साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बजेट रोपाईँ

Nepal Telecom ad

 height=बझाङको पाटादेवल भन्ने गाउँमा एउटा अद्भुत विकास पसेछ । मध्यबर्खामा निकै कष्टका साथ पानीको जोहो गरेर किसानहरू खेतमा रोपाइँ गर्दै थिए । {{read_more}} दिउँसोतिर टाढा कतैबाट गड्याङगुडुङ गरेको आवाज आएछ । पानी पर्न लागेछ भनेर किसानहरू खुसी हुँदाहुँदै अचानक कुलोबाट आउँदै गरेको पानी सुकेछ । के भयो भनी उनीहरू कुलो हेर्न जाँदा त्यहाँ त एउटा डोजरले कुलो भत्काउँदै, खानेपानीका पाइपहरू उखेलेर आकाशतिर फर्काउँदै,पानीट्याङ्की भत्काएर धुलोपिठो पार्दै गरेको भेटिएछ । उनीहरूले कराएर चिच्याएर डोजरको ताण्डव रोक्न खोज्दा डोजर कान्लैकान्ला हामफाल्दै, गराहरू भत्काउँदै, आलीहरू लडाउँदै भर्खरै रोपाइँ गरेको खेतैखेत अगाडि बढ्यो । खेतमा काम गरिरहेका किसानहरू अत्तालिएर यता र उता भाग्न थाले । कति रोपाहारहरू हिलोमा पछारिए, कतिको सास रोकियो, कति मुर्च्छा परे । कोही घरतिर दगुरे, कोही जङ्गलतिर पसे, कोही  प्रार्थना गर्न लागे । केही साहसी किसानहरू भने डोजरलाई रोक्न अघि बढे । त्यसका अगाडि लम्पसार परेर उनीहरू सुतेपछि बल्ल त्यो राक्षस रोकियो ।

डोजरमा मानिसका केही आकृतिहरू देखिए । पचास केजीजतिको मालाले थिचिएका सय केजी जतिका खाइलाग्दा एकजना मानिस डोजरमाथि उभिए र भन्नलागे– ‘हे किसानहरू हो नडराउनुहोस् । म तपाईंहरूकै दुःखसुखको साथी टोल उपभोक्ता समितिको अध्यक्ष हुँ । मसँग वडाअध्यक्ष र सदस्यहरू पनि आउनुभएको छ । अबिर र मालाले पुरिएको भएर तपाईँहरूले नचिन्नुभएको हो । हामी तपाईँहरूका लागि विकास लिएर आएका छौँ । विकास गर्दा केही विनास पनि हुँदो रहेछ । सडक खन्न खोज्दा खानेपानीका पाइपहरू उखेलिए, पानीट्याङ्की धुलिए, केही रोपाइँ गरेका खेत जोतिए तर ख्याल गर्नुहोस्, यति नगरेको भए सडक निर्माणका लागि तपाईँहरूका लागि आएको यो वर्षको बजेट फिर्ता जाने थियो । हामीले बजेट खेर नजाओस् भनेर नै जथाभावी डोजर कुदाएका हौँ । यसरी असारको अन्तिममा भए पनि बजेटको रोपाइँ नगरेको भए हामीलाई ठूलो आर्थिक नोक्सानी हुन्थ्यो । हामीले नोक्सानी टारेका छौँ ।

तपाईँहरूले भन्नुहोला सडकका लागि आएको बजेटले खोइ त सडक बनेको ? हामीले सडक नै बनाउन खोजेको भए तपाईँहरूले अझै ठूलो क्षति व्यहोर्नुपर्ने थियो । त्यसैले हामीले नमुना विकास देखाउन तपाईँहरूको थोरै मात्र खेतमा डोजर कुदायौँ । तर चिन्ता नलिनुहोस्, सडक नबने पनि अब सडक खन्न छुट्याएको रकम फिर्ता जाने छैन किनभने यो रकम सडक शीर्षकमै खर्च हुनेछ । जस्तै, सडकखन्दा उखेलिएका पानीका पाइपको क्षतिपूर्ति, सडकखन्दा लडेका पानी ट्याङ्कीको मर्मत, सडक खन्दा खनिएका खेतलाई पुनःनिर्माण खर्च, सडक खन्दा जोतिएको रोपोको क्षतिपूर्ति आदि ।

केही पाउन केही गुमाउनुपर्छ । तपाईँका खेतमा डोजर कुदेको नठान्नुहोस्, बजेटको रोपाईँ भएको मान्नुहोस् । अतःतपाईँहरू कसकसको कति रकम बराबरको रोपो जोतिएको छ त्यसको हिसाव दुईदिनभित्रैमा पेश गर्नुहोला । हामी सकेसम्म क्षतिपूर्ति दिने प्रयास गर्नेछौँ । तपाईँहरू बाँकी रोपाइँ गर्दै जानुहोस् । यो आर्थिक वर्षको बजेट रोपाइँ सकिएको हुँदा अब डोजर आउने छैन, ढुक्क हुनुहोस् ।’

उपभोक्ता समितिका अध्यक्षज्यूले यतिभने पछि सबै किसानहरू पनि शान्त भई आआफ्नो काममा लागे र डोजर गणपनि प्रसन्न र सन्तुष्ट भई खर्चका बिल भरपाई बनाउनतिर लागे ।

नेपाल, असार २६, २०७६
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
0
Would love your thoughts, please comment.x
()
x