साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पुस्तकालय दिवस

पत्रिका कोही पढ्दैन यहाँ पुस्तक किन्दैन पुस्तकालय ज्ञानको स्रोत भनेर चिन्दैन । दिवस मान सर्कार भन्छ लगानी गर्दैन कुरामा पर्छ पुस्तकालय काममा पर्दैन ।

Nepal Telecom ad

रामप्रसाद पन्थी :

पुस्तक पढ्ने जमाना गयो भन्दछ दुनियाँ
पढ्दैन कोही पुराना शास्त्र भन्दछे भुनियाँ ।

प्रविधि आयो बुर्कुसी मार्दै बेहोसी बनायो
चेतना शून्य बनायो मान्छे डुङ्डुङी गनायो ।

खाँदैनन् भात छोरा र छोरी युटुव नहेरी
जवान पुस्ता विद्यार्थी युवा बन्दैछ अटेरी ।

पढ्दैन कोही पुराण गीता चिन्तन गर्दैन
मर्दा र पर्दा मानव अर्को अगाडि सर्दैन ।

अपढ मूर्ख मिल्दैन भन्न पठित सबै छन्
नेटमा पढ्ने नेटमा रम्ने जमात धेरै छन् ।

चौबीसै घण्टा पढेर बस्छन् मुहार पुस्तक
फुरूङ्ग भई पढ्दछन् सबै भिडियो टिक्टक ।

गुगल गुरु साथमा सधैँ के दुःख ज्ञानको
प्रविधि छोडी पुस्तक घर धाउँछ भन को ?

शिक्षामा ठूलो भएमा देन पुस्तकालयको
लगानी गर्ने दायित्व भित्र पर्दैन किन यो ?

पुस्तक घर हरेक वडा गाउँमा कहाँ छन्
स्रोतको कमी हुनाले केही थला नै पर्या छन् ।

पत्रिका कोही पढ्दैन यहाँ पुस्तक किन्दैन
पुस्तकालय ज्ञानको स्रोत भनेर चिन्दैन ।

दिवस मान सर्कार भन्छ लगानी गर्दैन
कुरामा पर्छ पुस्तकालय काममा पर्दैन ।

भदौको पन्ध्र पुस्तकालय दिवस जानेर
मान्नैका लागि दिवस मानौं कर्तव्य ठानेर ।

०००
रेसुङ्गा न पा २, गुल्मी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ऋतुदान

ऋतुदान

रामप्रसाद पन्थी
लुताे फालेँ मैले

लुताे फालेँ मैले

रामप्रसाद पन्थी
बाँदर- बँदेल र बनकर

बाँदर- बँदेल र बनकर

रामप्रसाद पन्थी
पेटाहा र फटाहा

पेटाहा र फटाहा

रामप्रसाद पन्थी
पाटी पार्टीका कुरा

पाटी पार्टीका कुरा

रामप्रसाद पन्थी
भुँडी पुराण कि जय !

भुँडी पुराण कि जय...

रामप्रसाद पन्थी
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x