सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

न जा भन्दा

छ आयस्ताभन्दा पनि बहुत झन् खर्च घरमा बढेको रोजै झन् बहुत महँगी देख्दछु यहाँ बुढीआमा भन्छिन् अब त डुबियो लौ नहरमा न जा भन्दा छोरो लुरुलुरु गयो त्यो सहरमा॥

Nepal Telecom ad

रामशरण न्यौपाने :

गरी खेतीपाती सहजसितले पेट नभरी
बुहारी भित्र्याई सुख सयलको चैन नगरी
तुवाँलो छाएको बहुत धमिलो यो प्रहरमा
न जा भन्दा छोरो लुरुलुरु गयो त्यो सहरमा॥१

गरी खेतीपाती पनि फसल त्यो हुन्न गतिलो
कुलो भत्केकोले वरिपरि जगा छैन रसिलो
बुढी आमा भन्छिन् जिउनु कसरी हा कहरमा
न जा भन्दा छोरो लुरुलुरु गयो त्यो सहरमा॥२

गरूँ खेती आफू हरबखत नै लाग्दछ ढिलो
लिऊँ सेवा भन्दा पनि श्रमिकको छैन सजिलो
म एक्ली आमाले घरजम गरूँ के कहरमा?
न जा भन्दा छोरो लुरुलुरु गयो त्यो सहरमा॥३

सिमाना चोर्नेले पनि बहुत नै गर्छ फजिती
गरी घम्साघम्सी बल प्रबलले हुन्न नजिती
अरूको हल्लामा धन र सुखको त्यो रहरमा
न जा भन्दा छोरो लुरुलुरु गयो त्यो सहरमा॥४

बलात्कारी घुम्छन् कुनियत लिएरै चिलसरि
अँध्यारो कोठामा यस मुलुकको कानुन परी
सयौँ केटा केटी प्रति दिन फसे हो जहरमा
न जा भन्दा छोरो लुरुलुरु गयो त्यो सहरमा॥५

छ आयस्ताभन्दा पनि बहुत झन् खर्च घरमा
बढेको रोजै झन् बहुत महँगी देख्दछु यहाँ
बुढीआमा भन्छिन् अब त डुबियो लौ नहरमा
न जा भन्दा छोरो लुरुलुरु गयो त्यो सहरमा॥६

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
आमा

आमा

रामशरण न्याैपाने
बिरामी छिन् आमा

बिरामी छिन् आमा

रामशरण न्याैपाने
बस्छन् बुढा गाउँमा

बस्छन् बुढा गाउँमा

रामशरण न्याैपाने
मुसाको गीत

मुसाको गीत

रामशरण न्याैपाने
नातिको चिन्ता

नातिको चिन्ता

रामशरण न्याैपाने
बुढाकै छ बाहुल्य

बुढाकै छ बाहुल्य

रामशरण न्याैपाने
आमा

आमा

टङ्कराज ढकाल ‘तितेपाती’
आमा

आमा

रामशरण न्याैपाने
आमाबिनाको घर

आमाबिनाको घर

रुद्र ज्ञवाली
बुहारीको सन्देश

बुहारीको सन्देश

कविराज घिमिरे
बुढ्यौलीलाई पत्र : एक अन्तरङ्ग संवाद

बुढ्यौलीलाई पत्र : एक...

नन्दलाल आचार्य
बाबुआमा (काव्यांश)- ४०

बाबुआमा (काव्यांश)- ४०

दीनानाथ पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x