साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शुभ दीपावली

फेरिएछ आजभोलि दुनियाँकाे रङ्ग हेर्दाहेर्दै म त गाँठे पर्न थालें दङ्ग । संस्कृतिकाे बुइ चढी विकृति पाे आयाे गाउँ घर सहरमा जतासुकै छायाे । गति छाडा गीत भए नाच बुरूक् बुरूक् सामाजिक सञ्जालमा भयाे जुरूक् जुरूक् ।

Nepal Telecom ad

रामप्रसाद पन्थी :

पहिलेकाे जस्ताे छैन किन आजभाेलि
बिरसिलाे हुन थाल्याे चाड दीपावली ।

बज्न छाेडे मादलुका घिन्ताङ् घिन्ताङ् आज
तिहारका बेला भए उराठिला साँझ ।

द्याैसी भैली खेल्ने युवा गए खाडीतिर
चाडपर्व आउँदा नि लाग्न थाल्याे पिर ।

साेरठीकाे स्वर मिठाे सुनिरहूँ लाग्थ्याे
मारूनीकाे नाँच हेर्न सारा गाउँ जाग्थ्याे ।

मखमली सयपत्री गाेदाबरी फूल
लाई हिड्थे तिहारमा मानिसका हुल ।

काठे काेल घुमाएर बनाउँथे तेल
पकाउँथे चुला चुला अनरसा सेल

चिउरीको टपरीमा राेटी अचारकाे
भाग लाग्थ्यो अलिकति घाँजी ओखरकाे ।

केटाकेटी उडाउँथे डाँडामाथि चङ्गा
काेही खेल्थे चचहुइ पिङ मज्जासँग

साँझपख बत्ती बाल्थे खाेजी खाेजी पाला
सबैभन्दा रमाउँथे साना लालाबाला ।

फेरिएछ आजभोलि दुनियाँकाे रङ्ग
हेर्दाहेर्दै म त गाँठे पर्न थालें दङ्ग ।

संस्कृतिकाे बुइ चढी विकृति पाे आयाे
गाउँ घर सहरमा जतासुकै छायाे ।

गति छाडा गीत भए नाच बुरूक् बुरूक्
सामाजिक सञ्जालमा भयाे जुरूक् जुरूक् ।

पटटट पटकाकाे स्वर भयाे अति
जथाभावी गर्दा जीउ धन गयाे कति ?

तिहारकाे नाउँ पारी जुवातास खेल्दा
पाण्डवकाे गति हाेला दुःख कष्ट झेल्दा ।

अब पालाे आशिककाे प्यारा सबै जन
च्वाँस्स चुस्स भए कतै नदुःखाए मन ।

राेग भए हटी जाओस् मन सफा रहाेस्
दुई छाक खानलाई कैले कमी नहाेस् ।

परदेशी युवाहरू घरबेशी आऊन्
बाँझा बारी खेत खनी मिठाे चाखाे खाऊन् ।

देशैभर जनतामा सुख शान्ति रहाेस्
समृद्धिकाे सिंढी चढ्न अब ढिला नहाेस् ।

भाइटीका तिहारमा बाेलें यति बाेली
दिदी बैनी दाजु भाइ शुभ दीपावली ।

०००
२०८१ कार्तिक १८ भाइटीका
रेसुङ्गा न पा २ गुल्मी

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
gs susmit
gs susmit
1 year ago

अत्यन्तै राम्रो र सान्दर्भिक ।

युगल बसेल
युगल बसेल
1 year ago

लेखेकै दिन छापीएछ गजब भएछ त।

Nepal Telecom ad
ऋतुदान

ऋतुदान

रामप्रसाद पन्थी
लुताे फालेँ मैले

लुताे फालेँ मैले

रामप्रसाद पन्थी
बाँदर- बँदेल र बनकर

बाँदर- बँदेल र बनकर

रामप्रसाद पन्थी
पेटाहा र फटाहा

पेटाहा र फटाहा

रामप्रसाद पन्थी
पाटी पार्टीका कुरा

पाटी पार्टीका कुरा

रामप्रसाद पन्थी
भुँडी पुराण कि जय !

भुँडी पुराण कि जय...

रामप्रसाद पन्थी
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
2
0
Would love your thoughts, please comment.x
()
x