अशोककुमार शिवापूर्व तयारी
यी सबै पूर्व तयारीकै खेल त होला । नारायणहिटीको पूर्व तयारी होस् वा दासढुगाको पूर्व तयारी त्यसका पूर्व तयारीकर्ताहरू अहिले के रोच्दै होलान? कि आफु रजमा जाई गर्न पाएर सबै बिर्सेर बसेका पनि हुनसक्लान् ।

अशोककुमार शिवा :
यो संसारमा जे चिजको पनि सुरुवात वा अन्त्य हुन्छ भने त्यस्को पूर्व तयारी पनि हुनेरहेछ । जीवनको पूर्व तयारी के त भन्नु होला भनेर मैले पूर्व तयारी गरेको छु । मलाई के थाहा छ भने जीवनको पूर्व तयारी भनेको पूर्वाधारको मिलन हो । के हो पूर्वाधार भन्नु होला त्यो पनि भन्छु ल । बाआमाको विवाह त्यसपछि समागम । तव सुरु हुन्छ जीवनको अङ्कुरण ।
अङ्कुरित जीवनको जगत पदार्पणको तयारीमा मानव, जीव वा जन्तुको प्रकृतिको आधारमा फरक फरक समय लाग्दोरहेछ । त्यस्मा मानिस भए नौ महिना पूर्व तयारी पछि तामझामले ढोका खोलेर प्रकृति सामु पदार्पण हुन्छ । पदार्पण पनि यसरी हुँदोरहेछ कि मातृत्वको जीवन धराप पनि पर्न सक्दो रहेछ । जब परार्पण हुन्छ तब प्रकृतिजन्य लीला सुरू भैहाल्छ । पहिला त खानु पर्यो । अनि लगाउनु पनि पर्यो तर लगाउन त हामीले धेरै पछि मात्रै जानेका रहेछौँ । पहिला त आमा पनि नाङ्गै बाउ पनि नाङ्गै आफू पनि नाङ्गै । लगाउन कस्ले सिकायो भन्नु होला त्यो त मेरो पूर्व तयारी छैन र नमिल्न सक्छ । मेरो अनुमान नाङ्गाहरूले धेरै बद्मासी गरेकोले बन्देज लगाउने पूर्व तयारी कसैले गरेकै थियो होला । सुरुमा के कसरी बन्देज लगाए त्यो उनै सुरुवातकर्ताले जानुन ।
मानिसलाई प्रकृति परार्पण गरेर मात्रै नपुग्ने रहेछ । हुर्कँदै जादा प्रेममय वातावरण हुदै पूनः अर्को पूर्व तयारीको कसरत सुरु गर्नै पर्दोरहेछ । एवम् रितीले पर्कृती भरिभराउ । प्रकृतीको खेल फेरी बढो बिचित्रको रहेछ । भरिभराउ हुदै गएपछि ठाउँ अभावको परिस्थितिको सामना गर्न पूर्व तयारी पनि रहेछ । तत्कालीन, अल्पकालीन अनि दीर्घकालीन योजना अनुसार रोगको प्रकृति । के कसरी सन्तुलन मिलाउन सकिन्छ भनेर प्रकृति स्वयम् जागरुख ।
जगतमा पदार्पणको क्षण र जगत विमुख समर्पणको प्रकृया पो अझ रोचक लाग्दो रहेछ । एकखाले तापबाट सुरुवात भएको जीवन अर्को खाले तेज तापमा गएर समापन गर्नुपर्ने वा गर्भगृहमा लिन हुनुपर्ने उस्तै उस्तै । एक गर्भबाट सुरु भै अर्को गर्भ वा तापमा विलिन नहुँदाको अवस्था नै जीवन रहेछ । यही अवधिमा जीवजन्तु र मानिसले आफुले सकेसम्मको आनन्दमय मनोरन्जन वा विस्मयात्मक जीवन जिउन खटाए बमोजिम गर्नुपर्ने रहेछ । कतिपय आफू जीणर् हुँदासम्म पनि लीला समापन नगरी प्रकृति दोहन गरेका गर्यै भेटिन्छन् भने कति चाहिँ यी त अजम्बरी रहुन भन्दाभन्दै देह त्याग गरी बिदा हुन्छन् ।
जीवन चलाउने सामानहरू मध्ये गुर्दो पनि महत्वपूणर् जीवनचालक हो तर कुनै त दुइटै गुर्दो बिग्रेर पनि मरमत गरेर प्रकृति दोहनमा निरन्तर खटिन सक्रिय देखिन्छन भने कोही गुर्दोमा सामान्य उतारचडावमै गर्वगृह प्रवेश गर्छन् । गर्भगृह प्रवेश पछिको गन्तव्यको भने पूर्व तयारी के हो कसरी यात्रा तय गरिन्छ त्यस बेला के कस्तो नीतिनियमलाई मान्नुपर्छ त्यो चाहिँ त आफु नगई थाहा हुने कुरा भएन अनि गए पछि खबर सम्प्रेषणको माध्यम पनि के हो थाहा भएन भनेपछि त्यो कुरा मानसिक अन्तरद्वन्द्वमा रहने नै भयो ।
समाजलाई हेर्दा बेफ्वाके ट्वाके, हुक्के, बैठके, चम्चे र चाप्लुसेहरू चाहि अलि बढी नै समय लिएर प्रकृति राज गर्ने गरेको देखिन्छ । यसले चाहिँ केही गर्ला है भन्यो, उसलाई गर्व प्रवेशकै हतारो । नारायणहिटी हेर्यो त्यस्तै दासढुङ्गा हेर्यो त्यस्तै । गोवरगणेशहरूको बोलाबाला सर्वत्र, वास्तविक गणेशको मानमर्दन अनि पदवी चट । यी सबै पूर्व तयारीकै खेल त होला । नारायणहिटीको पूर्व तयारी होस् वा दासढुगाको पूर्व तयारी त्यसका पूर्व तयारीकर्ताहरू अहिले के रोच्दै होलान? कि आफु रजमा जाई गर्न पाएर सबै बिर्सेर बसेका पनि हुनसक्लान् ।
लेख्ने बेला सोची सोची के होला कस्तो होला भनेर लेख्यो आफ्नो भोलि के छ पूर्व तयारी कस्तो छ केही सुइँको पाएको भए पो । कम्तिमा पूर्व सूचना पाउन पाए थाती रहेका काम त फत्ते गर्न पाईन्थ्यो । कस्लाई सोध्नु ? खै ?
०००
गल्कोपाखा, काठमाडौं ।
Subscribe
Login
0 Comments
Oldest








































