साइबर अपराध सम्बन्धी सचेतना सामग्री

होलीका ठट्यौली

निको हुन्छ घाउ गोलीको, तर गाह्रो छ हुन निको हुन बोलीको उपाय एउटै छ-मौका झट्टै छ लाई हाल्नुस मरहम होलीको ठट्यौलीको।

Nepal Telecom ad

लक्ष्मण नेवटिया :

महान चरित्रनायक व्रतालु – १

फोहरी दृश्य आउँदै
गर्नु हुन्छ टिभी बन्द
बन्नुहुन्छ परिवारमा,
महान चरित्रनायक व्रतालु ।
तर एक्लै हुँदा
गर्नुहुन्छ झट्ट चालु,
वाह बाजे! यो उमेरमा पनि
क्या सिपालु ।

मिस प्रदेश सुन्दरी- २

मिस प्रदेश सुन्दरीले जब
बजारमा पर्स हराइन्
आफ्नो मुस्कानमय मुहारका साथै
हराएको पर्सको पनि
अखबारमा फोटो छपाइन् ।

पर्स पुर्‍याइ दिनेलाई आफ्नै घरमा
कालो नुनिया चामलको
भात खुवाउने सूचना लेखाइन्।
हुनु नपर्ने भयो,
हराएको थियो एक पर्स
बेलुकी सम्म दस पर्स
घरमा आइपुग्यो।
पर्स किनेर ल्याइ पुर्‍याएछ
खाने लोभमा सुन्दरी सँगै बसेर
कालो नुनिया।
वाह क्या गज्जबको छ यो
परोपकारी दुनियाँ !!

ठट्यौलीको मरहम- ३

निको हुन्छ घाउ गोलीको,
तर गाह्रो छ हुन निको हुन बोलीको
उपाय एउटै छ-मौका झट्टै छ
लाई हाल्नुस मरहम
होलीको ठट्यौलीको।

होलीको रंगोली- ४

म-म छु, त के छ होली ?
तिमी-तिमी छौ, त के छ होली ?
न तिमी छौ- न म छु,
सजाइँदा  मुटुमा
“हामी”को रंगोली
तब पो हुन्छ होली ।

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x