साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अभिव्यक्ति भेटघाटमा “मुहानदेखि दोभानसम्म“

Nepal Telecom ad

 height=साउन २, काठमाडौँ । मासिक अभिव्यक्ति भेटघाटका अवसरमा “अभिव्यक्ति“का प्रधान सम्पादक नगेन्द्रराज शर्मा तथा “रचना“ का प्रधान सम्पादक रोचक घिमिरेले {{read_more}} संयुक्तरूपमा कवि काशीराज आचार्यको कविता सङ्ग्र्रह “मुहानदेखि दोभानसम्म” को लोकार्पण गर्नुभयो। सो अवसरमा प्रधान सम्पादकद्वय शर्मा र घिमिरेले वि. सं २०३० को दशकदेखि साहित्य साधनामा लागिपरेका भए पनि ढिलोगरी पुस्तक प्रकाशन गरेका कवि काशीराज आचार्यलाई बधाई र शुभकामना दिनुभयो । कवि आचार्यका फुटकर रचानाहरू विभिन्न पत्रपत्रिकामा लगभग पैतालीस वर्षदेखि प्रकाशित छन् । लामो समय सरकारी सेवामा रहेका आचार्यका कविताबाहेक प्रशासन तथा व्यवस्थापन सम्बन्धी दर्जनौँ लेख प्रकाशित छन् ।

अभिव्यक्ति भेटघाटका अवसरमा साहित्यकारहरू रमेश गोर्खाली, किशोर पहाडी, नारायण तिवारी, वियोगी बुढाथोकी, चन्द्रप्रसाद भट्टराई, पवन आलोक, भारद्वाज मित्र, विधान आचार्य, देविका तिमिल्सिना, लव गाउँले, रामप्रसाद पन्त, राजेश खनाल, जयदेव भट्टराई, विष्णुबहादुर सिंह, चेतनाथ कणेल हरित’, रत्न कोजू, शङ्कर भारती, त्रिभुवनचन्द्र वाग्ले, रोशन थापा नीरव, मनोज न्यौपाने, उत्तम आचार्य आदिको उपस्थिति थियो। सो अवसरमा कवि आचार्यले आफ्नो पुस्तकबाट शीर्ष कविताको वाचनसमेत गर्नु भएको थियो ।

आफ्नै हिमालयबाट निस्कने पानी मिसिएको समुद्रसम्म पुग्न आफूलाई पासपोर्ट र भिसा लाग्ने भएकाले मन दुखेर विदेश बस्दा सङ्ग्र्रहका धेरैजसो कविता सृजना भएका उहाँले बताउनु भयो ।

सो कार्यक्रम महाराजगन्ज चक्रपथस्थित ग्रीन पार्क रेस्टुराँमा भएको थियो ।
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x