साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कमरेड !

Nepal Telecom ad

कमरेड !
आज म रेड उडेर
अलि कम रेड भएको छु {{read_more}} height=
अलिअलि रातो
अलिअलि धसिङ्गरे
अनि अलिअलि कसिङ्गरे भएको छु
कमरेड !
आजकल म निठा रातो रङ हराएर
कम रेड
यानेकी रातो कम भएकोछु
बढि अरु नै भएको छु।

कमरेड!
आजकल म बदलिएर
अलि रिमिक्स भएकोछु
कोटमा पाईजामा लगाएर
राम्रैसित झिमिक्स भएको छु
आफैलाई नचिनेर
कन्फ्युजन भएको छु
कनसिरी कन्याउदै
कोट र पाईजामामा फ्युजन भएको छु
गन्तव्य थाहा नभएर
आज इल्युजन भएकोछु

कमरेड !
आजकल 
म भित्र रेड नखोज्नु
लाल सलामको लाल नखोज्नु
समय परिवर्तनशील छ
म पनि परिवर्तन भएकै छु
त्यसैले, कमरेड !
मसग नरिसाउनु
म रेड हराएर 
अलिअली धसिङ्गरे भएको छु
म निष्ठा हराएर
अलिअली कसिङ्गरे भएको छु
म लाल सलाम हराएर
म अलि अलि
दलाल सलाम भएको छु

जे भन्नुहोस् 
शिरोधार्य छ मलाई
समयको माग हो
तपाईं घोडा
र म लगाम भएको छु
तपाईं भिडमा
हराउनुमा मेरो के दोष छ र ?
सबैको मुखमा झुन्डिने
नाम होस या दुर्नाम
एउटा गतिलो सर्वनाम भएको छु !!

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कमरेड

कमरेड

प्रेम राई ‘परीक्षित’
भगवान्, मलाई शिक्षक बनाइदेऊ !

भगवान्, मलाई शिक्षक बनाइदेऊ...

प्रेम राई ‘परीक्षित’
बन्सोको साम्राज्य

बन्सोको साम्राज्य

प्रेम राई ‘परीक्षित’
शालिकको आव्हान

शालिकको आव्हान

प्रेम राई ‘परीक्षित’
राज्यको खुराफाती

राज्यको खुराफाती

प्रेम राई ‘परीक्षित’
भष्मासुरको अन्त्य

भष्मासुरको अन्त्य

प्रेम राई ‘परीक्षित’
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x