साइबर अपराध सम्बन्धी सचेतना सामग्री

न जा भन्दा

छ आयस्ताभन्दा पनि बहुत झन् खर्च घरमा बढेको रोजै झन् बहुत महँगी देख्दछु यहाँ बुढीआमा भन्छिन् अब त डुबियो लौ नहरमा न जा भन्दा छोरो लुरुलुरु गयो त्यो सहरमा॥

Nepal Telecom ad

रामशरण न्यौपाने :

गरी खेतीपाती सहजसितले पेट नभरी
बुहारी भित्र्याई सुख सयलको चैन नगरी
तुवाँलो छाएको बहुत धमिलो यो प्रहरमा
न जा भन्दा छोरो लुरुलुरु गयो त्यो सहरमा॥१

गरी खेतीपाती पनि फसल त्यो हुन्न गतिलो
कुलो भत्केकोले वरिपरि जगा छैन रसिलो
बुढी आमा भन्छिन् जिउनु कसरी हा कहरमा
न जा भन्दा छोरो लुरुलुरु गयो त्यो सहरमा॥२

गरूँ खेती आफू हरबखत नै लाग्दछ ढिलो
लिऊँ सेवा भन्दा पनि श्रमिकको छैन सजिलो
म एक्ली आमाले घरजम गरूँ के कहरमा?
न जा भन्दा छोरो लुरुलुरु गयो त्यो सहरमा॥३

सिमाना चोर्नेले पनि बहुत नै गर्छ फजिती
गरी घम्साघम्सी बल प्रबलले हुन्न नजिती
अरूको हल्लामा धन र सुखको त्यो रहरमा
न जा भन्दा छोरो लुरुलुरु गयो त्यो सहरमा॥४

बलात्कारी घुम्छन् कुनियत लिएरै चिलसरि
अँध्यारो कोठामा यस मुलुकको कानुन परी
सयौँ केटा केटी प्रति दिन फसे हो जहरमा
न जा भन्दा छोरो लुरुलुरु गयो त्यो सहरमा॥५

छ आयस्ताभन्दा पनि बहुत झन् खर्च घरमा
बढेको रोजै झन् बहुत महँगी देख्दछु यहाँ
बुढीआमा भन्छिन् अब त डुबियो लौ नहरमा
न जा भन्दा छोरो लुरुलुरु गयो त्यो सहरमा॥६

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
सबै पाका मान्छे

सबै पाका मान्छे

रामशरण न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x