साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बफादार चाहिन्छ

सुन तस्कर, एनसेल घोटाला मात्र कहाँ गर्यौँ हामीले, कयौँ घोटाला भए लेख्न सक्ने अखबार चाहिन्छ ।

Nepal Telecom ad

सुरेशकुमार पाण्डे :

किन बुझ्दैनौँ फलाम काट्ने पनि हतियार चाहिन्छ,
जस्तै दुश्मनकाे गर्धन काट्नलाई तरवार चाहिन्छ।

यो सत्ताले मात्र भएर त कहाँ पुग्छ नेताहरूलाई,
सत्तामा बसिराख्न देशी विदेशी बफादार चाहिन्छ ।

भन्छन् जम्मा पाँच हजार मारेँ तिम्रो रिसले पुग्यो,
स्याबास संसारभरी देशमा यस्तै सरकार चाहिन्छ।

गरिब छलकपट गर्न सक्दैन बाँचेर केकाम बिचरा,
देशमा रोजगार छैन बाँच्ने पनि त आधार चाहिन्छ।

नागरिकहरूलाई काम भएन भन्छौ तिमी आफैले,
हामीले के खाने ? नेतालाई पनि त रोजगार चाहिन्छ।

ककसले दिन्छौ भन त भोट हामीलाई झुट नबोली,
यो त पोलेसी हो जित्नलाई पनि औजार चाहिन्छ।

सुन तस्कर, एनसेल घोटाला मात्र कहाँ गर्यौँ हामीले,
कयौँ घोटाला भए लेख्न सक्ने अखबार चाहिन्छ ।

०००
घोराही- १८, दाङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
विवाह

विवाह

सुरेशकुमार पाण्डे
चट्टान्

चट्टान्

सुरेशकुमार पाण्डे
मजदुरमा दरार

मजदुरमा दरार

सुरेशकुमार पाण्डे
राजनीति

राजनीति

सुरेशकुमार पाण्डे
प्रगति

प्रगति

सुरेशकुमार पाण्डे
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x