साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाबुआमा (काव्यांश- १२)

सङ्लो आभा फिँजारूँ बुध जन सुखको सार बाँचून् बिचारी । बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।

Nepal Telecom ad

दीनानाथ पोख्रेल :

अल्छीले कर्म छल्ने क्षणिक पथ चुनी दुख्छ बाँकी पलामा ।
कर्मी उठ्छन् र लाग्छन् मृदु फल बटुली सौख्य भोग्छन् थलामा ।।
मान्छेले बुझ्नुपर्ने तडकभडक जो रिक्त हो त्यो सफारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।५६।।

ठूला उद्योगधन्दा धन बल छ भने खोल्न गर्नू हतार ।
आफैँ सामान घुम्छन् सहज प्रविधिमा बन्छ उम्दा बजार।।
मिल्नेछन् सौख्य भारी हरपल घरमा दिव्य हाँसो उमारी।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।५७।।

गर्दै चोरी चकारी परपर दगुरे हुन्न मान्छे बिचार ।
सङ्लो सत्कर्म छानी खुरुखुरु म बढे साथ मिल्छन् हजार ।।
जम्मै दुष्कर्म फ्याँकी हितकर पथको भर्न लागौँ भकारी।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।५८।।

फक्रेको फूलजस्तै हृदय मनुजको फक्रियोस् सत्य छानी ।
यात्री सन्मार्गगामी बन न चहकिलो मेल बस्ने जमानी ।।
जित्नेछौँ सत्य पक्रे अवनिभर घुमी लाख चिन्ता पछारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।५९।।

हाँसून् नेपाल आमा हित कृत म टिपूँ वृद्ध रम्छन् थलामा ।
खुल्नेछन् दिव्य सङ्ला मनुजमन जुटे गन्छ मान्छे भलामा ।।
सङ्लो आभा फिँजारूँ बुध जन सुखको सार बाँचून् बिचारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।६०।।

०००
सुम्बेक, इलाम नगरपालिका वडा नं ०२
इलाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

दीनानाथ पाेखरेल
माता यी पतिकी मुमा सरह नै…

माता यी पतिकी मुमा...

दीनानाथ पाेखरेल
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

दीनानाथ पाेखरेल
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
0
Would love your thoughts, please comment.x
()
x