सुभाषचन्द्र पाैडेल ‘भीमफेदीया’अनलाइन इनलाइन
जता गए पनि लाइन लाइन नै लाइन हुँदा हुँदा जन्मनको लागि पनि लाइन मर्नको लागि पनि लाइन मर्नेको सदगतिका लागि पनि लाइन लाइन नै लाइन जताततै लाइन।

सुभाषचन्द्र पौडेल भीमफेदीया :
अनलाइनबाट काम हुने बेलामा
हामी भने अझै इनलाइनमै छौँ
त्यो इनलाइनको काम पनि
समयमै हुँदो त
सजिलै हुँदो हो त
चित्त बुझाउने बाटो हुन्थ्यो
तर इनलाइनको त्यो लाइन पनि
रेलको डिब्बा जस्तै
डिब्बा डिब्बा जोडिएर
बनेको लामो रेल जस्तै भएको छ
बालदेखि वृद्धसम्म
त्यही लाइनमै छन्
जता गए पनि लाइन
लाइन नै लाइन
हुँदा हुँदा
जन्मनको लागि पनि लाइन
मर्नको लागि पनि लाइन
मर्नेको सदगतिका लागि पनि लाइन
लाइन नै लाइन
जताततै लाइन।
०००
०१ पुस २०८१
क्यानबेरा,अष्ट्रेलिया।
Subscribe
Login
0 Comments
Oldest








































