साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढाे छैन

सराप्नेहरू सराप्दै गरून् हामी देश बनाउँदै गर्छाैँ । देश बनाउने र माटाे सजाउने, विकास फलाउने र समृध्दि उमार्ने अनि मस्तले सुख भाेग गरेर बाँच्ने अटल इच्छा र अठाेट छ ।

Nepal Telecom ad

डा. विदुर चालिसे :

जाेसिने आँट र जाेस्याउने ठाँठ छ
पढ्छाैँ, साेच्छाैँ र लेख्छाैँ भविश्यकाे कथा,
सम्झन्छाैँ, देश र यसकाे महिमा,
छातीमा हात राख्छाैँ र भन्छाैँ
लहै युवा हाे, हामी बुढाे छैनाैँ ।
अराजकता छ, सम्हाल्न खाेज्छाैँ
विदेसिने गनगन सुनेर हैरान हुन्छाैँ
देशकाे मार्गचित्र हामीभित्र खाेज्छाैँ
र आव्हान गर्छाैँ-
युवाहरू राेकिउन देशमै !
श्रमिकहरू खाेस्रुन् देशकाे बाँझाे !!
युवाकाे फाइफुइँ र परिकल्पना सुन्छाैँ
भविश्यकाे जिम्मा लिने आफै संकल्प गर्छाैँ ।
यता हेर्छाैँ, उता हेर्छाैँ र जता हेर्छाैँ
खाली खाली छन् श्रम शिविरहरू
अराजकता, अभद्रता र अशिष्ट वचन सुन्छाैँ
हतास हुने र हडबढाउनेहरू छेउ पुग्छाैँ-
“आफ्नै देश बनाउन मन लाग्छ ।”
शरीर हेर्छाैँ र पनि जवान चेतनाले
घच्घच्याइरहन्छ हामीलाई- बुढाे भएकै छैन ।
युवाहरू बुध्दि बिग्रेर बुध्दि सपार्न पलायन भए
श्रमिकहरूले सुखकाे कल्पनामा दुख बाेके
जान्नेहरू त जान्ने नै भए, जहाँ पनि बिक्लान्
उनीहरूलाई देशकाे के मतलब !
नजान्नेहरू बरालिएर चाैपटै छ
घर खाली छ, आली आलीमा पहिराे
र बाँझाे बारि छ, देश अब उजाड भाे !
पर्दैन युवा, माटाेलाई माया गर्न
धर्तीका महान श्रमिकहरू
तिमीले पनि खन्ने विदेशकाे बाँझाे माटाेमा
पुर्खाकाे साहस र बलिदान भेट्छाैं त ?
या दासताकाे चाेकर !
नाेकर भएकाे भेट्छाैं या नाेकरी,
भन्छाै- “मजबुरी” र देशतिर फर्केर थुक्छाैं ।
देश बनाउनु छ- हामीलाई
सकलकर्मी कसरी शरीरले बृध्द हुन्छ र ?
त्यसैले हामी बुढाे हाेइनाैँ, छैनाैँ ।
अन्तिम सास कहाँ फेर्ने इच्छा छ ?
सायद भन्छाै हाेला-
“अन्तिम सास त देशमै छाेड्छु !”
छाेड्ने सास र अन्तिममा पिउने थाेपामा
हिमालयकाे हिउँ हुन्छ या नालीकाे पानी ?
फाेहरकाे दुर्गन्धित धूँवाहरू हुन्छन्
या कस्तुरी मृगकाे मगमग गन्ध !
अनि सयपत्री, मखमली र सुनगाभाका साैन्दर्यहरू
या गुलाफ, जाई, जुई र पारिजातका सुगन्धहरू !
देश सजाउने र बनाउने अब हाम्राे कर्तव्य हाे ।
तिमीहरूलाई माटाेकाे माया नभए पनि के भाे त
हामीलाई त यतै जब्बर भएर मर्नु छ ।
बाँचुन्जेल पनि किन बुढाे हुने !
किन याे भएन, त्याे भएन भनेर देशलाई सराप्ने !
सराप्नेहरू सराप्दै गरून्
हामी देश बनाउँदै गर्छाैँ ।
देश बनाउने र माटाे सजाउने,
विकास फलाउने र समृध्दि उमार्ने
अनि मस्तले सुख भाेग गरेर बाँच्ने
अटल इच्छा र अठाेट छ ।
पवित्र हिमालकाे स्वच्छ ।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बाजी

बाजी

डा. विदुर चालिसे
चुनावकाे चम्चा

चुनावकाे चम्चा

डा. विदुर चालिसे
बाकाे लास

बाकाे लास

डा. विदुर चालिसे
शक्ति र सिध्दान्त

शक्ति र सिध्दान्त

डा. विदुर चालिसे
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
मुक्तिको मार्ग

मुक्तिको मार्ग

डा. विदुर चालिसे
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x