बालबालिकालाई मोबाइलको लतबाट जोगाऔ

महाकविको स्मृतिमा

नाना रङ्ग सुवास बास छरदै फुल्ने बगैँचा तिमी भुल्ने बाली लरक्क लैबरि गरी ढाकेर बाँझो जिमी पाकेका लटरम्म स्याउ र किवी या सुन्तलाका रुख लर्केका भइँ छाम्न आतुर हुँदै झैँ लाग्छ तिम्रो सिप !

Nepal Telecom ad

नरेन्द्रराज पौडेल :

सङ्ला स्वच्छ सफा नदी र झरना ह्यूँताल छाँगाहरू
आमा सुन्दर शारदी किरणका फैलाइ ज्योत्स्नाहरू
धर्ती व्योम दुवै हिमाद्री तटमा भर्खर नुहाएसरी
तिम्रो काव्य रसाल मिष्ठ मधुरो मानौँ सुधाको झरी ।

माथि लेक पहार ताप्न बसिछन् झैँ लाग्छ शैलेश्वरी
घुम्टो ओढी मुहारमाथि हँसिलो फुक्दै मिठो बाँसुरी
प्यूँदै काव्यसुधा तरङ्गित बनी हत्तन्त्रीका तारमा
सन्ध्यादीप जलाई लक्ष्मी बसिछन् झैँ लाग्छ सङ्घारमा ।

बोल्छौ दर्द टिपी अनाथ टुहुरा वृद्धा र बालापन
छुन्छौ कष्ट र मर्म दुःखीजनका घाउ मुसारीकन
साना शावक चञ्चले छुनुमुने खेलाउँदै काखमा
भर्छौ काव्यिक वाणी मिष्ठ मधुरो झन् झन् नयाँ रागमा ।

नाना रङ्ग सुवास बास छरदै फुल्ने बगैँचा तिमी
भुल्ने बाली लरक्क लैबरि गरी ढाकेर बाँझो जिमी
पाकेका लटरम्म स्याउ र किवी या सुन्तलाका रुख
लर्केका भइँ छाम्न आतुर हुँदै झैँ लाग्छ तिम्रो सिप !

तिम्रो स्पर्शमहाँ छ जादु र टुना छाम्दै छँदै लट्ठिने
मात्रा वणर् र वाक्य रेफ जति जे छोयो त्यही टल्किने
नेपाली स्वरवणर् वाङ्मयभरी बन्दै खुला व्यापक
बाँचे वर्ष हजार, हे नयनका तारा महान् साधक !

०००
काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
लेखक नहुनुको आनन्द

लेखक नहुनुको आनन्द

नरेन्द्रराज पौडेल
हाँसो हराएको सूचना

हाँसो हराएको सूचना

नरेन्द्रराज पौडेल
आ-आफ्नै भाँडतन्त्र

आ-आफ्नै भाँडतन्त्र

नरेन्द्रराज पौडेल
म-हान् साहित्यकार

म-हान् साहित्यकार

नरेन्द्रराज पौडेल
सम्मानको भुक्तमान

सम्मानको भुक्तमान

नरेन्द्रराज पौडेल
भाँतीभाँतीका कपालभाँती !

भाँतीभाँतीका कपालभाँती !

नरेन्द्रराज पौडेल
श्वान सभा

श्वान सभा

घनश्याम रेग्मी
यो काठ माडौं

यो काठ माडौं

रमेश खकुरेल
बेइमान जाडो !

बेइमान जाडो !

गायत्री परिरोशनी
सत्ता

सत्ता

दिनेश अधिकारी