साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्वालको जय होस्

त्यो प्वालबाट छिरे पनि मान्यता पाउँछन् किनकी दुवै पक्षलाई फाइदा छ प्वाल जस्तो भए पनि जहाँ भए पनि फाइदा देखे पछि मान्छेले नियम बिर्सिन्छन् । अथवा आँखा चिम्लिन्छन् ।

Nepal Telecom ad

नारायण भट्टराई :

खोतलिएका टालिएका
देखिएका नदेखिएका
भनिएका नभनिएका
मुख बाएका मुख बुचिएका
सबै सबै प्वालहरू
रहस्यमय हुन्छन्
डरलाग्दा हुन्छन्
झार र जङ्गलले छोपिएका हुन्छन्
तर मनपर्दा हुन्छन्
प्राणीको काममा आउँछन्
कुनै प्वाल सर्पको काममा आउँछन्
कुनै प्वाल दुम्सीको काममा आउँछन्
कुनै प्वाल मान्छेको काममा आउँछन्
अझ भनौँ प्वाल बिना त मान्छेको जीवन नै चल्दैन
त्यसैले त सांसदहरूले कानुनमा प्वाल पार्न सकिने ठाउँ छोड्छन्
कार्यकारीले तिनै कानुनमा प्वाल पार्छन्
अनि सर्व साधारण सधैँ आफ्नो काम बनाउन
नियम र कानुनका प्वालको खोजीमा हुन्छन् ।
प्वालहरूले मानिसलाई सधैं दुबिदामा पारिदिन्छन्
नियम पालक भन्दा नियम बनाउनेलाई बढी पीडा दिन्छन्
कानुन बनाउनेलाई नियममा प्वाल पार्ने ठाउँ नछोडौँ
छक्का पन्जा गर्ने बाटो बन्द हुने डर
प्वाल छाडौँ जन अदालतमा खडा हुनुपर्ने डर
नियामक निकायलाई नियममा प्वाल नपारौँ
सुख्खा तलवमा चित्त बुझाउनु पर्ने कर
प्वाल पारौँ अख्तियारले समाउने डर
काम बनाउन सबै प्वालकै भर पर्छन्
तर अर्काको अगाडि भने नदेखे जस्तो गर्छन्
तर जसले जतिनै पानी माथिको ओभानु हुन खोजे पनि
नेता हुन् या जनता
टालिएको या देखाईएको प्वालकै वरिपरी घुम्छन्
आफ्नो स्वार्थ पूर्ति गर्न प्वालकै खोजीमा हुन्छन्
प्वाल मान्छेको कमजोरी हो
मान्छेको सक्कली रुप देखाउने दुलो परेको ऐना हो
हाम्रो टेनिस कोर्टको नेटमा प्वाल छ
तर वर्षाैँदेखि हामी त्यहि थोत्रो नेटमा टेनिस खेलिरहेका छौँ
किनकी नेट कट्न नसकेका भलि र सटहरू
त्यो प्वालबाट छिरे पनि मान्यता पाउँछन्
किनकी दुवै पक्षलाई फाइदा छ
प्वाल जस्तो भए पनि जहाँ भए पनि
फाइदा देखे पछि मान्छेले नियम बिर्सिन्छन् ।
अथवा आँखा चिम्लिन्छन्
भनिन्छ गल्ति गर्नेले कानुनको पाउ छुन्छ
तर जेलबाट बन्दी छुटाउने पनि प्वाल नै हुन्छ ।

०००
हाल अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चौसठ्ठी चिन्तन

चौसठ्ठी चिन्तन

हाेमनाथ घिमिरे
कहाँ छ प्रतिशाेध ?

कहाँ छ प्रतिशाेध ?

चन्द्रप्रसाद न्याैपाने
शैतानको बगान

शैतानको बगान

प्रा. कपिल अज्ञात
गधा र मेरो यात्रा

गधा र मेरो यात्रा

तिला लेकाली
0
Would love your thoughts, please comment.x
()
x