साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ऊ र म

न त इज्जतको प्रवाह कुनै । रस सोम मिले न छ चाह कुनै ॥ बस रक्त पिई मनमोज गरी । कति रात लुटेर सुते यसरी ॥

Nepal Telecom ad

हेमराज पन्त :

कविता कविको बुझ भाव मियो ।
तरवार तिमी म बनेछु सियो ॥
कति वर्ष बिते कति पर्व बिते ।
जब दीन दुखी म चुसेर जिते ॥ १

मन सारथि हो तन यो भरिया ।
कति कष्ट बने कुसुमी हरिया ॥
दिलमा छ उमङ्ग,बहार थपी ।
म बसे किन खै कुरुवा नजपी ॥ २

अति कष्ट दियो रसपाब गरे ।
म भँडार बनी सब कष्ट भरे ॥
जलपान गरौँ नव बोतलको ।
पहिचान गरे तिमी हौ दलको ॥ ३

बस दानव बोतलको बलमा ।
पदवी छ निकै डलरे दलमा ॥
घरवारविहीन बनेर बसे ।
जब बोतलमा सब भाग्य खसे ॥ ४

न त इज्जतको प्रवाह कुनै ।
रस सोम मिले न छ चाह कुनै ॥
बस रक्त पिई मनमोज गरी ।
कति रात लुटेर सुते यसरी ॥ ५

झन चन्दन देख्छु निधार भरी ।
कति दाग, कलङ्क दलेर मरी ॥
अब पुज्नु छ सौच गरेर तिमी ।
कति भार सहेर रुँदै छ जिमी ॥ ६

०००
पाटन २ सिलङ्गा, बैतडी
हालः पहलमानपुर, कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म लाछी

म लाछी

हेमराज पन्त
आधुनिकता

आधुनिकता

हेमराज पन्त
जुकेबल

जुकेबल

हेमराज पन्त
सम्मानवाल

सम्मानवाल

हेमराज पन्त
सर्वज्ञानी

सर्वज्ञानी

हेमराज पन्त
कविको गुनासो

कविको गुनासो

हेमराज पन्त
म लाछी

म लाछी

हेमराज पन्त
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
कर खोई ?

कर खोई ?

भोलानाथ सुबेदी
नेपालभित्र

नेपालभित्र

हरिप्रसाद घिमिरे
नाङ्गो शहर

नाङ्गो शहर

विप्लव प्रतीक
तीजकी श्रीमती

तीजकी श्रीमती

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x