूका कारणहरू । 

पोस्टमार्टेमको रिपोर्ट सुनेर
हिमालमा यती झस्कियो
आफ्नो हिमाललाई नियाल्दै
अनि
हिमाल आरोहीहरूले फ्याँकेर थुप्रिएका
प्लास्टिक र ग्लासको डंगुरहरू हेर्दै
गौचरणमा गाई आत्तियो
घाँसको बुझोसँगै चपाएर निलेको
प्लास्टिकको थैलो सम्झिँदै
जलचरहरू अत्तालिए
दुषित हुन थालेको आफ्नो जलाश्रय छाम्दै
खेत र बारीका पाटाहरूमा
बालीनालीका बोट बिरुवाहरू तर्सिए
रसायनले चाम्रिन थालेको माटोमा
कमजोर हुन थालेका जराहरू सुम्सुम्याउँदै
हो,
चराचर जगत झस्कियो
समुद्र, धर्ती र आकाश सबै तर्सिए
तर मान्छे ?

लाग्छ,
मान्छेको चेत अझै खुलेको छैन
उल्टै
आफ्ना अवान्छित कर्महरूले
जल, थल र वायुलाई
बिटुल्याइरहेछ निरन्तर
र,
माछाको पोस्टमार्टेम रिपोर्ट पनि
मान्छेका लागि भने
आआफ्नो स्वार्थको चासो बनेको छ
आआफ्नो कुरा बुन्ने हतासो बनेको छ
बरा ! मान्छे
आफ्नै अस्तित्वमाथिको खतराप्रति
बेखबर झैं
अनदेखा गर्दैछ अझै

चेतनशील प्राणी अरे 
फेरि पनि
चेतनाकै खेलोफड्कोमा रमाइरहेछ

विवेकशील प्राणी अरे
तर पनि
विवेकलाई नै नजरबन्दी बनाइरहेछ
हो, विवेकलाई नजरबन्दी बनाइरहेछ ।

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

वासु शर्मा
ठोक्तक

ठोक्तक

वासु शर्मा
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x