रामप्रसाद पन्थीमेरा बुढा
विकासकाे बाढी बग्छ उहाँ बाेलेपछि विदुरकाे नीति हुन्छ मुख खाेलेपछि । सञ्जयकाे दूर दृष्टि उहाँ सितै हुन्छ उहाँजस्ताे धीर वीर अरू काे नै हुन्छ ?

रामप्रसाद पन्थी :
अरू जस्ताे मेरा बुढा हुँदै हुन्नु हुन्न
रक्सी चुराेट भन्दा अरू छुँदै छुनु हुन्न ।
तल् तल् लागे खानु हुन्छ पान सुर्ती खैनी
माैका परे जिस्काउनु हुन्छ मेरै बैनी ।
जुवा तास खेल्नु हुन्छ धित मारी मारी
हार्या छैन भन्नु हुन्छ फाल्नु हुन्छ बारी ।
दाेहाेरीमा जानुहुन्छ नाँच्नु हुन्छ डिस्काे
गाँजा भाङ खाई कैले नाँघ्नु हुन्छ ढिस्काे ।
मेरा बुढा जस्ताे मर्द छैन अरू काेही
चार वटी बुढी हामी उहाँ एक्लाे पाेइ ।
उहाँ जस्ताे बुद्धिजीवी काेही छैन यहाँ
बज्रस्वाँठ बीच विद्या बाँढ्नु हुन्छ उहाँ ।
विकासकाे बाढी बग्छ उहाँ बाेलेपछि
विदुरकाे नीति हुन्छ मुख खाेलेपछि ।
सञ्जयकाे दूर दृष्टि उहाँ सितै हुन्छ
उहाँजस्ताे धीर वीर अरू काे नै हुन्छ ?
०००
रेसुङ्गा न पा -२, गुल्मी
Subscribe
Login
0 Comments
Oldest








































