साइबर अपराध सम्बन्धी सचेतना सामग्री

महाकविको स्मृतिमा

नाना रङ्ग सुवास बास छरदै फुल्ने बगैँचा तिमी भुल्ने बाली लरक्क लैबरि गरी ढाकेर बाँझो जिमी पाकेका लटरम्म स्याउ र किवी या सुन्तलाका रुख लर्केका भइँ छाम्न आतुर हुँदै झैँ लाग्छ तिम्रो सिप !

Nepal Telecom ad

नरेन्द्रराज पौडेल :

सङ्ला स्वच्छ सफा नदी र झरना ह्यूँताल छाँगाहरू
आमा सुन्दर शारदी किरणका फैलाइ ज्योत्स्नाहरू
धर्ती व्योम दुवै हिमाद्री तटमा भर्खर नुहाएसरी
तिम्रो काव्य रसाल मिष्ठ मधुरो मानौँ सुधाको झरी ।

माथि लेक पहार ताप्न बसिछन् झैँ लाग्छ शैलेश्वरी
घुम्टो ओढी मुहारमाथि हँसिलो फुक्दै मिठो बाँसुरी
प्यूँदै काव्यसुधा तरङ्गित बनी हत्तन्त्रीका तारमा
सन्ध्यादीप जलाई लक्ष्मी बसिछन् झैँ लाग्छ सङ्घारमा ।

बोल्छौ दर्द टिपी अनाथ टुहुरा वृद्धा र बालापन
छुन्छौ कष्ट र मर्म दुःखीजनका घाउ मुसारीकन
साना शावक चञ्चले छुनुमुने खेलाउँदै काखमा
भर्छौ काव्यिक वाणी मिष्ठ मधुरो झन् झन् नयाँ रागमा ।

नाना रङ्ग सुवास बास छरदै फुल्ने बगैँचा तिमी
भुल्ने बाली लरक्क लैबरि गरी ढाकेर बाँझो जिमी
पाकेका लटरम्म स्याउ र किवी या सुन्तलाका रुख
लर्केका भइँ छाम्न आतुर हुँदै झैँ लाग्छ तिम्रो सिप !

तिम्रो स्पर्शमहाँ छ जादु र टुना छाम्दै छँदै लट्ठिने
मात्रा वणर् र वाक्य रेफ जति जे छोयो त्यही टल्किने
नेपाली स्वरवणर् वाङ्मयभरी बन्दै खुला व्यापक
बाँचे वर्ष हजार, हे नयनका तारा महान् साधक !

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यमयात्रा

यमयात्रा

नरेन्द्रराज पौडेल
आन्दोलनका फुरौला !

आन्दोलनका फुरौला !

नरेन्द्रराज पौडेल
मालाको कमाल

मालाको कमाल

नरेन्द्रराज पौडेल
बिर्ता बजार

बिर्ता बजार

नरेन्द्रराज पौडेल
काले र भाले

काले र भाले

नरेन्द्रराज पौडेल
जादूको मिटर !

जादूको मिटर !

नरेन्द्रराज पौडेल
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x