साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पूर्व तयारी

यी सबै पूर्व तयारीकै खेल त होला । नारायणहिटीको पूर्व तयारी होस् वा दासढुगाको पूर्व तयारी त्यसका पूर्व तयारीकर्ताहरू अहिले के रोच्दै होलान? कि आफु रजमा जाई गर्न पाएर सबै बिर्सेर बसेका पनि हुनसक्लान् ।

Nepal Telecom ad

अशोककुमार शिवा :

यो संसारमा जे चिजको पनि सुरुवात वा अन्त्य हुन्छ भने त्यस्को पूर्व तयारी पनि हुनेरहेछ । जीवनको पूर्व तयारी के त भन्नु होला भनेर मैले पूर्व तयारी गरेको छु । मलाई के थाहा छ भने जीवनको पूर्व तयारी भनेको पूर्वाधारको मिलन हो । के हो पूर्वाधार भन्नु होला त्यो पनि भन्छु ल । बाआमाको विवाह त्यसपछि समागम । तव सुरु हुन्छ जीवनको अङ्कुरण ।

अङ्कुरित जीवनको जगत पदार्पणको तयारीमा मानव, जीव वा जन्तुको प्रकृतिको आधारमा फरक फरक समय लाग्दोरहेछ । त्यस्मा मानिस भए नौ महिना पूर्व तयारी पछि तामझामले ढोका खोलेर प्रकृति सामु पदार्पण हुन्छ । पदार्पण पनि यसरी हुँदोरहेछ कि मातृत्वको जीवन धराप पनि पर्न सक्दो रहेछ । जब परार्पण हुन्छ तब प्रकृतिजन्य लीला सुरू भैहाल्छ । पहिला त खानु पर्‍यो । अनि लगाउनु पनि पर्‍यो तर लगाउन त हामीले धेरै पछि मात्रै जानेका रहेछौँ । पहिला त आमा पनि नाङ्गै बाउ पनि नाङ्गै आफू पनि नाङ्गै । लगाउन कस्ले सिकायो भन्नु होला त्यो त मेरो पूर्व तयारी छैन र नमिल्न सक्छ । मेरो अनुमान नाङ्गाहरूले धेरै बद्मासी गरेकोले बन्देज लगाउने पूर्व तयारी कसैले गरेकै थियो होला । सुरुमा के कसरी बन्देज लगाए त्यो उनै सुरुवातकर्ताले जानुन ।

मानिसलाई प्रकृति परार्पण गरेर मात्रै नपुग्ने रहेछ । हुर्कँदै जादा प्रेममय वातावरण हुदै पूनः अर्को पूर्व तयारीको कसरत सुरु गर्नै पर्दोरहेछ । एवम् रितीले पर्कृती भरिभराउ । प्रकृतीको खेल फेरी बढो बिचित्रको रहेछ । भरिभराउ हुदै गएपछि ठाउँ अभावको परिस्थितिको सामना गर्न पूर्व तयारी पनि रहेछ । तत्कालीन, अल्पकालीन अनि दीर्घकालीन योजना अनुसार रोगको प्रकृति । के कसरी सन्तुलन मिलाउन सकिन्छ भनेर प्रकृति स्वयम् जागरुख ।

जगतमा पदार्पणको क्षण र जगत विमुख समर्पणको प्रकृया पो अझ रोचक लाग्दो रहेछ । एकखाले तापबाट सुरुवात भएको जीवन अर्को खाले तेज तापमा गएर समापन गर्नुपर्ने वा गर्भगृहमा लिन हुनुपर्ने उस्तै उस्तै । एक गर्भबाट सुरु भै अर्को गर्भ वा तापमा विलिन नहुँदाको अवस्था नै जीवन रहेछ । यही अवधिमा जीवजन्तु र मानिसले आफुले सकेसम्मको आनन्दमय मनोरन्जन वा विस्मयात्मक जीवन जिउन खटाए बमोजिम गर्नुपर्ने रहेछ । कतिपय आफू जीणर् हुँदासम्म पनि लीला समापन नगरी प्रकृति दोहन गरेका गर्‍यै भेटिन्छन् भने कति चाहिँ यी त अजम्बरी रहुन भन्दाभन्दै देह त्याग गरी बिदा हुन्छन् ।

जीवन चलाउने सामानहरू मध्ये गुर्दो पनि महत्वपूणर् जीवनचालक हो तर कुनै त दुइटै गुर्दो बिग्रेर पनि मरमत गरेर प्रकृति दोहनमा निरन्तर खटिन सक्रिय देखिन्छन भने कोही गुर्दोमा सामान्य उतारचडावमै गर्वगृह प्रवेश गर्छन् । गर्भगृह प्रवेश पछिको गन्तव्यको भने पूर्व तयारी के हो कसरी यात्रा तय गरिन्छ त्यस बेला के कस्तो नीतिनियमलाई मान्नुपर्छ त्यो चाहिँ त आफु नगई थाहा हुने कुरा भएन अनि गए पछि खबर सम्प्रेषणको माध्यम पनि के हो थाहा भएन भनेपछि त्यो कुरा मानसिक अन्तरद्वन्द्वमा रहने नै भयो ।

समाजलाई हेर्दा बेफ्वाके ट्वाके, हुक्के, बैठके, चम्चे र चाप्लुसेहरू चाहि अलि बढी नै समय लिएर प्रकृति राज गर्ने गरेको देखिन्छ । यसले चाहिँ केही गर्ला है भन्यो, उसलाई गर्व प्रवेशकै हतारो । नारायणहिटी हेर्‍यो त्यस्तै दासढुङ्गा हेर्‍यो त्यस्तै । गोवरगणेशहरूको बोलाबाला सर्वत्र, वास्तविक गणेशको मानमर्दन अनि पदवी चट । यी सबै पूर्व तयारीकै खेल त होला । नारायणहिटीको पूर्व तयारी होस् वा दासढुगाको पूर्व तयारी त्यसका पूर्व तयारीकर्ताहरू अहिले के रोच्दै होलान? कि आफु रजमा जाई गर्न पाएर सबै बिर्सेर बसेका पनि हुनसक्लान् ।

लेख्ने बेला सोची सोची के होला कस्तो होला भनेर लेख्यो आफ्नो भोलि के छ पूर्व तयारी कस्तो छ केही सुइँको पाएको भए पो । कम्तिमा पूर्व सूचना पाउन पाए थाती रहेका काम त फत्ते गर्न पाईन्थ्यो । कस्लाई सोध्नु ? खै ?

०००
गल्कोपाखा, काठमाडौं ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बेहालको जात्रैमात्र

बेहालको जात्रैमात्र

अशोककुमार शिवा
काँध धेरै थाकिसक्यो

काँध धेरै थाकिसक्यो

अशोककुमार शिवा
फल थाम्न नसक्ने फेद के काम ?

फल थाम्न नसक्ने फेद...

अशोककुमार शिवा
बुढ्यौलीको ढोका

बुढ्यौलीको ढोका

अशोककुमार शिवा
बठ्याईं

बठ्याईं

अशोककुमार शिवा
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x